जेठको महिमा

सम्पादक
जेठ ४, २०७५

१. जेठ महिना शुरु भएको छ। यो जेठ महिना विक्रम सम्वतको पहिलो महिना वैशाख पछिको दोस्रो महिना हो भने नेपालको आर्थिक वर्षको आखिरी महिना आषाढ भन्दा अघिल्लो महिना हो। त्यसैले यसको महत्व छ। यसको महत्व बढ्दै पनि गएको छ।

२. जेठ महिनामा हाम्रो विकास निर्माणको कामले गति लिन थाल्दछ। ठेकेदारहरुले आफ्नो कामको गति बढाउन थालेपछि उद्योगी व्यापारी श्रमिक मजदुरहरुको हातमा पैसा आउन थाल्दछ। अर्थात् आर्थिक गतिविधि बढ्छ। मौकाको ताकमा बसिरहेका व्यापारीहरुले यस बेला आफ्ना माल सामानको भाउ बढाउन थाल्दछन्।

३. केही वर्षदेखि अर्थमन्त्रीले बजेट पनि यही महिनामा पेश गर्न थालेका छन्। अर्थमन्त्रीले बजेट पेश गर्दा के के कुरामा भन्सार बढाउँछन्, अन्तःशुल्क बढाउँछन्, ती कुरालाई नियालिरहने एक वर्ग पनि छ। यो कुरा यताउताबाट थाहा पाएर जमाखोर नाफा खोरहरुले मौकाको फाइदा उठाउने महिना पनि यही हो।

४. आर्थिक रुपले मात्र होइन, राजनीतिक रुपले पनि यसको महत्व छ। नेपालको इतिहासमा २४० वर्ष सम्म आसन जमाएर बसेको राजतन्त्रको अन्त भई गणतन्त्र स्थापना भएको महिना पनि जेठ हो। नेपालीहरुले हषोर्ल्लासका साथ यही महिनामा गणतन्त्र दिवस मान्ने गरेका छन्। सर्वसाधरण नागरिक राज्यप्रमुख हुन पाउनु जनताको लागि ठूलो अवसर हो।

५. प्राकृतिक हिसाबले जेठको आफ्नै महिमा छ। प्रकृतिमा धेरै परिवर्तन देखिन थालेको छ। यसले झरी बादलका दिनहरु निम्त्याएको छ। हुरी बतास र आँधीबेहरीका समाचारहरु आउन थालेका छन्। यसले गरीब निर्धा निमुखाको लागि आपद्-विपद् थप गरेको छ। यसले धनजनको क्षति गर्न शुरु गर्दैछ।

६. यस पटक धार्मिक दृष्टिबाट पनि यसको महत्व बढेको अनुभव गरिएको छ। हिन्दू धर्मावलम्बीहरुको गतिविधि बढेको छ। नेपालमा शंकराचार्यको आगमन भएको छ। बौद्धहरुले पोखरामा महापरित्राणको आयोजना गरेका छन्। पोखराको इतिहासमा यो तेस्रो महापरित्राण हो। महापरित्राण बौद्धहरुको ठूलो धार्मिक अनुष्ठान हो।

७. जेठ महिना आफै आदि पनि होइन, अन्त पनि होइन। तैपनि यसको आफ्नै महत्व छ। यसले राम्रा नराम्रा हरेक कामकुरामा गति थप्ने गर्दछ। विकास निर्माण कार्यको गति पनि बढ्दै जान्छ भने झरी वर्षा पनि अब अरु बढ्दै जानेछ। यो कुरा सबैलाई थाहा छ। तैपनि यसबाट उत्पन्न हुने हानी नोक्सानी रोक्न हाम्रा सम्बद्ध पक्ष तैयार भएको देखिँदैन।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width