चुनावको मिति छिटो घोषणा गर

सम्पादक
श्रावण १९, २०७९

स्थानीय तहको निर्वाचन सम्पन्न गरेर सुस्ताएको सरकार अर्को निर्वाचन पनि गर्नु पर्नेछ भन्ने बिर्सेझैं गरी बसेको छ । संविधानअनुसार संघीयतिर प्रतिनिधि सभा र प्रदेशतिर प्रदेश सभाको निर्वाचन गराउन बाँकी छ । तर सरकार कानमा तेल हालेर बसेझैं गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि घोषणा गर्न अरुहरुका अतिरिक्त प्रमुख प्रतिपक्ष दल एमालेले समेत सरकारलाई घच्घच्याउने गरेको छ । सरकारले यस अघि निर्वाचनको विषयमा निर्वाचन आयोगको परामर्श र सिफारिस लिएको समाचार पनि आएको थियो । सरकार र आयोगको परामर्शमा मंसिर २ गते, २ गते नभए ४ गते चुनाव गर्ने सहमति भएको थियो । चुनाव आयोगलाई निर्वाचनसम्बन्धी काम कुरा गर्न १२० दिनको समय चाहिन्छ भनेर त्यसले पहिलेदेखि भन्दै आएको छ । तर सरकारले चुनावको मिति घोषणा नगरेर त्यो मितिमा चुनाव हुन नसक्ने अवस्था आएको छ ।

विगतमा प्रतिनिधि सभा र प्रदेश सभाको मतदान २ चरणमा भएको थियो । पहिलो चरण २०७४ मंसिर १० मा ३२ जिल्ला र मंसिर २१ मा ४५ जिल्लामा मतदान गरिएको थियो । त्यसबेला सुरक्षा चुनौती थियो भने अहिले त्यो स्थिति छैन । निर्वाचन आयोगले १ दिनमा चुनाव सम्पन्न गर्न सकिने कुरा पटक–पटक दोहो¥याएको छ । आयोगसँग परामर्श गरेर पनि चुनावको तिथि घोषणा नगर्नु राम्रो होइन । घोषणा गर्ने अधिकार सरकारको हो, तर काम गर्नुपर्ने त आयोगले हो । आयोगको सुविधालाई पनि सरकारले बुझ्न सक्नुपर्छ । आयोगले मंसिर १० गतेपछि हिमाली क्षेत्रमा चुनाव गराउन सम्भव नहुने कुराको पनि जानकारी गराइसकेको छ । मंसिर १० गतेपछि त्यस क्षेत्रमा ठण्डी अत्यधिक बढ्ने गर्दछ । त्यो कुरालाई सरकारले ख्याल गर्नुपर्छ । पुस, माघको महिनामा चुनाव सम्भव हुँदैन । त्यसपछि चुनावको याम भनेको फागुन, चैत हो ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको म्याद मंसिरमा सिद्धिन्छ । उनीहरुको म्याद मंसिरमा सिद्धिने भएकोले मंसिरमा नै चुनाव गराउनु उपयुक्त हुन्छ । मंसिरमा चुनाव गराएन भने सरकारमाथि जबर्जस्ती चुनावको म्याद सारेको आरोप आउन सक्छ । चुनाव सारेको आरोप गम्भीर आरोप हो । त्यो आरोपले असमझदारी उत्पन्न गर्न सक्छ र सरकारको लोकप्रियता पनि घट्न सक्छ । चुनावको बेला लोकप्रियता घट्नु राम्रो होइन । यो कुरा सरकारमा बस्नेहरुले मनन गर्नुपर्छ । विनाकारण चुनाव सार्नु हुँदैन । यो सबैले भन्ने कुरा हो । हामी पनि यसमा जोड दिन चाहन्छौं र छिटो भन्दा छिटो चुनावको मिति घोषणा गर्न सरकारसँग आग्रह गर्दछौं ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width