गंगामायाको आमरण अनशन

सम्पादक
जेठ २७, २०७५

१. देशमा अहिले सबै हतारमा छन्। कोही कसैलाई फुर्सद छैन। सबै विकास र समृद्धिका लागि कार्यरत छन्। केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार सबै त्यसैमा व्यस्त छन्। नेताहरु पनि विकास, निर्माण र समृद्धिका मीठामीठा कुरा सुनाउँदै सबैलाई मख्ख पारिरहेका छन्।

२. यस्तो चटारोको बेला कोही-कोही त्यसै अल्मल्याउन खोज्ने र बाटो छेके झै गर्ने गर्दछन्। तर यो देश अब कसैले अल्मल्याएर अल्मलिने अवस्थामा छैन र कसैले बाटो छेक्यो भनेर चुपचाप बस्ने अवस्थामा छैन। यसले एउटा निश्चित गति लिएको छ र गति थप्दै अगाडि बढिरहेको छ।

३. यस्तो महत्वपूर्ण बेलामा गोरखाकी गंगामाया अधिकारी काठमाण्डौ स्थित वीर अस्पतालमा आफ्नो छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारवाही गरियोस् भनी आमरण अनशन बसेकी छिन्। उनी गत १५ गते गणतन्त्र दिवसको दिनबाट अनशन बसेकी हुन्। उनी आमरण अनशन बसेकी दुर्इ हप्ता पूरा हुन लागेको छ।

४. केही वर्षपहिले उनी र उनका श्रीमान नन्दप्रसाद अधिकारी पनि सोही माग राखेर सँगसँगै आमरण अनशनमा बसेका थिए। आमरण अनशन बस्दा-बस्दै उनका श्रीमानको निधन भयो। उनको दाहसंस्कार भएको पनि छैन। उनको श्रीमानको पार्थिव शरीर वर्षौदेखि देखि अस्पतालमा रहिरहेको छ।

५. वीर अस्पतालका डाक्टरहरुले पटक-पटक आमरण अनशन बसेकीले उनको शरीर कमजोर भएकोले स्लाइन दिन मिल्ने नसा समेत फेला पार्न मुस्किल भएको बताएका छन्। उनको अवस्था खराब हुदै गएको छ। तर सरकारी प्रतिनिधिहरु कोही पनि उनको हालखबर सोध्न अस्पताल पुगका छैनन्।

६. प्रधानमन्त्री केपी ओलीले अब कोही पनि खान नपाएर मर्न नपरोस भनेर जिम्मेवारीको कुरा गरेका छन्। निर्धा निमुखाको लागि प्रधामन्त्रीको त्यो अभिव्यक्ति ठूलो आश्वासन हो। तर गंगामाया भने खाने कुराको अभावमा होइन, न्यायको भीख माग्दै आमरण अनशन बसेकी हुन्।

७. उनको हाल खबर बुझ्न राष्ट्रिय मानव अधिकार आयोगका दुर्इ जना सदस्यहरु प्रकाश वस्ती र गोविन्द शर्मा पौडेल अस्पताल पुगेका र उनीहरुले उनको अवस्था हेरेपछि उनको जीवन रक्षाका लागि तत्काल कदम चाल्न आयोगले सरकारलाई निर्देशन दिएको छ। न्यायको लागि भीख माग्दा पनि कतै सुनवाई हुँदैन भने कहाँ कसले के भन्ने – एउटा विडम्बना पूर्ण अवस्था सिर्जना हुँदैछ। त्यसकारण अलिकति फुर्सद निकालेर सरकारका प्रतिनिधि गएर गंगामाया सँग कुरा गर्न हामी सरकारसँग आग्रह गर्दछौँ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width