१. देशको अर्थ, उद्योग र वाणिज्य क्षेत्रको छाता संगठनको रुपमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको शनिबार सम्पन्न ५४ औं अधिवेशनले महासंघको नयाँ नेतृत्व चयन गरेको छ । विधान अनुसार वरिष्ठ उपाध्यक्षमा रहेका शेखर गोल्छा स्वतः अध्यक्ष भएका छन् । यस अघि सो पदमा भवानी राणा आसीन थिइन् ।
२. महाधिवेशनले महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाललाई निर्वाचित गरेको छ । विधान अनुसार नव निर्वाचित अध्यक्ष गोल्छाको कार्यकाल पछि वरिष्ठ उपाध्यक्ष ढकाल स्वतः अध्यक्ष हुने प्रावधान छ । त्यसैले यस पटकको वरिष्ठ उपाध्यक्षको निर्वाचनलाई धेरै महत्वको साथ हेरिएको थियो ।
३. मत परिणाम अनुसार महासंघको वस्तुगत तर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ र एशोसियटतर्फको उपाध्यक्षमा रामचन्द्र ढकाल निर्वाचित भएका छन् । कार्य समितिका सदस्य पदमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी संस्थापक संघको तर्फबाट र लेखनाथ उद्योग वाणिज्य संघका बाबुराम गिरी गण्डकी प्रदेशको तर्फबाट निर्वाचित भएका छन् ।
४. कार्यकाल पछि निवर्तमान अध्यक्ष भवानी राणाको कार्यकाल केकस्तो रह्यो । त्यसको समीक्षा हुन थालेको छ । उनको कार्यकालमा महासंघको संरचना नै परिवर्तन हुने गरी जे जसरी विधान परिवर्तन गरियो त्यसलाई पूर्व अध्यक्षहरुले राम्रो भनेका छैनन् । त्यस परिवर्तनले संस्थालाई कमजोर बनाउने उनीहरुको विचार छ । उनको कार्यकालको अन्तिम समय कोरोनाको कहरले केही गार्हो भएको थियो ।
५. महासंघमा सामान्यतया महिलाहरु आकर्षित हुँदैनन् । अहिले पनि त्यहाँ महिलाहरुको संख्या न्यून छ । त्यस्तो अवस्थामा उनी नेतृत्व तहमा पुग्नु जेण्डरको हिसाबले महत्वपूर्ण कुरा हो । उनले महासंघको गतिविधिमा पुरुष सरह सक्रियता देखिएकी थिइन् र महासंघको प्रतिनिधित्व पनि राम्ररी गरेकी थिइन् ।
६. देशमा कम्यूनिष्टको सरकार भएकोले निजी क्षेत्रका ठूला व्यापारीहरु लगानी गर्न हिचकिचाएका अवस्था छ । केही कम्यूनिष्ट नेताहरुले देशका धनाढ्यहरुलाई हेर्ने दृष्टिकोण पूर्वाग्रही छ । त्यसमा पनि कोरोनाको महामारीबाट आर्थिक क्षेत्र तहसनहस भएको छ । यसलाई केकसरी व्यवस्थापन गर्ने त्यो चुनौतिको रुपमा रहेको छ ।
७. नयाँ नेतृत्वका लागि अर्थ उद्योग , व्यापारको अवस्था चुनौतिपूर्ण छ । यो अवस्थालाई सामान्य पार्न महासंघले सरकारसँग हातेमालो गरेर अघि बढ्नु पर्दछ । त्यसका लागि महासंघको आन्तरिक एकता पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यो चुनावले केही केही कटुता उत्पन्न गरेको छ । पक्ष र विपक्षीको भावना ल्याएको छ । त्यसलाई अब बिर्सनु पर्दछ । बिर्सन सक्छ कि सक्दैन, त्यो भविष्यले देखाउने छ ।
Related News
सम्बन्धित समाचार
योग्य व्यक्तिको अवसान
प्रधानमन्त्रीको आपत्तिजनक अभिव्यक्ति
नागरिक आन्दोलनको घोषणापत्र
सम्भावनाका ढोका खोलेको दिन
पर्यटकीय गन्तव्यको छनोट
hero news full width
मुख्य समाचार
प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
फागुन १७, २०७७स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७