परीक्षा स्थगित गर्नु लज्जाजनक

सम्पादक
चैत्र १८, २०७५

१. सरकारको काम कुरामा अनियमितता र बेथितिबढ्दै गएकोे बेला फेरि अर्को बेथिति थपिएको छ। अहिलेको वेथिति हो – माध्यमिक शिक्षा परीक्षा (एसईई) मा भएको गैर जिम्मेवारपना। कुरा गर्दा कर्मचारी देखि शिक्षामन्त्री सम्मले सबैले आ–आफ्नो जिम्मेवारी पूर्णरूपले पालना गरेको बताउँछन्। तर व्यवहार त्यसको ठीक उल्टो देखिन्छ।

२. एस.ई.ई. परीक्षामा पहिलेको एस.एल.सी.मा झैँ चीटचोर्ने, चोराउने र अकोर्को नाममा परीक्षा दिन्छन् भन्ने कुरा व्यापक रूपमा सुन्ने गरिन्छ तर त्यसरी चीटचोर्नु र चोराउनेलाई त्यसरी कडाई गरिँदैनथ्यो। त्यो साधारणजस्तै भएको थियो। परीक्षामा गार्ड बस्नेहरू शान्तिपूर्वक परीक्षा सम्पन्न गराउने ध्यानमा मात्र लागेका हुन्छन्।

३. तर यस पटकको एस.ई.ई परीक्षा सुरु देखि नै आलोच्य रÞयो। परीक्षार्थीहरूले परीक्षा– पत्र नै गलत भएको शिकायत गरे। परीक्षापत्रमा एक पछि अर्को गल्ती देखियो। तर सरकारले त्यसलाई गम्भीर किसिमले लिएन। परीक्षा बोर्डका अधिकारीहरूले उत्तर पुस्तिका जाँच्ने बेलामा त्यो गल्ती मिलाएर जाँचिने र त्यसको आधारमा परीक्षार्थीहरूलाई फेल नबनाउने बताएकाछन्।

४. त्यसरी प्रश्नपत्रहरू एकपछि अर्को गल्ती देखिँदा पनि सरकार मौन बसेको थियो। प्रदेश नम्बर २ मा भने प्रश्नपत्र छाप्नेहरूको मात्र दोष नभई परीक्षा हुनुभन्दा पहिले प्रश्नपत्र आउट भयो। प्रश्नपत्र यत्ति छरपष्टभएर आउटभयो कि सरकारले परीक्षा नै स्थगित गर्नु पर्यो। सरकारले आकस्िमक रूपले २ नम्बर प्रदेशमा परीक्षा स्थगित गरेको छ।

५. सरकारले त्यसरी परीक्षा अकस्मात स्थगित गरेपछि परीक्षार्थीहरू मर्कामा परेका छन्। मर्कामा परेका परीक्षार्थीहरू सडकमा उत्रेर नाराबाजी गरिरहेका छन्। उनीहरू दोषीमाथि कार्बाहीको माग गरिरहेका छन् र दोषी को हो भन्ने कुरा यकिन भएको छैन।

६. सरकारले त्यसको छानविनगर्ने आश्वासन दिएको छ। तर आन्दोलनमा उत्रेका विद्यार्थीहरू त्यसै चुपलागेर बस्ने अवस्थामा छैनन्। एकातिरको स्थिति त्यस्तो छ भने अकोर्तिर संघीय सरकार र प्रदेश सरकारका बीच असमझदारी सिर्जना भएको छ र तिनीहरू एकले अकोर्लाई दोष दिँदैछन्, आरोप लगाउँदैछ न्।

७. सरकारमा बस्ने मन्त्रीहरू भाषणमात्र गर्दछन्, उनीहरूको प्रशासनमा पहुँच पुग्दैन भन्ने जुन कुरा बाहिर आएको छ, यो घटनाले त्यो सिद्ध गरेको छ। प्रशासनमा बस्नेहरूले आफ्ना विभागीय मन्त्रीका सामु ओठे भक्ति देखाए पुग्ने भएको छ। त्यसमा पनि सैद्धान्तिक रूपमा त्यो कर्मचारी आफ्नो सिद्धान्तको निकट भए त्यसले जे जस्तो गल्ती गरे पनि त्यो क्षम्य हुन्छ। यस्तो नहुँदो हो त एस.ई.ई. बोर्डका पदाधिकारीहरू यतिञ्जेल कार्वाहीमा परिसक्थे। परीक्षा स्थगित गर्नु लज्जाजनक कुरा हो तर यो सरकारले त्यो लज्जाबोध गरेको पाइँदैन। दुःखको कुरा यो हो।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width