केही दिनदेखि पोखराको वातावरणमा परिवर्तन आएको छ । अविरल वर्षको कारणले यताउता गर्न जुन कठिनाई उत्पन्न भएको थियो, त्यो हटेको छ । न्यानो घाम लागेको छ । हिमाल डाँडाकाँडा प्रस्ट देखिएका छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सन्दर्भमा माछापुच्छ्रे र धौलागिरि हिमालले गण्डकी प्रदेशको राजधानी पोखरा आएका आगन्तुकलाई स्वागत अभिवादन गर्न प्रतीक्षा गरे झैं पोखरा रंगशालामा आफ्नो दृष्टि केन्द्रित गरेको छ । र, खेलाडी, प्रशिक्षक, खेलप्रेमी, दर्शक एवं खेलसँग सम्बन्धित सम्पूर्ण अतिथिको हार्दिकताका साथ स्वागत गर्दैछन् । यस अवसरमा पोखरा रंगशाला आफ्नै किसिमले रंगीन भएको छ ।
पोखरामा ४ दशकपछि हुन लागेको ऐतिहासिक नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनबाट हुन गइरहेको छ । यी सबै वातावरणले खेलकुदको राजधानी हुन अग्रसर पोखराका लागि अर्को एक अवसर प्राप्त भएको हो । २०३८ सालमा काठमाडौंमा पहिलो राष्ट्रिय खेलकुद प्ररम्भ भएको थियो भने २०४० सालमा पोखरामा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता भएको थियो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता देशका ७ वटा प्रदेशसहित, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन विभागीय र १ गैरआवासीय नेपाली संघ (एनआरएन) गरी कुल ११ टीम बीच प्रतिस्पर्धा हुनेछ । खेलाडीले ३६ खेलका लागि प्रतिस्पर्धा गर्नेछन् र विजयी खेलाडी र खेलाडीका टीमले ४ सय ४ स्वर्ण र सोही अनुरुपमै रजत र कास्य पदक हात पार्ने छन् । यति धेरै पदक र पुरस्कार भएको यो नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेलाडी एवं खेलप्रेमीका लागि कुम्भमेला नै भएको छ । जस्तो कुम्भ मेलामा जानु, त्यहाँ नुहाएर मेलामा सहभागी हुनु पुण्य कार्य मानिन्छ, त्यस्तै खेलाडीका लागि यो राष्ट्रिय प्रतियोगितामा सहभागी हुनु आफैंमा महत्वपूर्ण अवसर हो । त्यसमा पनि यो प्रतियोगितामा पदक प्राप्त गर्नु राष्ट्रिय कीर्तिमान राख्नु हो । यस्तो पदकले धेरै खेलाडीको जीवनलाई आमूल परिवर्तन गरेको छ र अन्तर्राष्ट्रियस्तरको खेल खेल्ने ढोका खोलेको छ ।
असोज २८ देखि कात्तिक ३ सम्म संचालन हुने यो प्रतियोगितालाई प्रदेशका सबै ११ जिल्लामा आयोजना गर्ने भनिए पनि मनाङ, मुस्ताङ र लमजुङमा सम्भव भएन । अन्य जिल्लामा भने कुनै न कुनै प्रतियोगिता हुने भएको छ । आयोजकका अनुसार म्याग्दीमा महिला भलिबल र तेक्वान्दो, बागलुङमा आइटिएफ तेक्वान्दो, गोरखामा बुद्धिचाल, तनहुँमा बास्केटबल, स्याङ्जामा महिला फुटबल, पर्वतमा कराते र नवलपरासीमा कुस्ती, सापाटाक्रो प्रतियोगिता हुने भएको छ । अन्य खेलको प्रतियोगितामा पोखरामा नै हुने भएको छ । हामी पोखरामा प्रतियोगितामा सहभागी हुन आएका खेलाडी र खेलसँग सम्बन्धित सबैको हार्दिक स्वागत गर्दछौं । सहभागीहरुको पोखरा बसाई सुखद् होस् भन्ने कामना गर्दछौं । र, यो बृहत् आयोजना पूर्णरुपले सफल होस् भन्ने कामना गर्दछौं ।
Related News
सम्बन्धित समाचार
नयाँ सरकारसामु किसानका पुराना समस्या
लुम्बिनीलाई विवादको स्थल नबनाऊ
नयाँ राष्ट्रपतिको चर्चा
असभामुख घिमिरेका चुनौती
पृथ्वीजयन्तीमा बिदा गरियोस्
hero news full width
मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९