सांसदको सुझाव

सम्पादक
जेठ २१, २०७७

१. सामान्यतया सांसदको काम भनेको संसदमा उपस्थित भएर देशको समसामयिक, आर्थिक, सामाजिक, न्यायिक तथा विकास निर्माणका बारेमा बोल्ने, जानकारी दिने, छलफल गर्ने, सरकारलाई सुझाव दिने र सचेत गराउने पनि हो । देशको लागि आवश्यक नीति नियम तथा कानून बनाउने हो । जनताको हक, हित र सुरक्षाका लागि आवाज उठाउने हो ।

२. आफुले चुनेका प्रतिनिधिले समाज र देशको हित गरुन् भनेर जनताले भोट दिएका हुन्छन् । पाँच वर्षका लागि चुनिएका ती प्रतिनिधिले राम्रो काम गरेनन् भनेर बीचैमा फिर्ता गर्ने अधिकार कानूनमा छैन । त्यसैले त्यो पाँच वर्षको अवधिलाई कतिपय सांसदले पाँच पुस्ता पुग्ने बन्दोवस्तीको अवसर बनाएका छन् । त्यही अनुसारको नीति नियम र बजेट बनाउँछन् र संसदबाट पारित गर्छन् ।

३. सांसदलाई बजेट छुट्टाउने कामको बारम्बर विरोध हुँदै आएको छ । सांसदले नियम कानून बनाउने हो, त्यो अनूरुप काम भयो भएन रेखदेख गर्ने हो । गल्ती गरे सरकारको कान निमोठ्ने, कारवाहीको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने, काम नगर्ने सरकारलाई हटाउने र नयाँ सरकार गठन गर्ने हो । विडम्बना विकासका नाममा सांसदलाई बजेट छुट्टाएर सरकारले आफ्नो मुठिको माखो बनाउने काम गरिरहेको छ । त्यो सांसदहरुको ठूलो अपमान हो । सांसदहरुले यो स्वीकार्नु लाचारी हो ।

४. सर्वत्र विरोधका बावजुद पनि केन्द्रीय सरकारले आ.व. ०७७÷७८ को वजेटमा पनि सांसदहरुलाई रकम छुट्टाएर ल्यायो । यत्ति हो गत वर्षको भन्दा यस पटक केही कम गरिएको छ, कोरोनाको कारणले । त्योहटाउन बजेटको विरोध गरेर सत्ता पक्ष र प्रतिपक्षका सांसदले पनि नैतिकता देखाउलान् भन्नु पर्दैन । सांसद विकास कोषको रकम दूरुपयोग हुँदै आएको कुरा धेरैपटक उठेको छ ।

५. राम्रो मान्नु पर्छ गण्डकी प्रदेशका सांसदहरुले भने जनताको आवाजलाई आत्मसात गरेर निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई खारेज गर्न माग गरेका छन् । उनीहरुले यसलाई राजनीतिक रुपमा गरिएको सिण्डीकेट भएको उल्लेख गर्दै सांसदहरु बीच पनि विभेद खडा गरेको बताएका छन् । साथै यो कार्यक्रम प्रभावकारी पनि नभएको जनाएका छन् । सत्तापक्ष र प्रतिपक्ष दुवै तर्फबाट आएको यो सुझावलाई गण्डकी प्रदेश सरकार र केन्द्रीय सरकारले पनि सुनोस् र कार्यक्रमबाट तुरन्त हटाओस् भन्ने आम जनाताको माग रहेको पाइन्छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width