चुनावका लागि सकारात्मक वातावरण

सम्पादक
वैशाख २०, २०७४

१. हिजो मंगलबार उम्मेदवारहरुले वैशाख ३१ गतेको निर्वाचनका लागि आ-आफ्नो उम्मेदवारी दर्ता गरेका छन्। उम्मेदवारको दर्ता प्रक्रिया उत्साहसाथ भएको छ। यसको साथ अब ३१ गते निर्वाचन हुन्छ कि हुँदैन भन्ने आशंका हटेको छ। निर्वाचन हुने निश्चय भएको छ।

२. हिजो एकपछि अको अन्यौल सिर्जना गर्ने वातावरण बन्दै थियो र त्यसले गर्दा चुनाव हुन्छ कि हुँदैन भन्ने शंका छाएको थियो। ती मध्ये केही बाधा अवरोध अहिले पनि छ। तर चुनाव हुनुपर्दछ भन्ने सशक्त जनमत अगाडि अन्यौल सिर्जना गर्नेहरुको काम प्रभावहीन हुँदै गएको छ।

३. चुनावप्रति मधेसी मोर्चाको दृष्टिकोण पनि सकारात्मक भएको छ। त्यसले भने अनुसार संविधान संशोधन भएको छैन। संविधान संशोधन हुन अझै केही दिन प्रतीक्षा गर्नुपर्ने भएको छ। तैपनि त्यसले लचिलो दृष्टि अपनाउनु राष्ट्रिय राजनीतिका लागि सकारात्मक कुरा भएको छ।

४. राष्ट्रिय राजनीति पार्टीरुले आ-आफ्ना उम्मेदवारहरु मार्फत उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन आयोगमा जति धेरै दल दर्ता भएका छन्, त्यत्ति धेरै दर्ता प्रक्रियामा आफ्नो उपस्थिति जनाएका छैनन्। केही साना दलले कतै मेयर र अध्यक्षमा त कतै सानो पदमा मात्र आफ्नो उपस्थिति देखाएका छन्।

५. यस पटक तालमेल गरेर उम्मेदवार बनाउने प्रयास निकै धेरै भए। कतिपयले केन्द्रीय स्तरमा नै तालमेल गरेर उम्मेदवारी दिएका छन्। केहीले स्थानीय स्तरमा तालमेल गरेका छन्। केही ठाउँमा बलियो उम्मेदवारको विरुद्धमा साना पार्टीरु एक भएको पनि देखिएको छ।

६. साना पार्टीरु एक हुन्छन् भने यसलाई बुझ्न सकिन्छ। तर कतै ठूला पार्टीरुले पनि त्यस्तै रणनीति बनाएका छन्। काँग्रेस बलियो भएको ठाउँमा एमाले र माओवादी मिल्ने र एमाले बलियो भएको ठाउँमा काँग्रेस र माओवादीले आपसमा तालमेल गर्न खोजेको पनि देखिएको छ।

७. चुनाव हो, चुनावमा अनेक किसिमको तालमेल हुनसक्छ। रणनीति अख्तियार गर्न सक्छ। गठबन्धन सरकारको अभ्यासले राजनीतिक पार्टीरुमा छुत र अछुतको भेदभाव हराउँदै गएको छ। कोरा सिद्धान्तभन्दा व्यवहार हेर्ने र व्यवहारवादी हुने प्रवृत्ति बढ्दो राजनीतिमा देखा परेको छ। यो प्रवृत्तिले राष्ट्रिय राजनीतिमा सकारात्मक प्रभाव पार्ने देखिएको छ। चुनाव हुन्छ भन्ने भावना जागृत भएको छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

Recent Posts

भर्खरै