सरकारी खर्चमा स्वास्थ्य उपचार

सम्पादक
भाद्र २, २०७१

१. नेपालमा धेरै राम्रा-राम्रा कुराहरू, प्रथाहरू र पद्धतिहरू आएका छन्। सुरुमा तिनीहरू राम्रा देखिन्छन्। तिनीहरूका उद्देश्य पनि राम्रा राखिएका हुन्छन्। तर जब त्यो राम्रो काम कार्यान्वयनको स्िथतिमा पुग्छन्, कार्यान्वयन हुन्छन् अनि अनेक विकृति र विस·ति देखिन्छन् र त्यसलाई रोक्नुपर्ने अवस्था आउँछ।

२. यस्तो धेरै भएका छन्। अहिले स्वास्थ्य उपचार पनि त्यस्तै हुन थालेको छ। स्वास्थ्य उपचार एक ज्यादै आवश्यक कुरा हो। कतिपयले आफ्नो स्वास्थ्य उपचार आफैले गर्न सक्दैनन्, त्यस्ताहरूलाई सङ्घसंस्था र सरकारले सहयोग गरी स्वास्थ्य उपचार गराउनु राम्रो कुरा हो।

३. यो राम्रो कुरामा पनि अहिले विकृति आउन थालेको छ। यस्तो विकृतिका धेरै कुरा राजनीतिको क्षेत्रमा आउने गर्दछ। अहिले पनि राजनीतिमा त्यो विकृतिले प्रवेश पाउन थालेको छ। खास गरेर नेताहरूको स्वास्थ्योपचार देशको लागि मह·ो सावित हुँदै गएको छ।

४. हामीले यो कुरा उठाउनु त्यति राम्रो त नहुन सक्छ। कतिपयले यसमा टिप्पणी पनि गर्न सक्छन्। तर जुन गति र प्रवृत्तिका साथ यो बढिरहेछ, त्यो हेर्दा र त्यो विकृति र विस·ति रोक्न कसै न कसैले कुरा उठाउनु आवश्यक भएको छ। अन्यथा यो अरु जटिल र समस्याग्रस्त हुन सक्दछ।

५. विशेषतः हाम्रा नेताहरू आफ्ना रोगको उपचार र पहिचानको लागि सरकारी खर्चमा ठूल्ठूला र टाढा-टाढाका देशमा जाने चलन बढ्न थालेको छ। त्यसरी सरकारी खर्चमा जानुलाई आफ्नो शान सम्झने प्रवृत्तिको विकास भएको छ। जुन रोग नेपालमा उपचार सम्भव छ, त्यसको लागि पनि विदेश जाने गरिएको छ।

६. सर्वसाधारण जनता बाढी पहिरोबाट पीडित भई राहत नपाएर छटपटाएको अवस्था छ। उनीहरूलाई उचित किसिमले सघाउ पुर्‍याउनेतिर पर्याप्त प्रयास भएको छैन। गुनासाहरू जताततैबाट आइरहेका छन्। यस्तो अवस्थामा नेताहरू सरकारी खर्चमा विदेशमा औषधोपचार गर्न जाने गरेका छन्।

७. के नेताहरूको उपचार हाम्रै देशको अस्पतालमा हुन सक्दैन ? के हाम्रा डाक्टरहरूले नेताहरूको रोग खुट्याउन सक्दैनन् ? के उनीहरूलाई लाग्ने रोग सबै गम्भीर प्रकृतिको हो ? के उनीहरूको आफ्नो सम्पत्तिले नपुग्ने भएकाले सरकारले व्यहोर्र्नुपरेको हो ? यी यस्ता प्रश्न हुन् जसको जवाफ सरकारले दिनुपर्दछ। खर्च गर्नै हुँदैन भन्ने हाम्रा भनाइ होइन। एउटा शानको लागि त्यो खर्च नगरियोस्। विकृति र विस·ति नहोस्। आवश्यकता र अनावश्यकता हेरियोस्। पहुँचको आधारमा र बिनाआधार खर्च दिने प्रवृत्ति जे जसरी बढेको छ, त्यो रोकिनुपर्दछ। यो जनताको आवाज हो।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width