चिकित्सकको सुरक्षाको कुरा

सम्पादक
फागुन २७, २०७६

१. कोरोना भाइरसको संक्रमणका सम्बन्धमा चर्चा परिचर्चा भइरहेको छ । त्यसबाट के–कसरी सुरक्षित हुने भन्ने सम्बन्धमा पनि विषय विज्ञ डाक्टरले आआफ्ना किसिमले सुझाव र सल्लाह दिंदैछन् । सरकारी र गैरसरकारी क्षेत्रले पनि सरकारलाई सुझाव दिएका छन् ।
२. सरकारी पक्ष विशेषतः स्वास्थ्य उपचारमा संलग्न भएका विज्ञहरुले आफूले गरेका कामहरुको प्रचार प्रसार खूब गरिरहेका छन् । काठमाण्डौँमा चीनबाट फार्काईएका विद्यार्थीहरुलाई सरकारले जेजसरी क्वारेण्टाइनमा राखेर प्रेमपूर्वक परीक्षण ग¥यो, त्यसलाई प्रशंसनीय मानिएको छ ।
३. त्यसले सकारप्रतिको भरोसा बढाएको छ । काठमाण्डौँमा जे जस्तो साधन स्रोतको व्यवस्था गरियो, के राजधानी बाहिर पनि त्यस्तो सम्भव छ र भन्ने प्रश्न पनि गरिंदैछ । सम्भव नहुने कुरै छैन, तर सरकारको ध्यान जान्छ कि जांदैन भन्ने मात्र हो ।
४. अहिले काठमाण्डौँ बाहिर संघीय सरकारको प्रभावकारी उपस्थिति भएन भने प्रदेश सरकार र स्थानीय सरकारहरु छन् । तिनीहरुबाट जनताले धेरै आशा–अपेक्षा गरेका छन् । ती सरकारहरुले पनि मंहगी नियन्त्रण, औषधिको पर्याप्तताबारे निकै सोधखोज गरेको देखिएका छन् । कालाबजारी आदि गरे कार्वाहीको धम्की पनि तिनीहरुले दिएका छन् ।
५. यी सबै कुराले कोरोनाको विरुद्धमा निकै सजगता अपनाएको देखिन्छ । तर कोरोनाका शंकास्पद विरामीहरुसँग प्रत्यक्ष संलग्न हुनुपर्ने चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरुको सेवा र सुरक्षा सम्बन्धमा यत्ति धेरै छलफल भएको देखिँदैन ।
६. चिकित्सक र स्वास्थ्यकर्मीहरुले बाहिर नभनेपनि उनीहरुका लागि पर्सनल प्रोटेक्टिीभ ईक्वीप्मेण्ट, थर्मोस्केल, एम्बुलेन्सलगायत अन्य सुरक्षाका उपकरण र साधनहरुको व्यवस्था गर्नु अति आवश्यक छ । तर त्यतातिर ती सरकारहरुको ध्यान गएको छैन । ती उपकरणलाई प्राथमिकता दिएर उपलब्ध गराउने व्यवस्था हुनु नितान्त आवश्यक छ ।
७. अमेरिकाले चिकित्सकहरुको पर्सनल प्रोटेक्टीभ इक्वीपमेण्ट प्रदान गरेको छ । तर ती इक्वीपमेण्टहरु राजधानी बाहिर कत्तिको आउने हुन्, त्यो निश्चय छैन । त्यस्तो कुरा ल्याउनु पहुँचको कुरा पनि हो । कथंकदाचित् ती कुराहरु ल्याउन नसकिए प्रदेश सरकार र अस्पतालले भए पनि त्यसको बन्दोबस्त छिटो गर्नु आवश्यक छ । भोलि भोलि भनेर बस्ने बेला छैन ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width