१. नेपाली काङ्ग्रेस जिल्ला सभापतिहरुको भेला हेटौडामा भइरहेको छ। जिल्ला सभापतिहरुको यो एक भेला हो तापनि राजनीतिक दृष्टिले यसको महत्व छ। चुनावमा पार्टीको लज्जाजनक पराजय पछिको यो ठूलो भेला हो। यसमा चुनावमा पराजयको कारण र पार्टीबा विद्यमान गुटबन्दीको अवस्थाको विस्तृत चर्चा गरी आगामी बाटो पहिल्याउने अपेक्षा गरिएको छ।
२. चुनावमा पार्टीस्थानीय तहदेखि केन्द्रसम्म सबैमा नराम्ररी पराजित भयो। तर यो पराजयको जिम्मेवारी लिन कोही पनि तयार छैनन्। त्यसका नेताहरु र कार्यकर्ताहरुले एकले अकोर्लाई जिम्मेवार ठहर्याउने प्रयास गरिरहेका छन्। कार्यकर्ताहरुले जिल्लाका नेतृत्वलाई देखाउने गर्दछन् भने जिल्लाका नेतृत्वले केन्द्रीय नेताहरुलाई देखाउने गर्दै आएका छन्।
३. सम्यक र निष्पक्ष विचार गरेर अभिव्यक्ति दिनेहरुको सर्वथा अभाव देखिएको छ। मति ब्रि्रेपछि के कस्तो हुन्छ भन्ने यो एक उदाहरण भएको छ। काँग्रेसमा कृष्णप्रसाद भट्टराईलाई हराउन अन्तर्घाा गरिएको हो। त्यो अन्तर्घााको वृक्ष झ्याँगिदै अहिले ठूलो भएको हो। जसको परिणाम आज सबैले भोग्नु परिरहेछ।
४. काँग्रेसको गुटबन्दीले यस्तो अविवेकी अवस्थाको पनि सिर्जना गर्यो कि सवोर्च्च नेता गणेशमान सिंह जिल्ला भ्रमणमा आउँदा उनले जे पायो त्यही बोल्छन् अर्थात् आफ्नो पक्षको विपरीत बोल्छन् भनी उनको लागि मञ्च समेत तयार गरिदिएनन्। मानौं उनी काँग्रेसका हित चिताउने नेता नै होइनन् जस्तो व्यवहार गरिएको थियो।
५. आफ्ना विपक्षी गूटका त्यागी, कर्मठ एवम् योग्य व्यक्तिहरुलाई सकेसम्म वडाबाटै हराउने, वडाबाट माथि आए नगरबाट, नगरबाट माथि आए जिल्लाबाट हराउने र कतै पार्टीको अनुशासन भ· गरेको भनेर पार्टीबाटै निष्काशन गर्ने सम्मको प्रयास गरियो। जसको परिणाम पुराना योग्य व्यक्तिहरु अधिकांश त किनारा लागे।
६. ती सबैको परिणाम पार्टीको यस्तो दुर्दशा भएको हो। नेताहरुले आफ्ना नातेदार र गूटका बाहेक अरुलाई देखेनन्। निष्पक्ष र विवेकवान हुनुपर्ने नेतृत्वले यति सानो घेरामा आफूलाई सीमित गरे। काङ्ग्रेसको इतिहास भुले। वी.पी.को विचार भुले। सिद्धान्त र आदर्श हराउँदै गए। पार्टीसानो जमातको संगठन बन्यो।
७. उम्मेदवारहरुले पार्टीबाट अपेक्षित सहयोग पाएनन्। कतिपय उम्मेदवारहरु आफ्नै बलबुताबाट चुनाव लडे। तर आज यी सबै कुरा इतिहास भएको छ। इतिहासलाई सम्झेर अगाडिको बाटो तताउनु पर्दछ। गुटबन्दीको भावनाको अन्त गरिनु पर्दछ। नेतृत्व उदार हुनुपर्दछ। उदार भएर कसैलाई अङ्गाल्यो भने जो पनि आफ्नो हुन्छ। काँग्रेसका जिल्ला सभापतिहरुको भेलाले किंचित मात्र बाटो पहिल्याउन सक्यो भने त्यो पार्टीको लागि ठूलो कुरा हुनेछ। त्यसले उत्साह जगाउने छ। एकताको भावना उमार्ने छ र काँग्रेस फेरि जीवन्त पार्टीको रुपमा प्रस्फुटित हुनेछ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१