पोखरा उत्कृष्ट सफा सुग्घर सहर

सम्पादक
जेठ २३, २०७०

१. पोखरा उप-महानगरपालिका उत्कृष्ट सफा सुग्घर सहर-२०७० घोषित भई सम्मानित भएको छ। विश्व वातावरण दिवसका अवसरमा सहरी विकास मन्त्रालय, फोहोर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले राजधानीमा आयोजित कार्यक्रममा पोखरा उप-महानगरपालिकालाई सो सम्मान गरिएको हो। पोउमनपाका कार्यकारी अधिकृत झलकराम अधिकारीले सो सम्मान ग्रहण गरेका थिए।

२. पोखरा उप-महानगरपालिका उत्कृष्ट सफा सुग्घर सहर २०७० बाट त्यसरी सम्मानित हुनु सम्पूर्ण पोखरेलीका लागि खुशीको कुरा हो। यो सम्मानले पोखरालाई अरु सफा सुग्घर राख्न हौसला प्रदान गरेको छ। सिङ्गो सहरलाई सफा सुग्घर राख्ने कुरा एक जना र एक संस्थाले मात्र गरेर हुँदैन। यसमा सामूहिक प्रयासको नितान्त आवश्यक पर्दछ।

३.     पोखरामा केही क्लब र सङ्घसंस्थाले पर्यटकीय नगरी पोखरालाई सफा सुग्घर राख्न निकै प्रयास गरेका छन्। सङ्घसंस्थाहरूले बेला-मौकामा टोल र छरछिमेकमा सफा सुग्घर गरिरहेका देखिन्छन् कहिँकतै कसिङ्गरदानी राखेका पनि देखिन्छन्। तरकसि·रदानी धेरै ठाउँमा छैनन् र राखेको ठाउँबाट पनि हराउने गरेका छन्।

४. सफा सुग्घरसम्बन्धी कुरा गर्दा निरन्तरता ठूलो कुरा हुन्छ। यो एकदिन गरेर हुने होइन र क्लब र सङ्घसंस्थाले सधैँ गरिरहन पनि सक्दैनन्। तिनीहरूले मुख्यतया चेतना र जागरण ल्याउन सघाउ पुर्‍याउने हो। मुख्य गर्नुपर्ने नगरपालिकाले हो र त्यसले गरिराखेको छ। जसको परिणाम यो सम्मान प्राप्त भएको छ।

५. पोखरामा प्लाष्टिकको कालो झोलामा प्रतिबन्ध लगाएपछि सडक सफा राख्न केही सहयोग पुगेको हो। दिसामुक्त क्षेत्र घोषणा गरिएपछि अरु सकारात्मक प्रभाव परेको छ। पोउमनपाले फुटपाथलाई निषेधित क्षेत्र घोषणा गरी त्यहाँ व्यापार व्यवसाय गर्न नदिएपछि बजार खुल्ला र राम्रो देखिन थालेको छ।

६. पोउमनपाका सफा सुग्घरको क्षेत्रमा काम गर्ने कुचीकारदेखि विभागीय प्रमुखहरू तथा बाहिरका त्यस क्षेत्रमा काम गर्ने सबैको प्रयासस्वरुप बजार सफासुग्घर देखिएको हो र यो सम्मान प्राप्त भएको हो। त्यसको लागि त्यस क्षेत्रमा काम गर्ने सबै बधाईका मात्र छन्। तर यही नै पूरा हो भनेर सोच्नु हुँदैन। अझ प्रयास गर्नुपर्दछ र निरन्तर गरिरहनुपर्दछ।

७. सोचेर खाऔं, खाना खेर नफालौं : वातावरण जोगाऔं भन्ने मूल नाराका साथ मनाइएको वातावरण दिवसमा त्यो सम्मान प्राप्त भएकाले त्यस नारालाई पनि एक छिन हृदयङ्गम गर्नु आवश्यक छ। हाम्रो वातावरण स्वच्छ र सफा राख्न त्यसले महत्त्वपूर्ण भूमिका खेल्न सक्दछ। हाम्रो दैनिक जनजीवनमा पनि त्यसलाई अपनाएर हामीले वातावरण सफा स्वच्छ राख्न सघाउन पुर्‍याउनुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width