निर्दयी निकुञ्ज

सम्पादक
श्रावण ९, २०७७

१. चितवनको माडी गाउँपालिकास्थित कुसुमखोलाको चेपाङ वस्तीमा चितवन राष्ट्रिय निकुञ्जले गत शनिबार आगो लगाएको र हात्ती लगाएर घर कटेराहरु भत्कार्य दिएको घटनाको अहिले सर्वत्र भत्सर्ना भईरहकेो छ । वन्य सम्पदाको समेत संरक्षण गर्ने निकायले यस्तो अविरल वर्षा बाढी पहिरोको वेला मानव वस्ती माथि किन क्रोध देखायो ? सुकुम्बासीलाई चिहिर विहिल पारेर नरसंहारकै रुप किन लियौ भने चर्चाको विषय भएको छ ।

२. चेपाङ नेपालका पिछडिएको जाति मध्ये एक हो । यो जातिको बसाई नै भीरपाखा, खोल्साखाल्सी आदि दुर्गम स्थानमै रहने गरेको छ । पहाडी भेगमा पहिरो बढ्दै गएपछि र खाने कुराको समेत अभाव हुन थालेपछि यिनीहरु चितवनका जंगलका छेउछाउमा बस्न थालेका हुन् । सरकारले यिनीहरुका लागि व्यवस्थित बसोबासको व्यवस्था गर्नुपर्ने हो । त्यस सम्बन्धि वेला वेलामा कुरा पनि उठ्छ । तर, कार्यान्वयनमा आउँदैन ।

३. कुसुमखोला राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र रहेको र अतिक्रमित भएको भए पनि अहिले वस्ती उठाउने उपयुक्त वेला होइन । मध्य वर्षाको वेला दुःखमा परेकालाई शरण दिनुपर्नेमा उल्टै उठवास लगाउन खोज्नु यहाँ भन्दा निर्दयी व्यवाहार के होला ? अहिल्यै उठाईहाल्नु पर्ने भए पनि पहिले उनीहरुलाई वसोवासको व्यवस्था गरेर सार्नु पर्ने थियो ।

४. यस्तो वेला वस्ती भत्काइएको छ । जुन वेला कृषि मजदूरको रुपमा चेपाङहरु अरुको खेतबारीमा काम गर्न गएका थिए । घरमा बालबालिका र बृद्धबृद्धा रहेका वेला उनीहरुमा मानसिक असर पर्ने गरी आगो लगाउने र हात्ती लगाएर घर भत्काउने काम भयो । त्यतिमात्र होइन घर वरपर रहेको मकैवाली पनि नोक्सान गरियो । दिनभर काम गरेर थाकेर वेलुका घर फर्केका चेपाङले घर भत्केको देख्नुपर्‍यो ।

५. सुकुम्वासी हुने कसैलाई रहर हुदैन । विभिन्न परिस्थितिले मानिस सुकुम्बासी बन्छ र ओत लाग्ने ठाउँ खोज्छ । जहाँ खालि देख्छ त्यही बस्छ । वास्तविक सुकुम्बासीका लागि सरकारले ठाउँ छुट्ट्याएर बसोवाको व्यवस्था गर्नुपर्दछ । अहिले कुसुमखोलाको चेपाङ वस्तीमाथि भएको आक्रमणका दोषीहरुलाई कार्वाही गरिनुपर्दछ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width