राजनीतिमा पुस्तान्तरणको बढ्दो आजाव

सम्पादक
मंसिर ७, २०७९

हामीले यस अघिको स्तम्भमा निर्वाचनमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको सदस्य पदका लािग उम्मेदवार भएका उम्मेदवारहरुको भाग्य मतदान गर्ने बासकमा बन्द भएको उल्लेख गरका थियौं । त्यसरी उम्मेदवारको भाग्य मतदान गर्ने बासमा बन्द हुनुको मतलब मतदान सम्पन्न हुनु हो । केही ठाउँको निर्वाचन विवादित भएको छ र त्यहाँ फेरि निर्वाचन हुन गइरहेको छ । त्यसबाहेक अन्य सम्पूर्ण ठाउँमा मतदान शान्तिपूर्वक भएको छ । मतदान सम्पन्न भएको ठाउँमा मतदान बाकस खोलिएको छ र मतपत्र गणना गर्ने काम भएको छ । मतदान बाकस खोलिनु र मतपत्र गणना हुनु, बाकसमा बन्द भएका उम्मेवारमध्ये सबभन्दा बढी मत ल्याउने उम्मेदवारको भागय चम्कनु हो । अर्थात् उनले आफू उम्मेदवार भएको पदमा जित्नु हो । त्यसरी जित्नेहरुको संख्या बढ्दै गएको छ ।

यो निर्वाचन प्रतिनिधि सभाको १ सय ६५ जनाको लािग प्रत्यक्ष रुपमा भएको थियो भने त्यसको दोब्बर प्रदेश सभाका सदस्य पदका लागि भएको हो । त्यसको साथै समानुपातिकको निर्वाचन पनि भएको छ । तर तिनीहरुको नामको घोषणा प्रत्यक्षतर्फको मत गणना सकिएपछि नै गरिने छ । पार्टीहरुले तिनीहरुको नाम निर्वाचन आयोगलार्ई बुझाइ सकेका छन् । त्यसैले भन्नु पर्दछ कि तिनीहरुको भाग्य अहिलेसम्म बन्द छ । समानुपातिक निर्वाचन प्रणाली हाम्रो संविधानको विशेषता हो । यो व्यवस्थाअन्तर्गत दलित, महिला, आदिवासी जनजाति, पिछडिएका वर्गलाई व्यवस्थापिकामा पुग्न केही सजिलो हुन्छ । राजनीतिक पार्टीले समानुपातिकमा जति मत ल्याउँछ, त्यसको हिसाबले दलित, महिला आदिको समावेशिताको आधारमा सदस्य तोकेर पठाउने गरिन्छ । यो प्रावधानले ती वर्गको उत्थानमा सहयोग पुगेको अनुभव गरिएको छ ।

यस पटकको चुनाव विगतको भन्दा केही भिन्न नारा र केही भिन्न किसिमले सम्पन्न भएको छ । पुराना पार्टी र पुराना नेताहरुबाट असन्तुष्ट भएर युवा पुस्ताका केहीले कतै छुट्टै संगठन खोलेर र कतै त्यही पुराना पार्टीमा बसेरै पनि चुनाव लडेका छन् । पुस्तान्तरणको आवाज यस पटक धेरै गुञ्जिरहेको छ । यो आवाजलाई सत्तामा बस्नेहरुले सुन्नु पर्दछ । यो असन्तोषको आवाज तिनीहरुका लागि खबरदारी पनि हो । अब हिजोका जस्तै गरी शासन र प्रशासन सञ्चालन गरियो भने तिनीहरुविरुद्धमा विद्रोह पनि हुन सक्दछ । त्यस्तो विद्रोहको स्थिति निम्त्याउनु हँुदैन । त्यसमा पुराना पुस्ताका नेताहरु बढी सजग र सतर्क हुनु पर्दछ र नयाँ पुस्ताका युवाहरुले पनि अुनभव हासिल गर्दै आफ्नो स्थान सुरक्षित राख्दै अघि बढ्नु पर्दछ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width