१. घुमीफिरी फेरि बुद्ध जयन्ती आएको छ। यसपटकको २५५७ औं बुद्धजयन्तीको उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रम शनिबार प्रारम्भ भएको छ। सञ्चारमाध्यममा भगवान बुद्ध र बुद्ध धर्मका सम्बन्धमा चर्चा परिचर्चा थालेका छन्। मैत्री, अहिंसा र शान्तिमा आधारित धर्मको उपादेयता सम्बन्धमा लेख, प्रवचन र धर्मदेशना प्रारम्भ भएको छ।
२. पोखरामा बुद्ध जयन्ती समारोह समितिको संयोजनमा सप्ताहव्यापी कार्यक्रम प्रारम्भ भएको छ। शनिबार पहिलो दिन युवा बौद्ध सङ्घको आयोजनामा धेछेलिङ गुम्बाबाट विश्वशान्ति स्तूपासम्म शुभारम्भ र्याली भएको छ भने बालमन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविर भएको थियो। शिविरमा औषधि निःशुल्क वितरण गरिएको थियो।
३. त्यस्तै बौद्ध उपासिका सङ्घले मोहरियाटोलस्थित धर्मसङ्घ बुद्धविहार परिसरमा सरसफाइ कार्यक्रम गरेको थियो भने बौद्ध अघौर्ं सदनले सदन परिसरमा म्हणी घुङग्युर पूजा प्रारम्भ गरेको छ, त्यस्तै गरी विभिन्न बौद्ध सङ्घसंस्थाले प्रत्येक दिन बेग्लाबेग्लै कार्यक्रम राखी सप्ताहव्यापी बुद्ध पूजा सम्पन्न गर्दैछन।
४. बुद्ध जयन्ती विश्वभर मनाउने गरिन्छ। संयुक्त राष्ट्र सङ्घले पनि यो दिवस मनाउन आफ्ना स्टाफहरूलाई बिदा दिने गरेको छ। राष्ट्र सङ्घले समेत यो दिवस मान्न त्यसरी प्रेरित गर्नु नेपाल र नेपालीका लागि ठूलो कुरा हो। त्यसबाट नेपालीको मान, सम्मान र प्रतिष्ठामा वृद्धि भएको अनुभूत भएको छ।
५. भगवान बुद्ध र बुद्ध धर्मको विश्वमा नै त्यस्तो सकारात्मक प्रभाव परेको छ तापनि यस धर्मबारे अझै केही भ्रम धारणा छन्। कोही यसको स्वतन्त्र अस्तित्वमाथि प्रश्न गर्न खोज्छन् भने भारतका उत्तरप्रदेशका केही विद्वानले बुद्धको जन्मस्थल लुम्बिनी र उनको आफ्नो युवावस्थाका २९ वर्ष बिताएको ठाउँ कपिलवस्तुका सम्बन्धमा विवाद उठाउने गरेका छन्।
६. लुम्बिनी र कपिलवस्तु हाम्रा हुन् भन्ने धेरै प्रमाण छन्। लुम्बिनीमा अशोक स्तम्भ छ। युनेस्कोले बुद्धको जन्मस्थल भनेर लुम्बिनीलाई विश्व सम्पदा सूचीमा समावेश गरेको छ। स्वयं राष्ट्र सङ्घले लुम्बिनीको विकासको गुरुयोजना बनाउन लगाई विगत ४० वर्षदेखि त्यसको विकासमा सघाइरहेको छ। त्यस्तै कपिलवस्तुमा पनि थुप्रै प्रमाण छन्। राजा शुद्धोदनको दरबार भग्नावशेष हाम्रै तिलौराकोटमा छ। भारतका वरिष्ठ पुरातत्त्ववेत्तालगायतका विशेषज्ञहरूको रिपोर्टले पनि तिलौराकोट नै प्रचीन कपिलवस्तु भनी प्रमाणित गरेको छ।
७. हामीसँग एउटा कुराको अभाव छ, त्यो हो-सरकारी दृष्टि। सरकारले बौद्ध स्थलहरूमा ध्यान दिएको छैन। तिलौराकोटको भग्नावशेष स्थलहरू बेवारिसे अवस्थामा छन्। त्यहाँका पुरातात्त्विक सामग्री हराउँदै, नष्ट हुँदै गएका छन्। साथै जनताले पनि बुद्ध र बौद्ध स्थलहरूलाई आफ्नै भनेर आत्मसाथ गर्नुर्पर्दछ र तिनीहरूको संरक्षण र सर्म्बर्द्धन के कसरी गर्ने त्यसमा सबैले चासो राख्नुपर्दछ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१