संविधान छिटो आउने सम्भावना कम

सम्पादक
चैत्र १०, २०७१

१. गत वर्ष संविधान घोषणा गर्ने मिति माघ ८ तोकिएको थियो र सबै जनता माघ ८ मा संविधान आउँछ भनी ढुक्क थिए। माघ ८ गते संविधान घोषणा भएन। संविधान घोषणा नहुँदा स्वभावतः जनता निराश बने। तर त्यसरी निराश बनेका जनतालाई के-कसरी उत्साही बनाउने भन्नेतिर कसैले ध्यान दिएका छैनन्।

२. संविधान कहिले बन्छ, अब त्यो अनिश्चय छ। जनताले त्यसको अकलन गर्न सकेका छैनन्। नेताहरू नै त्यसबारे बोल्न तयार छन्। नेताहरूमध्ये एक थरी प्रक्रियाका कुरा गरेर छिट्टै संविधान बनाउने कुरा झल्काई रहेका छन् भने अको पक्ष आन्दोलनका कुरा गरेर सहमतिमा संविधान बनाउन बाध्य पार्ने बताइरहेका छन्।

३. प्रक्रिया कहिले सुरु हुने हो र सहमतिमा बाध्य कहिले पारिने हो, यी दुबै कुरा निश्चित रुपमा भनिएको छैन। अरु त अरु देशका सवोर्च्च ओहदामा रहेका राष्ट्रपति डा. रामवरण यादव आफै पनि यसबारे निश्चित छैनन्। उनी आफैले पनि चीन जानु पूर्व आफ्नो तयारीको क्रममा त्यसबारे प्रश्न सोधेका छन्।

४. राष्ट्रपतिले आइतबार संविधान सभाका ठूला पार्टीका नेताहरूलाई बोलाएर त्यसबारे प्रश्न सोधेका थिए। उनले नेताहरूलाई चीनले संविधान कहिले बन्छ भनी सोधे के जवाफ दिने भनी प्रश्न गरेका थिए। उपस्थित कसैले पनि त्यस प्रश्नको सीधा उत्तर दिएनन्। उनीहरूले सीधा उत्तर नदिनुको मतलव संविधान कहिले बन्छ, त्यो अनिश्चय भएको बताएका छन्।

५. एमाओवादी नेतृत्वको मोर्चाले आन्दोलनको मुड बनाइसकेको छ। त्यस मोर्चाले पहिलो चरणको आन्दोलन सिध्याएर दोस्रा् चरणमा प्रवेश गरेको छ। आन्दोलन जति चर्कियो, उति त्यसले आफ्नो सफलता सम्झिने भएको छ। यही बेला संविधान सभा नमान्ने पार्टीरूले आगोमा घ्यू थप्ने काम गरिरहेका छन्।

६. अकोर्तिर जनजाति-आदिवासीहरू छन् जसले पहिचानको मुद्दालाई दृढतापूर्वक अपनाइ सकेका छन्। त्यहाँ पनि राजनीतिले प्रवेश गरिसकेको छ। स्थिति अरु पेचिलो र गम्भीर बन्दै गएको छ। केही बुद्धिजीवीले प्रदेशको नाम, संख्या र विभाजन सम्बन्धमा आफ्नो विचार सार्वजनिक गरेका छन्। तर त्यसलाई आफ्नै सुरमा अघि बढिरहेका पार्टीरूले वास्ता गरेका छैनन्।

७. यस्तो बेलामा सरकारमा बसेका पार्टीरूले विशेष किसिमले सोच्नु आवश्यक छ। सत्तारुढ पार्टीरूले जिम्मेवार भएर सोच्नु पर्दछ र आवश्यकता अनुसार लचिलो हुनु पर्दछ। उनीहरूले देश टुक्रयाउन दिन्नौं भनी आफ्नो अडान कायम राखेका छन्। तर देश टुक्राउन दिन्नौं भन्दै अरुलाई टुक्रयाउने स्थितिमा पुर्‍याउनु पनि हुँदैन। सत्तामा बसेपछि चारैतिर सोच्नु पर्दछ र सम्यक निर्णय लिएर अगाडि बढ्नु जरुरी छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width