बुद्धिमानी कदमको अपेक्षा

सम्पादक
भाद्र १७, २०७८

दार्चुलाका युवा जयसिंह धामी १५ साउनमा तुइनको प्रयोग गरी महाकाली नदी पारी जाँदै गर्दा भारतीय सुरक्षाकर्मी एसएसबीका जवानहरुले आफ्नोतर्फको तुइन खुस्काई दिएका थिए । जसका कारण धामी महाकालीमा खसेर बेपत्ता हुन पुगे । घटनाको छानबिन गर्न गृहमन्त्रालयको सह–सचिव जनार्दन गौतमको संयोजकत्वमा गठित छानबिन समितिले १ महिना लगाएर तयार पारेको प्रतिवेदन सरकारलाई बुझाएको छ । छानबिन समितिमा नेपाल प्रहरीका डिआइजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख अधिकारी ज्योत्सा भट्ट सम्मेलित थिए । समितिले भारतीय सुरक्षाकर्मी एसएसबीका दुई जनाले तुइनको लट्ठा खुस्काइ दिएका कारण धामी महाकालीको भेलमा खसेर बेपत्ता भएको उल्लेख गरेको छ । समितिले यस विषयमा भारतीय पक्षसँग कुटनीतिक माध्यमबाट छलफल पहल गर्न र आश्रित परिवारलाई सरकारको तर्पmबाट पालनपोषण गर्न र बच्चाहरुको शिक्षादीक्षाको व्यवस्था गर्न सिफारिस गरेको छ ।
दार्चुलाको यो घटनाले नेपालीहरुलाई एकातिर आक्रोशित बनाएको थियो भने अर्कोतिर घटना दुई देशको मामिला भएकाले सरकारले त्यसलाई क–कसरी अघि बढाउछ भन्ने थियो । त्यस्तैमा सरकारले छानबिन समिति गठन गरेको हो । छानबिन समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएकाले अब सरकार के–कसरी अघि बढ्छ, त्यो सबैको चासोको विषय भएको छ । त्यो निश्चय नै आपराधिक घटना हो । यसमा एक नेपाली बेपत्ता भएको अवस्था छ । त्यसकारण सरकारले यसलाई गम्भीर विषय मान्नुपर्दछ र यस घटनामा सम्मिलित सुरक्षाकर्मीलाई कडा कारबाहीको लागि आग्रह गर्नुपर्दछ । नेपाल र भारतबीचको सम्बन्ध सुमधुर बनाउँदै एसएसबीबाट पटक पटक नेपालीले भोग्दै आएको समस्या समाधानमा सरकारले तदारुकताका साथ पहल गर्नै पर्छ । नेपाल सरकारले जनताको पक्षमा अभिभावकीय दायित्व ग्रहण गरेको यस्तै घटनाको बुद्धिमानी पहलकदमीबाट मूल्यांकन गर्नेछन् ।
घटना सुनियोजित नहुन सक्छ, माथिको आदेशले यस्तो गरिएको पनि नहुन सक्छ । हामीले एकैचोटि सरकारलाई दोष दिनु पनि उचित नहुन सक्छ । तर घटना भएको हो । यसमा शंका र विवाद छैन । सीमामा भएको घटना हुनसक्छ । यस्तो घटनामा सम्मेलित भएकाहरुलाई उचित कारबाही गरिएन भने यिनीहरुबाट फेरि अर्को घटना हुन सक्छ । त्यसमा पनि त्यो सुरक्षाकर्मीसँग सम्बन्धित केस भएकाले यसलाई भारत सरकारले कडाइसाथ कारबाही गर्नु पर्छ । जति कडाइका साथ कारबाही गर्दछ, उति आन्तरिक अनुशासनको पालना हुन सक्छ । जति अनुशासनको पालना हुन्छ उति राम्रो भनिन्छ । त्यसमा पनि यो छिमेकी देशसँग सम्बन्धित मामिला भएकाले जति छिटो भारत सरकारले अपराधमा संलग्न सुरक्षाकर्मीहरुलाई कारबाही गर्दछ उति छिटो त्यसको नेपालमा राम्रो प्रभाव पर्न सक्छ । स्थिति यस्तो भएकाले सरकारलाई बुद्धिमतापूर्वक अघि बढाउनु पर्दछ र भारत सरकारले पनि नेपालको आग्रहलाई सकारात्मक किसिमले लिएर दोषीहरुको पहिचान गरेर कारबाही गर्नुपर्दछ । भारत सरकारले त्यसरी कारबाही ग¥यो त्यो सरकारको प्रतिष्ठा वृद्धि हुँदै जाने र नेपाल र भारतको सम्बन्ध अरु सौहार्दपूर्ण हुन जाने देखिन्छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width