गिरिजाप्रसादको सम्झना

सम्पादक
चैत्र ८, २०७१

१. देशको राजनीति जति धेरै जटिलतामा पुगेको छ, उति धेरै मानिसले पूर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई सम्झने गरेका छन्। उनी भएको भए देश यसरी अनिश्चयको भुमरीमा फस्ने थिएन। उनले कुनै न कुनै उपाय निकालेर पछाडि र्फकनुपर्ने भए एक कदम पछाडि फकेर तथा अगाडि जानुपर्ने भए अगाडि गएर देशलाई एउटा निकास दिने थिए।

२. आफ्नो अडान भन्दै हलो अड्काएर देश बर्बाद गर्ने काम उनी गर्दैनथे। उनी आफ्नो काम कुरामा बराबर मूल्यांकन गर्ने गर्दथे र नयाँ काम र नयाँ नीति लिन हच्कँदैनथे। राजाबाट बराबर धोका भएकाले उनले राजतन्त्रको विरोधमा जाने निर्णय गरेका थिए।

३. संसद्को पुनस्र्थापना गर्ने उनको भीष्म प्रतिज्ञा थियो। त्यो संसद्को पुनस्र्थापना गर्ने काम मरेको कामलाई बचाउनु हो भनी अन्य कुनै पार्टीका नेताहरूले विश्वास गरेका थिएनन्। तर त्यसो भन्नेहरू पछि पुस्र्थापित संसद्को सदस्य भए। त्यही पुनस्र्थापित संसद्ले महत्त्वपूर्ण र युगीन निर्णयहरू लिएको सर्वविदित छ।

४. गिरिजाप्रसाद कोइराला सीधा र सोझा थिए। छक्का पञ्जा जान्दैनथे। कसैलाई विश्वासघात गर्दैनथे र सबैको विश्वासमा रहन्थे। तर उनीमाथि धेरैले विश्वासघात गरे। छलकपट गरे। एमाओवादी पार्टीले उनलाई राष्ट्रपतिको आवश्वासन दियो। त्यो आश्वासनमा उनी निश्चिन्त थिए। तर पछि त्यो पार्टीले अर्कैलाई उम्मेदवार बनायो। त्यस बेला उनलाई राष्ट्रपति बनाएको भए, देशको स्थिति यसरी ब्रि्रने थिएन कि झ्

५. गिरिजा प्रसाद छन्जेल उनलाई मान्ने काङ्ग्रेसहरू अहिले उनीहरूमध्ये केहीले उनले गरेका हस्ताक्षर मान्दैनौं भन्दै हिँड्न थालेका छन्। खास गरेर धर्म र संस्कारको कुरामा कोइराला परिवार त्यसमा पनि बीपी र जीपी उदार र आधुनिक विचारका थिए। तर उनीहरूको अनुशरण नेपाली काङ्ग्रेसका कार्यकर्ताले कहिल्यै गरेनन्। उनीहरूमध्ये केहीले अहिले हिन्दूराष्ट्र ब्युँताउने अभियान नै चालेका छन्।

६. गिरिजाप्रसादमा गतिशीलता थियो। त्यही गतिशीलताको परिणाम उनी माओवादीसँग बाह्रबुँदे सम्झौता गर्न पुगे। उनले वृहत् शान्ति सम्झौता गरे। देशलाई हत्या, हिंसा र आतंकको वातावरणबाट मुक्त पारे। हतियारमा शक्ति देख्नेहरू शान्तिको वातावरणमा संसद्को आलोचना गरी कहिले नथाक्नेहरू संसद्को सदस्य भए। संसदीय कारबाहीमा सरिक भए।

७. उनको यो विशेषता रहेको थियो कि उनले एकपटक निर्णय गरेपछि त्यो कार्यान्वयन गर्न उनी तत्पर रहन्थे। त्यस्तो निर्णय गर्ने बेलामा उनी पार्टीत स्थितिभन्दा माथि उठेर देश र जनताका लागि सोच्दथे। अप्रिय निर्णय गर्न पनि अग्रसर हुन्थे। उनमा दूरदर्शिता थियो। सस्तो लोकप्रियताको ख्याल गर्दैनथे। जस्तोसुकै विरोधको पनि उनी मुकाविला गर्दथे र विरोधीहरूसँग प्रष्ट कुरा गर्दथे। यस्ता धेरै राजनेतामा हुनपर्ने गुणले उनी युक्त थिए। त्यसैकारण आज यो अन्यौल र अनिश्चयको बेलामा उनलाई सबैले सम्झने गरेका छन्।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width