संक्रमितको खाजी

सम्पादक
कार्तिक २५, २०७७

१. कोरोना संक्रमणको लक्षण देखिने वित्तिकै मानिसहरु स्वास्थ्य जाँचको लागि अस्पताल जान्छन् । त्यतिमात्र हाइन, लक्षण नै नदेखिए पनि संक्रमित व्यक्तिको संसर्गमा रहेको व्यक्तिले समेत सरेको हुने आशंकामा स्वास्थ्य जाँच गराउने गरेको पाइन्छ । कतिपयमा लक्षण नदेखिएको र संक्रमितको संसर्गमा रहेको थाहा नभएको अवस्थामा पनि कोरोना देखिदा स्थिति जटिल बन्दै गएको छ ।

२. कतिपय स्थानमा स्वास्थ्य निकाय, स्थानीय निकाय एवम् नगरपालिकाले कडाई साथ नियन्त्रणका उपाय अबलम्बन गर्दा गर्दै पनि संक्रमण देखिएको छ । समुदायस्तरमा कोरोना बढ्न थालेपछि बेनीमा संक्रमितको खोजि अभियान सुरु गरिएको छ । संक्रमणको लक्षण हुँदा हुँदै पनि बेवास्ता गरि बस्ने वा रोग लुकाएर बसेका हुन सक्ने आशंकामा खोजी अभियान सुरु गरिउको हो । बेनी नगरापलिका, डिसिसिएमसी, स्वास्थ्य कार्यालय समेतको टोलीले घरघरमा पुगेर कोरोना संक्रमितको खोजीका साथै जनतामुलक सन्देश प्रवाह गर्ने कार्यको थालनी भएको समाचार प्राप्त भएको छ ।

३. घरघरमा पुगेको स्वास्थ्यकर्मीको टोलीले संक्रमित भएको नभएको, जनस्वास्थयका मापदण्ड गरे नगरेको वा नगरेको भए पालना गर्ने प्रतिबद्धता गराउने कार्यक्रम सहितको लागेको छ । बेनीको बजार क्षेत्र गरिएको उक्त अभियानले अवश्य सफलता प्राप्त गर्ला । बेनीमा सञ्चालित उक्त अभियान सिको अन्यत्र पनि गर्न सकिन्छ । तर अपर्याप्त स्वास्थ्यकर्मी, सीमित श्रोत र साधन भएका स्थानमा भने गर्न कठिन छ । तर जे जति गर्न सकिन्छ, त्यति गर्न सम्बन्धित क्षेत्रले नीच मागर्नु हुदैन ।

४. कोरोना संक्रमणबाट बँच्न नियमति हातधुने, सेनिटाइजर लगाउने, मास्क प्रयोग गर्ने र भौतिक दूरी कायम राख्ने, भिडभाडमा नजाने आदि कुरा नै महत्वपूर्ण मानिन्छ । यति कुराको पनि पालना नगर्नु संक्रमण निम्त्याउनु हो । लापरवाहीले आफू मोत्र होइन समुदायलाई नै संकटमा पार्दछ । बेवास्ताले गर्दा नै कोरोना भित्रभित्रै भुस भित्रको आगो झै सल्कदै गईरहेको छ ।

५. कोरोना संक्रमित बढिरहँदा अस्पतालहरु भरिभराउ छन् । आइसियूमा वेड खाली छैन । अस्पतालमा ठाउँ नहुँदा संक्रमित घर डेरामै बस्नु पर्ने बाध्यता छ । उपचार पाउन सक्ने अवस्था पनि छैन । यस्तो स्थितिबारे थाहा हुँदाहुँदै पनि लापरवाही गरेर महामारी निम्त्याउनु अपराध हो । यस्तो अपराध कसैले नगरौं, आफू पनि बचौं र अरुलाई पनि बचाउन सहयोग पुर्‍याउँ । तबमात्र हामी यो महामारीबाट मुक्त हुन सक्दछौं ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width