हिमचितुवा शेर्पा रहेनन्

सम्पादक
असाेज ७, २०७७

१. हिमचुतावको उपनामले विश्वभर प्रसिद्ध आङरिता शेर्पाको ७२ वर्षको उमेरमा सोमबार निधन भयो । उनले विना अक्सिनज १० पटक सगरमाथा आरोहण गरेर विश्व किर्तिमान कायम गरेका थिए । उनले कायम गरेको किर्तिमानलाई अहिलेसम्म कसैले पनि उछिन्न सकेको छैन ।

२. सोलुखुम्बुको थामे गाउँमा सन् १९४८ जन्मिएका उनी १५ वर्षकै उमेरदेखि हिमाल आरोहणमा लागेका थिए । उनको पुख्र्यौली पेशा भने चौरीपालन थियो । उनले पहिलोपटक २० वर्षको उमेर चोयु हिमालको आरोहण गरे । विना अक्सिनज पहिलोपटक उनले सन् १९८३ मा सगरमाथाको चुचुरोमा टेक्न सफल भए । उनी अन्तिम पटक पनि विना अक्सिनज सन् १९९६ मा सगरमाथाको शिरमा पुगे । यो दशौं पटकको यात्रा थियो ।

३. यसरी दशौंपटकसम्म विना अक्सिजन सगरमाथा आरोहण गरेको आङरिता शेर्पा पछिल्लोपटक कमजोरी भएर विरामी परे । त्यसबखत उनीलाई भेट्न युवराज धिराज दीपेन्द्र उनकै घरमा पुगेका थिए । युवराजबाट आङरितालाई अब आराम गर, आरोहणबाट सन्यास लेउ भनी राजा वीरेन्द्रको सन्देश पाएपछि उनी आरोहण गएनन् । दरबारले सहयोग गर्न चाहँदा पनि उनले केही सहयोग लिएनन् । पछिल्लो समय नेपाल पर्वतारोहण संघले उनलाई सहयोग गर्दै आएको थियो ।

४. आङरिता शेर्पा प्रकृतिप्रमे थिए । प्रकृतिको प्रतिकुल काम गर्दैनथे । उनी मौसमको अनुकुल अवस्थामा मात्र हिमाल चढ्दथे । उनीले हिमाललाई राम्ररी चिनेका थिए र हिमालले पनि उनलाई चिनेको थियो । यही निकटताले उनी सफल भए । प्रकृतिलाई नचिनी नबुझी आरोहण गर्दा धेरेको ज्यान जाने गरेको छ । विना अक्सिनज त के अक्सिजन लिएरै जाँदा पनि धेरै असफल भएका छन् । आङरिताको प्रकृति प्रेम आरोहण क्षेत्रमा उदाहरणीय रहेको छ ।

५. किर्तिमानी आङरिताले चाहे के हुँँदैनथ्यो ? तर उनीले कहिल्यै आरोहणलाई पेशा बनाएनन् । अनि आफ्ना किर्तिमानलाई कमाई खाने भाँडो पनि बनाएनन् । उनी सामान्य जीवन जिउन चाहन्थे, सामान्य नै भएर रहन्थे । उनी नेपाल सरकारबाट त्रिशक्तिपट्ट र गोरखा दक्षिणबाहुबाट विभूषित भएका थिए । उनलाई भारत सरकारले राम्रो व्यवस्था गरिदिन्छु, उतबै बस्न आउ भन्दा पनि गएनन् । आज हामीले एक देशभक्त स्वाभिमानी व्यक्तित्व गुमाएका छौं । यस दुःद् घडीमा उनको दिवंगन आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त सबैप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width