नागरिक अगुवाको गुनासो

सम्पादक
माघ २०, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा राजनीतिक पार्टीहरुले चरणवद्ध आन्दोलन गरिरहेका छन् । तर यसपटकको विरोध कार्यक्रममा नागरिक समाजका अगुवाहरु केपी ओलीले पहिलेको विरोध कार्यक्रममा जस्तै गरी सक्रिय सहभागिता नभएको गुनासो आउने गरेका छन् । धेरै गुनासो आउन थालेपछि नागरिक समाजका अगुवा क्रमशः सडकमा देखिन थालेका छन् तर त्यसरी देखिनेहरूले पनि आफूहरू कति यी नेताहरूको पछि लाग्ने भन्दै प्रश्न सोध्ने गरेका छन । तिनीहरूले ओलीका विरोधी नेताहरू भोलि सत्तामा पुगेपछि राजनीतिमा भएको विकृति र विसंगति हटाउँछन् भन्ने के ग्यारेन्टी छ भन्न थालेका छन् ।

नागरिक समाजका अगुवा केदारभक्त माथेमाले आफूले शैक्षिक क्षेत्रमा राजनीति गरेकाले शिक्षा क्षेत्र बिग्रेको भने तापनि कुनै नेताले त्यसमा सुधार गर्न नखोजेको गुनासो गरिरहेका छन् । अगुवाले निर्वाचन प्रणाली खर्चालु भएकाले त्यसलाई सुधार्नु पर्ने पनि सुझाव दिएका छन् । नेताको बोलीमा ब्रेक लाग्नुपर्नेमा अगुवाको गुनासा छन् । यिनीहरू निम्नस्तरमा आएर गालीगलौच गर्दैछन् । जुन शीर्षनेतालाई सुहाउँदैन । तैपनि तिनीहरू एकले अर्कोलाई हिलो छ्यापाछ्याप गर्दै छन् । केही नेताले व्यवस्था गर्ने परिवर्तन गर्नुपर्ने विचार पनि व्यक्त गर्दछन् । नेताहरू आफू सत्तामा हुँदा सुधारका काम नगर्ने तर सत्ता बाहिर रहँदा यस्तो र उस्तो गछौँ भनी सपना बाँड्ने कामबाट पनि नागरिक अगुवा हैरान छन् । तिनीहरूका यस्तै गुनासा भएकाले यस पटक यिनीहरू उल्लेख्य संख्यामा सडकमा देखिएका छैनन् ।

नागरिक अगुवाको त्यो गुनासो मेटाउन पनि केही नेताले आफूलाई त्यस्तो गुनासो गर्न नदिने वाचा गर्नु आवश्यक भएको पनि औंल्याउने गरेका छन् । हुन पनि राजनीतिमा ‘जुन जोगी आए पनि कानै चिरेका’ जस्ता देखिएका छन् । अब त्यस्तो गरेर भएन । केही न केही सुधार गर्नु पर्दछ । सिस्टम बसाउनु पर्दछ । संविधान र लोकतन्त्रप्रति सधैँ प्रतिवद्ध हुनु पर्दछ । शिक्षण संस्थामा राजनीति गर्नु भएन । प्राज्ञिक क्षेत्रलाई स्वतन्त्र छोड्नु पर्दछ । यी सबैमा प्रतिबद्धता जनाए भने नागरिक अगुवा सडकमा देखिने छन् । अस्तिभन्दा हिजो बढी देखिएका छन् । आज अरु बढ्ने अपेक्षा गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width