गण्डकीमा १३ गतेको प्रतीक्षा

सम्पादक
वैशाख ९, २०७८

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १३ गते गण्डकी प्रदेश सभाको विशेष बैठकको आह्वान गरेपछि प्रदेशको राजनीति तात्न थालेको छ । उक्त विशेष बैठक नेपाली कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीका गरी २८ जना सांसदहरुले माग गरेका थिए । तिनीहरुले गण्डकी प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव पेस गर्नका लागि हस्ताक्षरसहित अधिवेशनको माग गरेका थिए । तिनीहरुले अविश्वासको प्रस्ताव पेस गर्ने थाहा पाएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रातारात प्रदेश सभाको अधिवेशन अन्त्य गरेका थिए । मुख्यमन्त्री गुरुङ अधिवेशन अन्त्य गरेर पलायन हुन खोजे पनि १३ गते विशेष अधिवेशनको सामना गर्नुपर्ने भएको छ ।

अन्य प्रदेशहरुमा अविश्वास प्रस्ताव पेस भएर सरकारको आसन हल्लिएको बेला मुख्यमन्त्री गुरुङले आफू सुरक्षित भएको जनाएका थिए । तर चैत २५ गते समर्थन कायम रहने गरी भए तापनि माओवादी केन्द्रले आफ्ना २ मन्त्रीहरुलाई जब फिर्ता गरे, त्यसबेलादेखि राजनीतिक विश्लेषकहरुले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ र अविश्वासको प्रस्तावमा आफ्नो पार्टीका समर्थन रहेको जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी स्वयंले विज्ञप्ति जारी उल्लेख गरेका छन् । प्रदेश सभामा नेपाली कांग्रेसका १५, माओवादीका ११, जनता समाजवादीका २ र जनमोर्चाका ३ सांसद सरकारको विरोधमा रहेका प्रष्ट देखिएका छन्, त्यसमा पनि एमालेका सांसद इन्द्रलाल सापकोटा माधव नेपाल पक्षका भएकाले अन्त्यमा उनको समर्थन अविश्वासको पक्षमा जाने पनि अनुमान गरिएको छ । स्वतन्त्र भएर चुनाव लडेका दीपक मनाङेको मतलाई महत्वका साथ हेरिएको छ । त्यसो त मुख्यमन्त्री गुरुङ सत्ता टिकाउन सकिने आशमा काठमाडौं पुगेर फर्केका छन् । उनको काठमाडौं बसाइको उपलब्धि देखिन त बाँकी नै छ ।

अविश्वासको प्रस्तावमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्मन्त्रीमा प्रस्ताव गरिएको छ । त्यो प्रस्तावले कांग्रेसमा नयाँ स्फूर्तिको सञ्चार भएको छ । यतिञ्जेल कुनै पनि प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार छैन । सामान्य हिसाबले गण्डकीमा मुख्यमन्त्रीको दिनगन्ती सुरु भएको देखिन्छ । तर अन्य प्रदेशमा फ्लोर क्रस गरेको घटना र अविश्वास प्रस्तावमा सही गर्नेले पछि त्यसलाई बदर गरेर मन्त्री भएको घटनाले यसै यकीन भन्न सकिने स्थिति छैन । १३ गते आउन अझै केही दिन बाँकी छन् । राजनीतिक खेलहरु भइरहेका छन् । यस्तोमा रात गए अग्राख पलाउँछ भन्छन् । यहाँ के पलाउने हो त्यो हेर्न छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width