कोरोना भाइरसबाट मृत्यु

सम्पादक
जेठ ५, २०७७

१. नेपालमा कोरोना भाइरसबाट विहीवार एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रविसेकी २९ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । उनी त्रिवि शिक्षण अस्पतालमा केही दिन अघि सुत्केरी भएकी थिइन् । आमा छोरा दुवैको स्वास्थ्य राम्रै थियो । डिस्चार्ज भएर घर गएलगत्तै ज्वरो र खोकी साथै श्वास प्रश्वासमा समस्या आएपछि अस्पताल ल्याउने क्रममा उनको मृत्यु भएको हो ।
२. प्रहरी र सेनाको स्कटिङ सहित शव वाहनमा उनको शव धुलिखेलबाट काठमाडौं आर्यघाट ल्याई विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको थियो । कोरोना भाइरसका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनका लागि सरकारले बनाएको छुट्टै कार्य विधि अनुसार मृतकको अन्त्येष्टि गरिएको थियो । उक्त विधि अनुसार अन्त्येष्टिमा सहभागीले पञ्जा, चश्मा, टोपी, मास्क सहित पीपीई लगाउनु पर्छ । मृतकका आफन्तले समेत शवलाई छुन पाउँदैनन् । हेर्न चाहेमा एक–एक जनाले पालैपालो कम्तीमा एक मिटर टाढाबाट हेर्न, जल छर्कन तथा फूल चढाउँन पाइन्छ ।
३. कोरोना भाइरसको संक्रमण बढ्नसक्ने आशङ्काले मृतकको घर बाह्रविसे–९, राम्चे र माइती गाउँपालिका वडा नं. ७ र ८ लाई सिल गरिएको छ । उनलाई माइतीहरु पनि भेट्न गएकोले माइती गाउँ पनि सिल गरिएको हो । सिल गरिएका वडाबाट कोही पनि बाहिर आउन र वडाभित्र प्रवेश गर्न पाउँदैनन् । यसैगरी मृतकका परिवार तथा सम्पर्कमा रहेका व्यक्तिहरुको आवश्यक स्वास्थ्य जाँच गरी क्वारेन्टाइनमा राख्ने कार्य भइरहेको जनाएको छ ।
४. कोरोना भाइरसबाट नेपालमा मानिसको मृत्यु भएको यो पहिलो घटना हो । यस अघि संक्रमितहरु उपचारमा रहेका भएपनि सामान्य अवस्थामा रहेका थिए । वाह्रविसेकी महिलामा एक्कासी देखिएको गम्भीर रुपकोे संक्रमणले स्वास्थ्यको क्षेत्रमा चुनौती थपिएको छ । अहिलेसम्म कोही केही नुहँदा हल्का रुपमा लिइएको कोरोना संक्रमणमा कसैले पनि लापरवाही गर्न नहुने सन्देश पनि यो घटनाले दिएको छ ।
५. कोरोना संक्रमणबाट बच्न, हात धुनुपर्ने, एक अर्काबाट एक मिटरभन्दा टाढा रहनुपर्ने, मुखमा मास्क लगाउनु पर्ने, हुलमुलमा सहभागी हुन नहुने जस्ता सामान्य नियमहरु पनि पालना नहुँदा जोखिम बढ्दो छ । दिनहुँ कोरोना संक्रमितको संख्या थपिँदै छ । लापारवाही हुन थाल्यो भने देशमा भयावह स्थिति आउन सक्ने अवस्थालाई मध्यनजर गरी आफू पनि सुरक्षित हुने र अरुलाई पनि सुरक्षित बनाउन सबैले ध्यान दिनु जरुरी छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width