सदाचारको नमुना बन्न एमाले जनप्रतिनिधिको प्रतिबद्धता

सम्पादक
असार ५, २०७९

राजनीतिक नेता र कार्यकर्ताहरु भ्रष्ट हुँदै गएका कारण राजनीतिक पार्टीप्रति नै आम नागरिकको आकर्षण घट्दै गएको सबैका लागि चिन्ताको विषय भएको छ । स्थानीय तहको निर्वाचनमा संगठित पार्टीका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारले विजय प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवारको त्यो विजयलाई पार्टीहरुले गम्भीरतापूर्वक लिएका छन् । केहीले पार्टीलाई सुधार्नुपर्ने महसुस गरेका छन् । ती सबै कुरालाई दृष्टिगत गरी एमालेका निर्वाचित जनप्रतिनिधिको काठमाडौंमा बिहीबार र शुक्रबार भएको भेलाले सदाचारमा नमुना बन्ने संकल्प गरेका छन् । २० बुँदामा समेटिएको संकल्प प्रस्तावको कहाँ, कसले र कति कार्यान्वयन गर्छन् त्यो भने हेर्न बाँकी नै छ । पार्टीले भने यसलाई आफ्नो उपलब्धि सम्झेको छ ।

२० बुँदे संकल्प प्रस्तावमा परिवार, आफन्त र स्वार्थ जोडिएको व्यक्तिको पक्षपोषण नगर्ने भन्दै आफूहरु शासक होइन, जनताको सेवक भएर काम गर्ने संकल्प गरेका छन् । त्यस्तै काम गर्दा आफूले कुनै भ्रष्टाचार गर्ने छैनौं र कडाइको साथ भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गर्दै भ्रष्टाचारी व्यभिचारी, अनियमिता र सार्वजनिक सम्पत्तिको दोहोनमा संलग्नलाई कानुनी कारबाहीको दायरामा पुर्‍याउन अग्रणी भूमिका खेल्ने कुरा पनि त्यसमा उल्लेख गरेका छन् । जनप्रतिनिधिहरुले समाजमा व्याप्त कुरीति, कुसंस्कार, रुढी र सामाजिक विकृतिविरुद्धको अभियानमा अग्रपंक्तिमा उभिएर सामाजिक, सांस्कृतिक रुपान्तरणको अगुवाई गर्दै समाजको विकास, असल मूल्य, मान्यता र संस्कार स्थगित गर्न भूमिका खेल्ने पनि उल्लेख गरिएको छ । त्यसको साथै काम गर्दा खेरी पारदर्शिता, जनप्रतिनिधिको जवाफदेहीता, विधिका शासन र सुशासनमा विश्वास गर्दै आम सरोकारका सबै सूचना लाई पारदर्शि र सबैको पहुँचमा राख्ने घोषणा एमालेका जनप्रतिनिधिले गर्ने छन् भन्ने कुरा गर्वका साथ राखिएका छन् ।

२० बँदे घोषणा पत्रमा जनप्रतिनिधिले काम गर्दा सेवाग्रहीलाई सहज, छिटो, छरितो सुलभ सेवा पुर्‍याउनु लाई कर्तब्य संझेकाछन् भने पलिकालाई लैङिंक हिंसामुलक बनाउन जातिय विभेद र छुवाछुद अन्त्य गर्नु बालश्रम निर्मुल गर्ने जस्ता महत्वपूर्ण कुराहरु पनि समावेश गरिएकोछ । २० बुँदे संकल्प प्रस्तावमा सबै राम्रै राम्रा कुराहरु उल्लेख गरिएकाछन् । प्रस्तावमा पूर्वधारनिर्माणको काममा वातावरणको संरक्षण र सन्तुलनलाई गम्भिर ध्यान दिई प्राकृतिक स्रोतको संरक्षण, ऐतिहासिक, सांस्केतिक र असल परम्परहरु र जनताको सामुहिक सम्पदाका रुपमा रहेका क्षेत्रहरुको संरक्षण र सम्बद्धनमा संवेदनशिल बन्नु पर्ने कुरा समेत त्यसमा समावेश गरिएकोछ । छोटकरीमा भन्नु पर्दा संकल्प प्रस्तावमा असलै असल, राम्रै राम्रा कुराहरुले भरिुएका छन् । जनप्रतिनिधिले काम गर्दा ती कुराहरुको केकति ख्याल गर्लान,त्यो हेर्न बाँकी छ । त्यो कुरा आगमी दिनमा देखिनेछ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width