अनुकूल परिस्थितिको अपेक्षा

सम्पादक
असाेज ४, २०७८

भदौ महिना समाप्त भएको छ । असोज महिना सुरु भएको छ । असोजको सुरुआतसँगै मौसममा परिवर्तन आएको छ । झरी बादलको मौसम हटेको छ । बाढी पहिरोको सम्भावना कम भएको छ । प्रकृति खुलेको छ । स्वच्छ सफा देखिएको छ । विगतमा अधिकांश समय बादलको घुम्टोभित्र लुकेर बसेको हिमालले घुम्टो खोलेर हेर्न थालेको छ । प्रकृतिमा अनुकूल परिवर्तन आउन थालेको प्रष्ट अनुभूत भएको छ ।
एकातिरको स्थिति यस्तो छ भने अर्कोतिर कोभिड–१९ को महामारी छ । महामारीमा खास अन्तर आएको छैन । संक्रमण बढ्दो छ दिनहुँ मानिसहरु हजारभन्दा बढी संक्रमणको सिकार भएका छन् । स्थिति अहिले पनि भयावह छ तैपनि सरकारले लकडाउन क्रमशः घटाउँदै लगेकाले स्थितिमा केही सुधार भएको हो कि जस्तो देखिएको छ । सडकमा यातायातको संख्या बढ्दै गएको छ । सहर बजारमा मानिसहरुको आवतजावत बढ्दो छ धार्मिक एवं सांस्कृतिक पर्वहरुमा पनि मानिसहरुको भिड बढ्दो छ । ती सबै हेर्दा कोभिड–१९ को महामारी घटेको हो कि जस्तो लाग्छ । महामारी नघटे पनि त्यसको डर भने घटेको छ । हिजो जुन अभावहरुको स्थिति थियो आज त्यो छैन । सरकारले कोभिड–१९ को विरुद्धमा खोपको व्यवथा गरेकोले पनि स्थितिमा त्यो अन्तर आएको हो । सरकारले खोपको आपूर्ति त गरिरहेको छ तर त्यतिले पुगेको छैन । आपूर्ति छिटो गर्नु आवश्यक छ ।
नेपालीहरुको सबैभन्दा ठूलो पर्व दसैं तिहार नजिक आएको छ । प्रकृतिले पनि त्यसको संकेत गरेको छ । मानिसहरु दसैं तिहारको जोहो मिलाउन दौड धूप सुरु गर्न थालेका छन् । लामो समयको शून्यतापछि बजारमा चहल–पहल देखिन थालेको छ । मानिसहरुमा एक किसिमको उत्साह र उमंगका लक्षण देखिएका छन् । यस किसिमले हेर्दै गएमा परिस्थति अनुकूल हुँदै गएको आभाष भएको छ । तर अरु पक्षहरु जति सुकै अनुकूल भए तापनि देशको राजनीति पक्ष कहिल्यै राम्रो हुन सकेन । यो गठबन्धको सरकारले सुरुमा केही गर्ला झंै देखिएको थियो । त्यसको चुरीफुरी एक हप्तामानै सेलाएर गयो अरु त अरु त्यो सरकार आफैंले पूर्णता पाउन सकेको छैन । सरकारले पूर्णता पाउन नसकेकोमात्र होइन गठबन्धका शीर्ष नेताहरुले सरकारले कहिले पूर्णता पाउँछ भन्नेसमेत यकीन गर्न सकेका छैनन् । तिनीहरु आफैं अलमलमा छन् । नेताहरु आलोचना गर्न पाउ चर्को चर्को स्वरमा बोल्छन् तर जब काम गर्नुपर्ने अवस्था आउँछ अनि उनीहरुको सक्षमता देखिन्छ । अहिलेसम्म दर्जनभन्दा बढी नेताहरु प्रधानमन्त्री भए कोही दोहोरिएर पनि प्रधानमन्त्री भए तर तिनीहरुले देश र समाजको लागि के दिए ? अहिले त झन् बजेट पारित गर्न नसकेर खर्च गर्न नै नसकेको अवस्थामा सरकार पुगेको छ । सोचेमा यो लज्जाजनक अवस्थामा हो । यस्तो स्थितिमा धेरै राख्नु हुँदैन । हामी छिटै अनुकूल परिस्थितिको अपेक्षा गर्दछौं ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width