घोषणापत्र प्रतियोगिता

सम्पादक
वैशाख १७, २०७४

१. वैशाख ३१ गते स्थानीय तहको निर्वाचनमा विभिन्न तहका विभिन्न उम्मेद्वारहरुबीच प्रतिस्पर्धा हुँदैछ। त्यस प्रतिस्पर्धामा विजयी हुनेले पाँच वर्षसम्म आफूले जितेको पदमा रही आफ्नो योग्यता र कार्य क्षमताको प्रदर्शन गर्ने अवसर पाउनेछन्। त्यसरी अवसर पाउँदा उनीहरुले के कस्तो काम गर्लान्, त्यो पछिको कुरा हो।

२. तर अहिले उनीहरुको तर्फबाट सम्बन्धित पार्टीले जे-जस्तो घोषणापत्र निकालेका छन्, त्यो हेर्दा जनप्रितिनिधिहरुले कडा मेहनत साथ काम गर्नुपर्ने देखिन्छ। पार्टीरुले निकालेको घोषणापत्र उनीहरुका लागि दिशाबोधमात्र होइन, चुनौती पनि हुने देखिन्छ।

३. राजनीतिक पार्टीरुले घोषणापत्र लेखेकामात्र होइनन्, आफ्नो घोषणापत्रलाई अरुको भन्दा के-कसरी राम्रो गरुँ भनेर प्रतिस्पर्धा नै गरेको जस्तो छ। घोषणापत्रमा स्थानीय तहको विकास निर्माण र प्रगति आदिको मात्र कुरा छैन, देशलाई समृद्धि गर्ने कुरा पनि उल्लेख गरिएको छ।

४. घोषणापत्रको भाषा शैली पनि आकर्षक छ। प्रतिस्पर्धा विकास निर्माणका काममा मात्र होइन, लक्ष्य निर्धारण गर्ने काममा पनि अरु भन्दा किन कम हुने भनेर ठूल्ठूला, महत्वपूर्ण र महत्वकांक्षी लक्ष्य राखिएका छन् र त्यो लक्ष्य प्राप्त गर्ने उपाय र दिशाबोध पनि घोषणापत्रमा गरिएको छ।

५. पोखरामा ३०/४० वर्षदेखि अन्तर्राष्ट्रिय विमानस्थल र व्यवस्थित बसपार्क नबनेर हैरान भइरहेका पोखराबासीहरु अहिले घोषणापत्र हेरेर पुलकित भएका छन्। अब पोखरामा बसपार्क र विमानस्थलमात्र बन्ने होइन, स्मार्ट सिटी र स्याट्लाइट सिटी आदि पनि बन्ने छन्। महानगरपालिकामा परिणत भएपछि पोखराको भाग्य चम्कने प्रष्ट देखिएको छ।

६. नगरको विकासक्रममा नगर क्षेत्रभित्र अन्तर्राष्ट्रिय विमानस्थल हुनु राम्रो नराम्रो के हो र अन्तर्राष्ट्रिय विमानस्थल नजिक चिडियाखाना बनाउनु उचित अनुचित के हो भन्ने प्रश्न पनि अघि सारिएका छन्। तर त्यस्ता कुरालाई पार्टीको घोषणापत्रले सम्बोधन गरेको छैन।

७. घोषणापत्र उर्जाशील दिमागले तयार पारेकाले त्यसमा राम्रै राम्रा कुरा छन्। राम्रै राम्रा कुरा अघि सारेर अरुसँग प्रतिस्पर्धा गर्न खोजेको प्रष्ट देखिन्छ। फेरि घोषणापत्र लामो लामो भएकाले पछि निकाल्नेले अरु लामो गर्न खोजेको पनि देखिन्छ। घोषणापत्रले सबै कुरामा प्रतिस्पर्धा गर्न खोजेको प्रष्ट देखिन्छ। तर त्यो घोषणापत्र सर्वसाधारणको पहुँचभित्र पुग्छ पुग्दैन, त्यो भने प्रश्नकै विषय भएको छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

Recent Posts

भर्खरै