राष्ट्रपतिको स्वास्थ्य

सम्पादक
असार १३, २०७०

१. क्यान्सरको शड्ढामा जापानमा औषधोपचार गराइरहेका राष्ट्रपति डा. रामवरण यादवलाई क्यान्सरको सङ्क्रमण नभएको पुष्टि भएको छ। जापानको टोकियोस्थित युनिभर्सिटी टोकियो हस्पिटलले करिब एक हप्ताको विभिन्न परीक्षणपश्चात् त्यो पुष्टि गरिएको हो। टोकियोस्थित नेपाली दूतावासले राष्ट्रपतिको स्वास्थ्य बुलेटिन प्रकाशित भएपछि यहाँ सबैले सन्तोषको श्वास फेरेका छन्।

२. नेपालका केही डाक्टरले राष्ट्रपतिको ठूलो आन्द्रामा दाग देखेपछि मेडिकल काउन्सिलको सिफारिसमा राष्ट्रपति डा. यादवलाई जापान लगिएको हो। राष्ट्रपतिलाई क्यान्सर नभएको पुष्टि भएपछि अब छिट्टै उनी नेपाल फर्किनेछन्। सम्भवत् उनी यसै साता नेपाल फर्किनेछन्।

३.     नेपालमा अहिले चुनावको घोषणा गरिएको छ। चुनाव त घोषणा गरियो तर चुनावको वातावरण बन्न सकेको छैन। नेकपा-माओवादीलगायत केही पार्टीचुनावमा भाग लिन हिचकिचाइरहेको अवस्था छ। उनीहरूलाई चुनावमा भाग लिन लगाउनु अहिले देशको राष्ट्रिय आवश्यकता हो। संविधानसभाको चुनाव भएकाले सबै साना-ठूला दलले सहभागिता जनाउनु राम्रो हो।

४. सरकार र राजीतिक पार्टीरूले त्यसका लागि प्रयास गरिरहेका छन्। तर त्यो प्रयास परिणाममुखी हुन सकेको छैन। त्यसको लागि पनि राष्ट्रपति यादव केही अघि बढ्नुपर्ने स्थिति आउन सक्छ। यस्तो बेलामा राष्ट्रपतिको देशमा उपस्थित हुनु ज्यादै आवश्यक छ। उनको क्यान्सरको आशड्ढाले सबैलाई चिन्तित पारेको थियो।

५. यसैबीच बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरका केही डाक्टरहरूले राष्ट्रपति डा. रामवरण यादवले परीक्षणका लागि सिधै जापान जानुभन्दा आफ्नो अस्पतालमा परीक्षण गराइएको भए राम्रो हुने थियो भनी अभिव्यक्ति दिएका छन्। उनीहरूले त्यसरी जँचाइएको भए त्यत्ति धेरै खर्च लाग्ने थिएन समेत भनेका छन्।

६. भरतपुरका ती डाक्टरहरूको विचारलाई नकार्न सकिँदैन। कुरा ठीक हो। तर त्यसको दोष राष्ट्रपतिलाई दिनु के कति उचित हो सोच्नुपर्ने विषय हो। उनी एक जना विरामी भएको बेला डाक्टरको सरसल्लाहमा काम गर्नुलाई अन्यथा भन्न मिल्दैन। मेडिकल काउन्सिल आफैले विदेशको अत्याधुनिक अस्पतालमा पुर्‍याउनुपर्दछ भनी सिफारिस गरेकोलाई अन्यथा भन्न मिल्दैन।

७. त्यो जे भए पनि राष्ट्रपति डा. यादव एक किसिमले स्वस्थ भएर र्फकने भएका छन्। यो सबैका लागि खुशी र सन्तोषको विषय हो। उनी आफू स्वस्थ भएजस्तै देशलाई पनि स्वस्थ पारेर डोर्‍याउन समर्थ होउन्, यही हाम्रो कामना छ। हामी उनको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width