१. डा. सन्दुक रुइत दुई सातायता नेपालका पत्रपत्रिकामा धेरै देखिन थालेका छन्। यही अवधिमा उनले प्रधानमन्त्री के.पी. ओलीले समापन गरेको “प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार” पाए भने यसै साता फेरि उनको जीवनीमूलक पुस्तक “द वेयरफुट सर्ज” नामको किताव नेपाली भाषामा आए पछि उनी चर्चित भएका छन्।
२. डा. रुइतले विदेशमा ख्याति कमाएतापनि नेपालमा उनी त्यति चर्चित भएका थिएनन्। आखाका विरामी भएर उनको हातबाट शल्यक्रिया गराएका मोतिविन्दुका रोगीहरुले उनलाई चमत्कारिक व्यक्तित्व मान्थे। अन्यथा अरुले सन्दुक भनेको के हो, रुइत भनेको के हो भन्दै नेपाली नाम हो कि अरु भाषाको नाम हो भन्ने गर्दथे।
३. डा. रुइतले आजभन्दा १२ वर्ष पहिले फिलिपिन्सको ”रामोन म्यागासेसे पुरस्कार” पाएका थिए। यो पुरस्कारलाई एशियाको नोवेल पुरस्कार पनि भनिन्छ। उनले थाइलैण्डको “प्रिन्स महिडोल र रिडर डाइजेष्टको एशियाली युवा पुरस्कार” अल्वर्ट आइन्स्टाइन फाउण्डेशनको “ग्लोबल पुरस्कार” भुटानको “नेश्नल अवार्ड” भारतको पद्मश्री पुरस्कार पनि प्राप्त गरेका छन् तैपनि नेपालमा उनी ओझेलमा नै थिए।
४. उनले डाक्टरी शिक्षाप्राप्त गरेर वीर अस्पतालमा काम गरे। वीर अस्पतालको नेत्र चिकित्सा विभागमा काम गर्दादेखि उनले मोतियाविन्दुको शल्यक्रियामा साहसिक र नयाँ विधि अपनाए। जसको कारण स्थापित डाक्टरहरुसँग उनको मतभेद भयो। उनले आफ्ना सहयोगी डाक्टरहरुसँग काठमाण्डुको तिलगंगामा सानो आँखा अस्पताल खोले
५. उनले ठाउँ–ठाउँमा गएर आँखाशिविर खोले। उनले निःशुल्क आँखाशिविर खोलेर धेरै आँखाका रोगीहरुको उद्धार गरेका छन्। उनले आफ्नो अस्पताल इन्ट्राअकुलर मोतियाविन्दुको शल्यचिकित्सालाई एकदमै सानो घाउ बनाए पुग्ने गरी परिमार्जन गरेका छन्। जसले गर्दा अरुले ४५ मिनेट लगाएर गरेको अपरेशन उनले ७ मिनेटमा नै सम्पन्न गर्न सफल भए। यसलाई ठूलो क्रान्ति मानिएको छ। त्यस चिकित्सा पद्धतिलाई “रुइतेक्टोमी”भन्ने गरिएको छ।
६. उनको यो पद्धति एशियाबाट अफ्रिकासम्म पुगेको छ। उनले उत्तर कोरियामा ५ लाख अन्धोपनका विरामी भएको थाहापाएर प्योङयाङ पुगे। त्यहाँ उनले अद्भूत प्रभाव पारे। उनले अष्ट्रेलिया लगायत धेरै देशहरुमा गएर सेवा गरेका छन्। उनले तिलगंगामा इन्ट्राअकुलर लेन्स कारखाना, आँखा बैंक, आखा प्रतिष्ठान पनि खोलेका छन्। उनको विशेषता यो पनि हो कि उनीकहाँ अपरेशनका लागि विदेशबाटसमेत विरामी आउँछन्।
७. इन्ट्राअकुलर लेन्स प्रतिवर्ष ५ लाख बन्छन् र विश्वका ७० भन्दाबढी देशमा बिक्री हुन्छन्। उनको प्रयासमा अहिले विदेशी संसस्थाहरुले पनि सघाउ पुर्याएका छन्। धेरै विदेशी संस्थाहरुले सहकार्य गरेका छन्। आँखाका विरामीहरुका लागि उनी वास्तवमा नै चमत्कारिक व्यक्ति भएकाछन्। ती विरामीहरुले उनलाई दैवीशक्ति सम्पन्न व्यक्तिका रुपमा सम्मान गर्दछन्।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१