अध्यक्ष दाहालको भारत भ्रमण

सम्पादक
वैशाख १९, २०७०

१. एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालको बहुचर्चित चार दिने भारत भ्रमण सम्पन्न भएको छ। अध्यक्ष दाहालले भ्रमणका क्रममा भारतका प्रधानमन्त्री मनमाहेन सिंहदेखि भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहसँग पनि भेटघाट गरेका थिए। भ्रमणबाट अध्यक्ष दाहाल आशावादी र उत्साहित भएको बताइएको छ।

२. एकीकृत माओवादीको हेटौंडा महाधिवेशनले पार्टीका कतिपय पुराना कुराहरू परित्याग गरेकाले भारतसँगको पार्टीको सम्बन्ध सुधार्ने वातावरण बनेको अनुमान गरिएको छ। पुराना धेरै कुरामा पार्टीसच्चिएकोले लामो समयदेखि भारत भ्रमण गर्ने दाहालको इच्छा पूरा भएको अनुमान पनि गरिएको छ।

३.     आफ्नो भ्रमणलाई उनले एकीकृत माओवादी अध्यक्षको हैसियतबाट मात्र नभइ राष्ट्रकै प्रतिनिधिका रूपमा भएको पनि बताए। आफ्नो भ्रमणलाई उनले सकेसम्म महत्त्वपूर्ण भएको दर्शाउने विभिन्न कुराहरू गरे। तर भ्रमणका क्रममा उनलाई भारतीय विमानस्थलमा एकजना सहसचिव आएर स्वागत गरेको र सत्तारूढ गठबन्धन काङ्ग्रेस आईका नेतृ सोनिया गान्धीले भेट नदिएबाट भ्रमण प्रचार गरिएजति महत्त्व नभएको विश्लेषकहरूको भनाइ छ।

४. उनले नेपालको महत्त्वपूर्ण परियोजनामा चीन र भारतलाई संयुक्त रूपमा लगानी गराउने द्विपक्षीय सहयोगको जुन अवधारणा अघि सारेका थिए, त्यसमा भारतको सकारात्मक दृष्टि रहेन। भारतीय नेताहरूले उनको भ्रमण हुनुभन्दा पहिले नै त्यो अवधारणा भारतले मान्न नसक्ने कुरा सार्वजनिक गरेका थिए।

५. उनको भ्रमणले निश्चय नै भारत र एकीकृत माओवादीबीच चिसिएको सम्बन्धलाई सुधारेको छ। विगतका कमीकमजोरीबाट सच्चिएर नयाँ शिराबाट सम्बन्ध स्थापना हुने अनुमान गरिएको छ। तर त्यो कुरा व्यवहारले देखाउने विषय हो। कार्यरूपमा को कति सच्चिन्छ, त्यो भोलि देखिने छ।

६.     चीनको भ्रमणलगत्तै भारतको भ्रमणले भने अध्यक्ष दाहालको दायित्व बढाएको छ। ती दुवै देशले चुनावमा जोड दिएका छन्। चीनले नेपालमा पार्टीरूले गर्न लागेको सङ्घीयतामा शड्ढा व्यक्त गरेको छ भने भारतले भाषिक आधारमा गर्न सुझाव दिएको छ। दुवै देशको भन्दा एकीकृत माओवादीको विचार फरक छ। भ्रमणपश्चात् अब त्यो पार्टीले कस्तो विचार लिन्छ, त्यो हेर्न बाँकी छ।

७. आफूले सत्ता परित्याग गरेपछि भारतका विरुद्धमा जे जति विषवमन गरेका थिए, त्यसको मूल्य उनले चुकाएका छन्। यो भ्रमणबाट उनको र भारतको नेताहरूबीच सम्बन्ध स्थापित भएको छ। दाहालका लागि यो ठूलो कुरा हो। यो कुरालाई उनले निर्वाचन प्रचारमा लगाएर फाइदा उठाउने अनुमान गरिएको छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width