संविधान संशोधन र समाजवादी पार्टी

सम्पादक
कार्तिक १, २०७६

१. उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवमाथि फेरि सरकारबाट बाहिरिन दबाब बढ्दै गएको छ। मन्त्री यादवको संघीय समाजवादी पार्टी डेढ वर्ष पहिले प्रधानमन्त्री ओलीको नेतृत्वमा गठित सरकारमा संविधान संशोधनको सहमति गरी सम्मिलित भएको थियो। उक्त सहमतिपत्रमा प्रधानमन्त्री ओली र सत्तारुढ पार्टीका अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गरेका थिए।

२. संघीय समाजवादी पार्टीले संविधान संशोधनको प्रतीक्षागर्दै डेढ वर्ष बिताए। यसबीच डा.बाबुराम भट्टराईको पार्टी पनि संघीय समाजवादी पार्टीमा संयुक्त भयो। तिनीहरु संयुक्त हुँदापनि सरकारले छिट्टै संविधान संशोधन नगरेमा सरकारबाट बाहिरिने चर्चा चलेको थियो। तर त्यो चर्चा पनि सेलाएर गयो।

३. दुई तिहाई बहुमतको सरकारले चाहेमा भने संविधान संशोधन गर्न गाह्रो छैन। संशोधन गर्न गाह्रो भएर संशोधन नगरिएको होइन। प्रधानमन्त्री ओली आफै संशोधनको नाम नै सुन्न चाहदैनथे। त्यसैले उनले आवश्यक भएको बेला संविधान संशोधन हुन्छ भन्दै आएका छन्। तर त्यो आवश्यक कहिले हुन्छ भन्ने प्रष्ट छैन।

४. एकातिर प्रधानमन्त्री ओली कानमा तेल हालेर बसेका छन् भने अर्कोतिर समाजवादी पार्टीमा त्यसका नेता तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई संविधान संशोधन नगरेकोले अब सरकारबाट बाहिर आउनु पनेर्मा जोड दिँदैछन्। संघीय समाजवादी पार्टीभित्र सरकारका काम कुराबाट असन्तुष्टहरुको संख्या बढ्दै गएको छ।

५. डेढ वर्ष पहिले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी दुवैले संविधान संशोधनको प्रतिबद्धताप्राप्त गरेकोले सरकारलाई समर्थन गरेका थिए। ती दुईमध्ये एउटा सरकारमा गयो भने अर्को सरकार बाहिर बसेर सरकारको समर्थन गर्यो। तिनीहरुले पटकपटक सरकारलाई त्यसको अल्लिटेम पनि दिए। तर सरकारले पटक्कै सुनेन।

६. उपप्रधानमन्त्री यादव अहिले ठूलो दबाबमा छन्। उनको कुरा प्रधानमन्त्री सुन्दैनन्। उता पार्टीका नेताहरुलाई सम्झाउन पनि मुस्किल भएको छ। उनलार्इ “नखाउँ भने दिनभरिको शिकार, खाउँ भने …” भनेजस्तै भएको छ। उनलाई मन्त्रीमण्डलबाट बाहिरिने मन छैन। फेरि छिटै केन्द्रीय समिति र संघीय परिषद्को बैठक पनि नजिकै आएको छ।

७. अर्कोतिर डा. बाबुराम भट्टराईलाई संसदमा सत्तापक्षको सीटमा बस्नु परिरहेछ। त्यो पनि उनलाई मन परेको छैन। एकजना सत्ता छाडेन। नचाहिने अर्को सत्तापक्षको सीटमा समेत बस्न नचाहनेहरु, अहिले एकै पार्टीमा छन्। प्रधानमन्त्री ओलीले संशोधन गर्लान् नगर्लान्, त्यो अर्को कुरा हो। ती दुई जना नेताहरु अब कसरी मिलेर जालान् र संगठन कसरी गर्लान्, यो ठूलो कुरा बनेर आएको छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width