सत्तारुढ पार्टी तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रधानमन्त्री ओली पक्ष र दाहाल नेपाल पक्षमा भई राजनीति अन्यौल भएको बेला सर्वोच्चको अनपेक्षित फैसलालले सत्तारुढ पार्टीले प्रयोग गर्दै आएको पार्टीको नाम बदर गरिदियो । सर्वोच्च अदालतले त्यो नाम बदर गरेर त्यसमा एकीकृत भएकाहरुलाई पूर्व एमाले र पूर्व माओवादी केन्द्रमा फर्कन आदेश जारी गरेपछि राजनीति अरु अन्यौलपूर्ण भएको छ । अबको राजनीति कुन बाटो जाला भनेर भन्न सकिने अवस्था छैन । देशको राजनीति किन, कसरी र कसले गरेर यस्तो भयो भनेर चर्चा गर्दा बामपन्थी नेता ऋषि कट्टेलको नाम उल्लेख गर्नुपर्ने हुन्छ । ऋषि कट्टेलले २०६८ सालमा नेपाल कम्युनिस्ट पार्टी गठन गरी निर्वाचन आयोगमा दर्ता गरेका थिए । तर सत्तारुढ पार्टीका नेताहरुले त्यसलाई वास्ता नगरी बल मिच्याइँ गरेर त्यही नाममा निर्वाचन आयोगमा पार्टी दर्ता गरे । कट्टेलले त्यसको विरोधमा त्यही बेला सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । त्यही रिटको फैसला आएपछि राजनीतिले कोल्टे फेरेको हो र ऋषि कट्टेलको नाम चर्चित भएको हो ।
गोर्खामा जन्मेका ऋषि कट्टेल नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेता हुन् । उनी एमाले, माले हुँदै नेकपा गठन गर्न पुगेका हुन् । उनी आफूलाई सिद्धान्तनिष्ट कम्युनिस्ट मान्दछन् । उनी नेपालमा जनवादी वैज्ञानिक कम्युनिस्ट व्यवस्था आउनेमा आशावादी छन् । उनले अरु कम्युनिस्टहरुलाई संसदीय भाषामा रमाएका र दलाल पुँजीवादी व्यवस्थामा फँसेका भनेर आलोचना गर्ने गर्दछन् । उनी मोहन वैद्य, नेकपा (चन्द), विश्वभक्त दुलालको पार्टीसँग नजिक रहेको बताउँछन् ।
निर्वाचन आयोगले त्यही बेला सत्तारुढ पार्टीको नाम नेपाल कम्प्युनिस्ट पार्टी राख्न मानेको थिएन । नेताहरुले डर, धम्की देखाएर दबाब दिएपछि आयोग बाध्य भएको थियो । ३÷३ जना पूर्व प्रधानमन्त्री, वर्तमान प्रधानमन्त्री र वरिष्ठ वकिलहरुसमेत भएको पार्टीको नाम बदर हुनु साँच्चैमा लाजमर्दो कुरा हो । हाम्रा नेताहरुले यस्तै गरेर संविधान, ऐन, कानुन मिचेर काम गर्ने गरेकाले सधैं विवाद हुने, अन्यौल हुने अवस्था आएको हो । तिनीहरुको त्यो प्रवृत्तिले गर्दा अस्थिरता हाम्रो सरकारको विशेषता जस्तै भएको छ । राजनीति कहिले स्वच्छ किसिमले अगाडि बढ्न सकेन । करिब २ तिहाई बहुमतको सरकारको स्थायित्व देला, राम्ररी काम गर्ला र विकास निर्माणको कामले फड्को मार्ला भनेर सोचिएको थियो । त्यो पनि भएन । राजनीति झन् यस्तो स्थितिमा फस्यो ।
Related News
सम्बन्धित समाचार
मुलुक डुबाउने खेल रोक
वैकल्पिक सरकारका प्रस्ताव
सरकारको नेतृत्व गर्न कांग्रेस तयार
देउवा र प्रचण्डको भेटघाट
राजनीतिमा विश्वासको संकट
hero news full width
मुख्य समाचार
लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
कास्कीसहित १४ जिल्ला काेराना अति प्रभावित, पाेखराका स्कुल वैशाखभर खुल्ने छैनन्
वैशाख ६, २०७८जसपाका नेता कार्यकर्ताको मुद्दा फिर्ता, रेशम चाैधरीकाे मुद्दा के भयाे हाेला ?
वैशाख ६, २०७८सहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय
वैशाख ६, २०७८संघीय संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
वैशाख ६, २०७८मन्त्रिपरिषद् बैठक बस्दै, बन्द होलान् त मुलुकभरका विद्यालय
वैशाख ६, २०७८