सानो देशको ठूलो मान्छेको अवसान

सम्पादक
चैत्र १२, २०७१

१. संसारको सानो देशमध्ये एक गनिएको सिंगापुरका पूर्व प्रधानमन्त्री ली क्वान यु को निधनको समाचारले विश्वका नेताहरू स्तब्ध भएका छन्। सिंगापुरका जन्मदाताको रूपमा मानिएका ली को सोमबार ९२ वर्षको उमेरमा निधन भएको थियो। उनको निधनमा सिंगापुरले एक साता राष्ट्रिय शोक मनाउने भएको छ।

२. सिंगापुर सन् १९५७ मा स्वतन्त्र भएको थियो। त्यो देश दुर्इ वर्ष मलेसियाको अंग भएर रह्यो। तर मेलेसियाले सँगै राख्न नमानेपछि त्यो सानो टापुको देश वास्तवमा स्वतन्त्र भयो। २६७ वर्ग मिल क्षेत्रफल भएको सिंगापुरमा ५० लाखको हाराहारीमा जनसङ्ख्या छ। त्यो सानो र अविकसित देशलाई ली क्वान युले जे-जसरी विकसित र समृद्ध पारे, त्यसबाट विश्व चकित भएको छ। त्यसैले उनलाई सानो देशको ठूला मान्छेका रूपमा सम्मान गर्ने गरिएको छ।

३. उनले आफ्नो तीन दशकभन्दा लामो प्रधानमन्त्रीत्वकालमा वैदेशिक लगानी भित्र्याए, अनुशासन कायम गराएर जताततै प्रदर्शनी गर्ने, तोडफोड गर्ने, उद्योगधन्दा बन्द हडताल गर्ने काममा नियन्त्रण गरे। विरोध गर्नका लागि उनले सानो ठाउँ छुट्याए। छोटकरीमा भन्ने हो भने उनले देशमा पूर्णरूपले शान्ति सुरक्षा, सु-व्यवस्था कायम गराए। उनको त्यो कार्यलाई कतिपयले तानाशाहीको संज्ञा पनि दिए।

४. राष्ट्रका लागि उनले गरेका त्यो कर्डाईको कारण सिंगापुरबाट गरिबी हटेर गयो। विश्वभरमै सिंगापुर सफा सुग्घर र समृद्ध सहरको रूपमा परिचित भयो। त्यहाँ उनले सिष्टम बसाले। भ्रष्टाचार निर्मूल गरे। देश बनाउन इच्छा शक्ति चाहिन्छ। नेतृत्व गर्ने एकजना इमान्दार, सक्षम र कर्तव्यनिष्ठ भएमा देशको विकास हुन्छ भन्ने कुरा उनले देखाए।

५. बौद्धहरूको बाहुल्य भएको सिंगापुरसँग नेपाल र नेपालीको पहिले देखिको सम्बन्ध छ। गोर्खा रेजिमेन्टले त्यो सम्बन्ध अरु प्रगाढ बनाएको छ। त्यहाँ गोर्खालीहरूलाई सम्मान र विश्वासको दृष्टिले हेर्न गरिन्छ। त्यो देशसँग सन् १९६२ मा नेपालको राजदूत स्तरमा दौत्य सम्बन्ध स्थापना भएको थियो। नेपालका पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सिंगापुर भ्रमण गरेपश्चात् नेपाललाई सिंगापुरजस्तै बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

६. प्रधानमन्त्रीका रूपमा लीले सन् १९८० मा नेपालको औपचारिक र त्यसपछि अनौपचारिक भ्रमण गरेका थिए। उनले नेपालको प्राकृतिक सौर्न्दर्य र विविधता देखेर यो देश भूस्र्वर्ग हुन सक्ने बताएका थिए। तर यहाँको भ्रष्टाचार, बन्द हडताल र अनुशासनहीन कार्यले भने उनलाई खिन्न पनि पारेको थियो।

७. लीले कर्मयोगी भएर देश र जनताको निस्वार्थ भावले सेवा गरे। उनको त्यो सेवा भावको परिणाम सिंगापुर विश्वको मानचित्रमा प्रष्ट देखिने गरी अंकित भएको छ। विश्व मानचित्रमा देखिन ठूलै देश हुनुपर्दछ भन्ने छैन। नेताहरू पनि ठूलै देशका भएमा मात्र विश्वमा गणना हुन्छ भन्ने छैन भन्ने कुरा उनले प्रष्ट देखाएका छन्, त्यो महान कुरा हो। त्यसलाई हाम्रा नेताहरूले उदाहरणका रूपमा लिएर उनको कार्यको अनुशरण गरेमा  देशको यो अन्यौलको बादल छिट्टै हटेर छिट्टै संविधान घोषणा हुने अपेक्षा गर्न सकिन्छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width