गण्डकी प्रदेशसभा

सम्पादक
जेठ १३, २०७७

१. गण्डकी प्रदेशसभाको छैटौं अधिवेशन आइतबारदेखि पोखरा सभागृहमा सुरु भएको छ । नदीपुर स्थित नगर प्रशिक्षण केन्द्रमा चल्दै आएको गण्डकी प्रदेशसभाको वैठक कोरोनाका कारण सामाजिक दूरी कायम गर्न साँघुरो भएकोले पोखरा सभागृहमा सारिएको हो । यो अधिवेशन सोही स्थानमा पूरा गरिने जनाइएको छ ।

२. अधिवेशनलाई संवोधन गर्दै मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले मुक्तिनाथको आशिर्वादले कोरोनाबाट गण्डकी प्रदेशमा धेरै क्षति हुन नपाएको उल्लेख गरेका छन् । स्वास्थ्य क्षेत्रमा धेरै कमी कमजोरी हुँदाहुँदै पनि गण्डकी प्रदेशमा कोरोना संक्रमित कम देखिनु शोभाग्य नै मान्नुपर्दछ । जनचेतनाका कारण पनि गण्डकी सुरक्षित भएको हो भन्न सकिन्छ ।

३. गण्डकीमा पिसीआर र आरडिटी सहित ९ हजार ७ सय जनाको परीक्षण भएकोमा आरडिटी ७ हजार ७ सय १ जनामा पुरै नेगेटिभ आएको थियो । पिसिआर गरिएको १ हजार ५ सय ९५ मध्ये २ जनाको पोजेटिभ देखिएकोमा दुवै निको भै घर फर्किएका छन् ।

४. अधिवेशनले अघिल्लो वर्ष गरेका धेरै निर्णयहरु कार्यान्वयनमा आउन सकेका छैनन् । दोश्रो चौमासिकसम्म २७ प्रतिशत मात्र खर्च भएको थियो । दुइ महिनामा देखिको लकडाउनले गण्डकीमा १९ अर्व रुपैंया नोक्सान भएको उल्लेख गरिएको छ ।

५. लकडाउनका कारण उद्योगधन्दा बन्द हुँदा धेरैको रोजगारी खोसिएको छ । आर्थिक क्षेत्र तहसनहस भएको छ । भोकमरीबाट बच्न कृषि क्षेत्रमा जागरण ल्याउन जरुरी छ । सरकारले अत्यावश्यक कुरालाई ध्यान दिएर त्यस अनुरुपको नीति तथा कार्यक्रम सहितको बजेट बनाउनु पर्छ । यसतर्फ प्रदेशसभाको अधिवेशन केन्द्रीत भई सरकारलाई ठोस निर्णय दिन सफल रहोस् हाम्रो शुमकामना छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width