असारे बजेट

सम्पादक
असार १४, २०७७

१. असार पन्ध्रको निकट आइरहँदा जताततै धान रोपाइको माचो छ । कृषकहरु मानो रोपेर मुरी उब्जाउने कार्यमा व्यस्त छन् । बाढी पहिरो पनि चलेको छ । भौतिक संरचनाहरु भत्कीरहका छन् । जनधनको क्षति पनि भइरहेको छ । यो वर्षाको वेला हो ।

२. तर, यही बेला विकास निर्माणका काम भइरहेका छन् । धमाधम सडक पुल पुलेसा बनाइदैछ । झम झम पानी परिरहेकै वेला पिच गरिरहेका दृष्या देखिन्छन् । के वर्षा निर्माणको काम गर्ने वेला हो ? होइन भने किन भइरहेका छन् ? केका लागि भइरहेका छन् ? सर्वत्र प्रश्न उठ्ने गरेको छ ।

३. १२ महिनामा ९ महिना हिउँद त्यसै जान्छ । अनि काम सुर हुन्छ असारमा आएर । त्यो पनि असार पन्ध्र भित्रै काम सक्नु पर्छ रे । झ्याप झुप,, ल्यापलुप उखानै बनेको छ । मध्यवर्षामा केको नाप ? के को जाँच ? रकम निकाल्यो बाँड्यो । असार कटाए त फेरि बजेटै ल्याप्स हुन्छ रे ।

४. जहिले पनि सरकारी काम असारमा आएर हुने कुराको बारम्बार विरोध हुँदै आएको छ । लोकतन्त्र आए पनि लुट तन्त्र रोकिएको छैन । झन् बढ्दै पो गएको छ । असार साउनमा निर्माणका काम न टिकाउ हुन्छ । उल्टै जमिनको क्षय भएर माटोसमेत बगेर जान्छ । यस्तो थाहा हुँदा हुदै पनि जब सरकार त्यही काम गरिरहन्छ अनि बुझ्नुपर्ने हुन्छ, लुट यही छ ।

५. समयमै बजेट निकास नहुने, टेण्डर नहुने र समयमै काम नहुने । काम सुरु भएपनि वर्षाको वेला काम रोक्नुपर्ने नरोकिने, जसरी पनि सक्नुपर्ने काम हो कि बजेट ? बजेट देशको विकासको लागि कि रकम निकासको लागि ? यस्ता विकृति विसंगतिकै कारण देश पछि परेको छ । बजेटको ठूलो हिस्सा असारमै आएर खर्च हुन्छ । त्यो पनि निर्माणकै काममा ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width