नयाँ संरचना नयाँ उत्साह

सम्पादक
चैत्र ३, २०७३

१. सरकारले देशभरका स्थानीय तहको नाम र संरचनामा व्यापक परिवर्तन गरेको छ। सरकारले गाउँ विकास समितिलाई गाउँपालिका नामाकरण गरेको छ भने जिल्ला विकास समितिलाई जिल्ला विकास समन्वय समितिमा परिणत गरेको छ। परिवर्तित संरचनाअनुसार देशभरका स्थानीय तहको संख्या सात सय ४४ पुगेको छ।

२. घोषित संरचनाअनुसार देशमा अब चार महानगरपालिका, १३ उप-महानगरपालिका, दुर्इ सय ४६ नगरपालिका तथा चार सय ८१ गाउँपालिका रहेका छन्। पहिले काठमाडौं एकमात्र महानगरपालिका भएकोमा अहिले स्तरवृद्धि गरी ललितपुर, भरतपुर र पोखरा लेखनाथ महानगरपालिका बनाइएको छ।

३. ललितपुर र चितवन उपमहानगरपालिकाको त्यही नाममा स्तरवृद्धि गरिएको छ भने पोखरा उपमहानगरपालिकाको नाममा लेखनाथ थपेर पोखरा लेखनाथ महानगरपालिका बनाइएको छ। लेखनाथ शब्द जोडिएकोमा धेरैले असहज, अप्ठ्यारो मानेर त्यसमा असन्तोष व्यक्त गरेका छन्। त्यसरी असन्तोष मान्नेहरुले लेखनाथलाई अर्कै किसिमले स्थापित गर्न सकिने विचार व्यक्त गरेका छन्।

३. ललितपुर र चितवन उपमहानगरपालिकाको त्यही नाममा स्तरवृद्धि गरिएको छ भने पोखरा उपमहानगरपालिकाको नाममा लेखनाथ थपेर पोखरा लेखनाथ महानगरपालिका बनाइएको छ। लेखनाथ शब्द जोडिएकोमा धेरैले असहज, अप्ठ्यारो मानेर त्यसमा असन्तोष व्यक्त गरेका छन्। त्यसरी असन्तोष मान्नेले लेखनाथलाई अर्कै किसिमले स्थापित गर्न सकिने विचार व्यक्त गरेका छन्।

४. स्थानीय तहको घोषणाले स्थानीय स्तरमा निःसन्देह परिवर्तनको संकेत दिएको छ। मानिसमा नयाँ जिज्ञासा देखिएको छ। तैपनि कही कतै यताको ठाउँ उता पारिदिन असन्तोष देखिएको छ। कतै त आन्दोलनको रुप पनि लिएको छ। यस्ता परिवर्तन र सीमांकन स्थानीय जनताको माग र चाहनाअनुरुप हुनुपर्नेमा कही कतै विपरीत किसिमले भएको शिकायत छ।

५. स्थानीय तहको नाम परिवर्तन भएको छ, संरचना परिवर्तन भएको छ र अधिकार थप पनि भएको छ। त्यसअनुसार गुणस्तरमा सुधार हुनु पहिलो आवश्यकता हो। हाम्रो शिक्षा क्षेत्रमा धेरै पटक धेरै नाम फेरिएको छ। संरचना फेरिएको छ, तर गुणस्तरमा परिवर्तन नआएको त्यसै क्षेत्रमा लागेकाले बताउने गरेका छन्। यसमा यस्तो नहोस्, यी कुरामा हामी सजग र सर्तर्क हुनुपर्दछ।

६. परिवर्तनको आभास दिने त्यसै क्षेत्रमा लागेका मानिसहरुले हो। उनीहरुको बोली र व्यवहारले हो । प्रवृत्तिले हो। काम गर्ने शैलीले हो। यो परिवर्तन ठीक समयमा भएको छ। यो बीचमा पुराना कुरा सब ठीकठाक पारेर नयाँ जनप्रतिनिधि आउँदा सबै कुरा नयाँ किसिमबाट प्रारम्भ गर्न सकियो भने सेवाग्राहीले साँचो र वास्तविक परिवर्तनको आभास पाउन सक्ने छन्।

७. सिंहदरबारको अधिकार विधिवत् स्थानीय तहमा प्रत्यायोजन भएको छ। लोकतन्त्रमा हुने विकेन्द्रिकरण अहिले हुन गइरहेको छ। यसले लोकतन्त्रलाई सुदृढ गर्ने छ। तर यसमा काम गर्नेहरुको भावना र विचार पनि त्यस्तै हुनुपर्दछ । लोभ र पापतिर मन लैजानु भएन। स्वार्थमा अलमलिनु भएन। देश बनाउने यही बेला हो भनेर इमान्दारिता र दक्षतापूर्वक काम कुरा गरियो भने देश परिवर्तन हुन धेरै समय लाग्ने छैन। साथै स्थानीय जनताले पनि स्थानीय कार्यालयलाई आफ्नै सम्झेर सहयोग गर्नुपर्दछ। एकापसको सहयोग र सद्भावले वातावरण बनाउँछ र वातावरण बनेपछि निर्दिष्ट लक्ष्यमा पुग्न धेरै समय लाग्दैन।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width