राहत वितरणमा विलम्ब

सम्पादक
मंसिर १३, २०८०

जाजारकोट भूकम्प पीडितहरूले अभैm पनि राम्ररी राहत सामग्री पाउन नसक्दा चिसोको चपेटामा पर्नु परिरहेको छ । तिनीहरूलाई दिनभन्दा रात कटाउन मुस्किल भएको छ । रातमा कठांग्रिरिएर सुत्न परेको छ । तिनीहरूले एकसरो पाल त पाएको छन् तर दायाँ–बायाँबाट आउने हावा छेक्ने अरु केही छैन भन्ने तिनीहरूको गुनासो छ । जाडो प्रत्येक दिन बढ्दै छ तर तिनीहरूसँग जाडो छेक्न पाल आदि छैन । सरकारले एकद्वार प्रणालीको प्रथा लागु गरेको छ । अरुले राहत सामग्री वितरण गर्न पाइँदैन । सरकारले राम्ररी वितरण गर्न सकेको छैन । १३ वटा पालिकामध्ये ठूलाबडाको दृष्टि परेको ठाउँमा राहत पुगेको छैन । खाद्य सामग्री वितरणमा पनि पीडितहरूको गुनासो छ । कतिपय भाडामा बसेकाहरूले घरबार नभएकै कारणले पनि राहत पाउन नसकेको बताउने गरेका छन् । अहिले त्यहाँ सुत्केरी, नाबालक एवं ज्येष्ठ नागरिकहरूको बिचल्ली छ । दर्जनभन्दा बढी नाबालक, सुत्केरी र ज्येष्ठ नागरिक चिसोकै कारण ज्यान गएको अवस्था छ ।

२०७२ सालको गोरखा भूकम्प पछि २०८० मा जाजरकोट केन्द्र भएर भूकम्प गएकाले राहत वितरणमा गोरखामा भएका कमी–कमजोरी हटाएर सरकारले राहत वितरण गर्ने अपेक्षा गरिएको थियो । भूकम्प गएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल डाक्टर, नर्स र औषधी लिएर हेलिकोप्टरबाट जाजरकोट पुग्दा सरकारले राम्ररी राहत वितरण गर्ला भन्ने अनुमान गरिएको थियो । राष्ट्रपति रामचन्द्र पौडेल पनि त्यहाँ पुगेर घटनास्थल र पीडितहरूको पीडा अवलोकन गरी सरकारलाई छिटो राहत वितरण गर्न सुझाव दिएका थिए । उपप्रधान तथा गृहमन्त्री नारायाणकाजी श्रेष्ठले राम्ररी राहत वितरण नगरेमा प्रमुख जिल्ला अधिकारीहरूलाई सजाय दिनेसमेत भनेका थिए । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको मुकाम नै त्यहीं गरिएको थियो । तैपनि वितरण गुनासोरहित किसिमले भएन । अभैm पनि सुधारको गुञ्जायस छ । त्यो गर्न सकिन्छ ।

हामीकहाँ नियम कानुनले पनि केही विलम्ब गर्ने सम्बन्धित रहको गुनासो छ । राहत भनेको तत्काल दिने कुरा हो तर हामी कहाँ राहत वितरणमै २ महिना पुग्न लागेको छ । अभैm वितरण गर्ने काम पूरा भएको छैन । त्यो अनुमान गर्न सकिन्छ । पीडितहरुलाई उद्धार गर्ने, राहत वितरण गर्ने आदि काममा ढिलो गर्नुहुँदैन । यस्तो काम ‘युद्धस्रतमा’ गर्नुपर्दछ भनिन्छ, त्यो स्तरमा त हामीले गर्न सक्दैनौं । तर अहिलेकोभन्दा छिटो गर्न पर्दछ, यो सबैले महसुस गरिहेका छन् ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width