युवा सभासद्को निर्णय

सम्पादक
पौष १८, २०७१

१. युवा सभासद्हरूले माघ ८ गतेभित्र नै संविधान जारी गर्नका लागि दबाब दिने समाचार बाहिर आएको छ। ती युवा सभासद्हरूले प्रधानमन्त्री सुशील कोइरालाले पनि माघ ८ मा संविधान आउन गाह्रो पर्ने आशय व्यक्त गरेपछि दबाब दिने निर्णय गरेका हुन्। उनीहरुले आवश्यक परे संसद्भित्र अनसन समेत बस्ने निर्णय गरेका छन्।

२. युवाहरू त्यसरी बैठक बसेर निर्णय गर्नु ठूलो कुरा हो। तर युवाहरूको त्यो बैठकमा केकति पार्टीका युवाहरू थिए र भोलि दबाब दिनैपर्ने अवस्था आएमा के कति व्यवहारमा उत्रन्छन्, त्यो हेर्न बाँकी छ। त्यसमा पनि ती युवाहरूले अन्य पार्टीका युवाहरूलाई पनि त्यस कुरामा सहमत गर्नुपर्दछ।

३. कतिपय पार्टीका युवाहरू त्यत्ति स्वतन्त्र र सशक्त छैनन्। उनीहरू आफ्ना शीर्ष नेताहरूको आशयविपरीत चल्न सक्दैनन्। उनीहरूमध्ये कतिपयलाई अनुशासनको जञ्जीरले तान्छन् भने कोही भोलि आफ्नो रिर्कर्ड बिग्रिएला कि भनी हिचकिचिने गर्दछन्। कोही चाकडी र चाप्लुसी स्भावका पनि हुन्छन्।

४. नयाँ पुस्ताका यस्तै यस्तै स्वभावका कारण शीर्ष नेताहरूले पार्टीका एक छत्र साम्रज्य काममा गरिराखेका छन्। हामी अरु क्षेत्रमा सिण्डिकेटको विरोध गर्दछौँ। तर राजनीतिमा त्यही बुढा नेताहरूको सिण्डिकेटका अनुयायी बनिरहेका छौँ। अहिले राजनीतिमा तीन दलको सिण्डिकेट चलिरहेछ।

५. बाहिर सिण्डिकेट प्रथाको विरोध गर्नेहरू भित्र आफै सिण्डिकेट प्रथाअन्तर्गत सञ्चालित भइरहेकामा पनि केही भन्न सक्ने स्थितिमा छैनन्। त्यो सिण्डिकेटले राम्रो गर्न सकेको भए कुरा अकै हुन्थ्यो, तर त्यसले समयमा संविधान दिन सक्दैन भन्ने कुरा प्रष्ट हुँदैछ। हिजो चार वर्ष उनीहरूले त्यसै विस्तारै बिताए भने अहिलेको महत्त्वपूर्ण एक वर्ष पनि खेर फल्दैछन्।

६. वास्तवमा नेताहरूले सहमति चाहेको भए सहमति जुटाउन त्यक्ति गाह्रो देखिँदैन। जनतामार्फत नेपाली काङ्ग्रेस र एमालेलाई जिताएर पठाएका छन्। मानौँ, जनताले उनीहरूको सिण्डिकेटको अनुमोदन गरेका छन्। यो प्रजातान्त्रिक र औपचारिक कुरा हो। सङ्घीयता र शासकीय स्वरुपमा यस्तै गर्नुपर्दछ भन्नुभन्दा यताउता र थपघट गरेर सहमति गरेमा पनि जनता स्वीकार्न तैयार छन्।

७. सात प्रान्तको ठाउँमा ८/९ भएमा पनि के ब्रि्रन्छ – त्यस्तै १० को ठाउँमा ७/८ भएमा पनि के ब्रि्रन्छ – उता शासकीय स्वरुपमा शासन विधिले केही फर त पार्ला, अवश्य। तर त्योभन्दा ठूलो नेताहरूको नियत, कार्यकुशलता र नेतृत्वको खुबीको कुरा हो। विरोधको लागि विरोध गर्ने प्रवृत्तिको कुरा हो। ती कुराहरू नेताहरूले आफै भित्रबाट सुधार्नुपर्ने कुरा हो। आफू सुध्रन नसक्ने, अरुलाई मात्र दोष दिने प्रवृत्तिले देश ब्रि्रँदै गएको हो। सकारात्मक सोँच बनायो भने केही हुन्छ। यी सबै नभएर युवा सदस्यहरू जुर्मुराएका हुन्। तिनीहरू के कति जुर्मुराउँछन् र उनीहरूको दबाब के कति प्रभावकारी हुन्छ, त्यो भने हेर्न बाँकी छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

Recent Posts