महिलाका लागि ५० प्रतिशत माग

सम्पादक
श्रावण २६, २०७९

सरकारले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने घोषणा गर्नासाथ देश चुनावको माहोलमा प्रवेश गरेको छ । राजनीतिक नेताहरु चुनावको जोड घटाउमा व्यस्त छन् । जताततै चुनावको चर्चा भइरहेको बेला संसदमा रहेका अग्रज महिलाहरुले सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै सबै तहमा ५० प्रतिशत महिला हुनुपर्ने प्रस्ताव गरेपछि त्यो प्रस्ताव चर्चाको विषय भएको छ । तिनीहरुले प्रत्यक्ष चुनावमा पनि ५० प्रतिशत महिला उम्मेदवार बनाउन आग्रह गरेका छन् । अहिलेसम्म अधिकांश महिलाहरु समानुपातिक र समावेशीबाट संसदमा पुग्ने गरेकोमा तिनीहरुले प्रत्यक्ष चुनाव लडेर व्यवस्थापिकामा जाने विचार गरेका छन् ।

नेपालको ऐतिहासिक जनआन्दोलनमा महिलाको भूमिका महत्वपूर्ण थियो । तिनीहरुले पुरुषको हातमा हात मिलाएर अर्थात् हातेमालो गरेर आन्दोलन गरेका थिए । आन्दोलनमा तिनीहरुले आफ्नो पराक्रम र पुरुषार्थ देखाएर सबैको प्रशंसा पाएका थिए । तर आन्दोलनपश्चात् नेताहरुले महिलालाई समान हक अधिकार दिन कञ्जुस्याइँ गरे । संविधानमा समान अधिकार भनिए तापनि महिलालाई तिनीहरुले आधा आकाश ढाकेका महिलाहरु भनेर पद र अवसर दिएनन् । संविधानले तोकेको स्थानबाहेक अन्यत्र महिलाको संख्या देखिएन । ३३ प्रतिशत महिला भन्ने गरिए पनि पार्टीका समितिदेखि केन्द्रीय समिति आदिमा ३३ प्रतिशत पनि महिलालाई स्थान दिइएन । मन्त्रिपरिषद् गठन गर्दादेखि अन्य निकायमा मनोनित÷नियुक्ति गर्दा पनि महिलालाई आवश्यक स्थान दिनुपर्दछ भन्ने ख्याल गरिएन । यस्तो निकाय आदिमा महिलाको संख्या घट्दै गएको छ ।

महिलाहरु एक भएर आवाज उठाउँदा त्यो आवाज सुन्ने गरिन्थ्यो । संविधान सभा भएको बेला सबै राजनीतिक पार्टीका अग्रज महिलाहरु एक भएका थिए । तिनीहरु सबैको एक स्वर हुन्थ्यो । जसको कारण ३३ प्रतिशत महिलाहरु हुुनुपर्ने प्रावधान बन्यो । त्यो संख्या बढ्दै जानुपर्नेमा अधिकांश स्थानमा घट्दै गयो । महिला बिनाको समिति पनि धेरै बने । ती सबै कुरा अग्रज महिलालाई सह्य भएको थिएन । पुरुषप्रधान समाजले अहिले पनि महिलालाई अबला सम्झने, अयोग्य सम्झने, महिलाले गर्न सक्ला र? भन्ने प्रश्न गरेको सुनिन्छ । तर कतिपय काम महिलाले भन्दा पुरुषले राम्ररी गरेका छन् । इमानदारितापूर्वक गरेका छन् । यसको मूल्यांकन राम्ररी भएको छैन । यी सबै भोगेका र व्यहोरेका महिलाहरु अब चुप लागेर बस्न हुँदैन भनेर जुर्मुराएको छ । तिनीहरुलाई सबै तहमा ५० प्रतिशत सिट मागेका छन् । संसदमा विधिवत् प्रस्ताव पेस भएको छ । संसदले के निचोड निकाल्छ, त्यो कुरा २÷४ दिन पछि देखिनेछ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width