कोरोनाको चौंथो भेरियन्टबाट सावधान

सम्पादक
श्रावण ५, २०७९

धेरै धनजनको क्षति गरेर केही समय सुस्ताएर रहेको कोरोना विस्तारै बढ्न थालेको छ । कोरोनाको परीक्षण गर्नेहरुको संख्या बढेअनुसार अस्पतालमा कोरोनाको बिरामीका लागि खाली राखिएको बेडहरुमा बिरामी देखिन थालेको छ । केही हप्ता पहिले भारतमा यो संक्रमण बढेको रिपोर्ट थियो भने अहिले नेपालमा नै देखिन थालेको छ । विशेषज्ञहरुले ५ प्रतिशतभन्दा बढीमा कोरोना देखिएको जानकारी दिएको छ । ५ प्रतिशतभन्दा बढीमा संक्रमण देखिएकोले विशेषज्ञहरुले यसलाई चौंथो भेरियन्ट भन्ने गरेका छन् र यसको नाम बिए ५ भरियन्ट भन्ने गरेका छन् । तिनीहरुले यो भेरियन्ट छिटो फैलने भएकाले यसबाट सजग र सतर्क हुनुपर्नेमा जोड दिएका छन् । तिनीहरुले जनाए अनुसार यो चौंथो भेरियन्टबाट २ जना बिरामीको ज्यानसमेत गएको छ ।

ती २ जना बिरामी जसको असामयिक निधन भयो, तिनीहरु दुवै जनाले खोप नलिएको पाइएको छ । सरकारले चैत महिनासम्म सबै नेपालीलाई खोप दिने प्रतिबद्धता जनाए तापनि अझै धेरै नेपालीहरु खोपबाट बञ्चित छन् । खोप कार्यक्रम तुरुन्त अभियानको रुपमा फेरि सञ्चालन गर्नुपर्नेमा यसले दबाब दिएको छ । यो दबाबलाई सरकारले गम्भीरतापूर्वक लिनु पर्दछ । त्यसको साथै सीमामा भारतबाट आउनेहरुको स्वास्थ्य चेक जाँच गर्नुपर्दछ र कोरोनाबाट संक्रमित देखिएमा त्यसलाई पहिले झैं क्वारेन्टिनमा राख्ने व्यवस्था गर्नुपर्दछ । हाम्रो एउटा नराम्रो बानी के छ भने एकपटक सुस्ताएपछि लामैसमय सुस्ताएर बस्ने र अझ त्यस्तै परे भुसुक्कै निदाइदिने । चौंथो भेरियन्ट सुरु भइसकेकाले त्यसरी सुस्ताउने बेला यो होइन, स्थितिको गम्भीरतालाई बुझेर सरकारले छिटो आफ्ना मातहातका सबै शाखा प्रशाखाहरुलाई सक्रिय पार्नुपर्दछ ।

कोरोना खराब र खतरनाक सरुवा रोग भएकोले तथा तलमाथि केही मिलेन भने नागरिकको ज्यानसमेत जाने भएकोले यसमा नागरिकहरु आफैं सजग र सतर्क हुनु पर्दछ । सरकार आएर खोप लगाइदेला भन्नुभन्दा आफैंले खोप केन्द्रमा गएर खोप लगाउनु पर्दछ । पहिले लगाइसकेकाले बुस्टर डोज लगाउनु पर्दछ । सरकारले विद्यालयका छात्रछात्रालाई खोप सञ्चालन गरेको छ । यो खोप कार्यक्रमलाई पनि गति थपेर सञ्चालन गर्नुपर्दछ । हामीले कोरोनाको तेस्रो भेरियन्टसम्म भोगीसकेका छौं । हामीमध्ये धेरैलाई मास्क लगाउनेदेखि जनस्वास्थ्यका नियमहरु थाहा छ । थाहा भएर पनि कोरोनाको प्रभाव कम भएकोले हामी ती नियमहरुको पालना गरेका छैनौं । तर अब कोरोनाको चौंथो भेरियन्ट बढेकोले यसलाई हामीले खतराको घन्टी बजेको सम्झेर जनस्वास्थ्यका सबै नियमहरु आजैदेखि पालना गर्ने गरौं, यही हाम्रो आग्रह छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width