एनसेल टावरमा आक्रमण

सम्पादक
फागुन १३, २०७५

१. काठमाडौं , बागलु·, म्याग्दी, कपिलवस्तु, नवलपरासी, कास्कीलगायतका ठाउँमा एनसेलको बसे स्टेशनहरुमा शुक्रवारको राति एकैसाथ विस्फोट र आगजानी गरिएको छ । नक्खुमा भएको घटनामा एक जनाको ज्यान समेत गएको छ भने घाइते भएका दुईजनाको काठमाडौंका अस्पतालहरुमा उपचार भइरहेको छ ।

२. एकै रात त्यति धेरै जिल्लामा गरिएको विस्फोटको घटनाले पहिलेको माओवादीले संचालन गरेको सशस्त्र जनयुद्धलाई सम्झाएको छ । त्यतिबेला पनि माओवादीले यस्तै गरी विस्फोट र आक्रमण गर्ने गरेको थियो । १० वर्षसम्म चलेको त्यस्तो आक्रमणमा परी सयौं मानिसहरुको ज्यान गएको थियो ।

३. त्यो माओवादी पार्टीको ठूलो हिस्सा अहिले सरकारमा छ भने त्यसबाट फुटेर गएकाहरु विभिन्न नाममा आन्दोलित छन् । मोहनवैद्य किरणको समूहले आफ्नै किसिमले आन्दोलन गरिरहेको छ भने विप्लवले सशस्त्र आन्दोलनको घोषणासमेत गरेका छन् । एनसेल टावरमा भएको विस्फोट विप्लव समूहले गरेको अनुमान गरिएको छ ।

४. गतवर्ष सम्पन्न निर्वाचनमा स्थानीय तहदेखि केन्द्रसम्म कम्युनिष्ट पार्टीले अत्यधिक मतले विजय प्राप्त गरेको सर्वविदितै छ। त्यसको परिणाम अहिले केन्द्रमा कम्युनिष्टको सरकार छ । सात प्रदेश मध्ये ६ ओटा प्रदेशमा र धेरै स्थानीय तहमा पनि कम्युनिष्टले सरकार बनाएको अवस्था छ ।

५. राजनीतिक भाषामा सरकारमा कम्युनिष्ट, सडकमा कम्युनिष्ट र जंगलमा पनि कम्युनिष्टको राजभएको अवस्था छ । यस्तो बेलामा सरकारको समृद्ध नेपाल र सुखी नेपालीको अवधारणाछिटै पूरा हुन पर्दछ । किनभने जनताले पनि कम्युनिष्टले विकास गर्दछ कि भनेर यो अभूतपूर्व बहुमत दिएका हुन् ।

६. तर अहिले जनताको अभिलाषा विपरीत तिनीहरु नै एक अर्काप्रति हिलो छ्याप्दै आन्दोलनमा उत्रेका छन । ती तीनै पक्षका कम्युनिष्टहरुले आफूलाई सक्कली कम्युनिष्ट बताउँदै छन् । ती मध्ये को सक्कली को नक्कली जनता भने रनभुल्लमा परेका छन् । नेपालमा  यो कस्तो स्थिति आएको हो, मानिसहरु अचम्ममा परेका छन् ।

७.     यो एनसेलको टावर विस्फोट प्रकरणमा विस्फोटन गराउनेहरु माथि कडा कार्बाही गर्ने सरकारका गृह मन्त्रीले प्रतिबद्धता जनाएका छन् । एकैरात त्यति धेरै जिल्लामा विस्फोट गराएको त्यो समूह मोटाएको यो घटनाले प्रष्ट बताएको छ । सर्पको खुट्टा सर्पले देख्छ भने झैं त्यस सम्बन्धमा अरु भनि राख्नु आवश्यक छैन । तर शान्ति सुरक्षाको स्थिति राम्रो हुनुपर्दछ, विकास र निर्माणको कार्यले गतिलिनु पर्दछ । जनताको आम्दानीको स्तर बढ्नु पर्दछ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width