पर्यटन भ्रमण वर्ष सम्भावना र चुनौती

सम्पादक
फागुन २७, २०७५

१. नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश हो। यहाँ विश्वको सबभन्दा अग्लो सगरमाथा छ। अन्य हिमश्रृङ्खलाहरु पूर्वदेखि पश्चिमसम्म फैलिएका छन्। हिमाल आरोहण गर्न चाहनेहरुका लागि नेपाल राम्रो गन्तव्य हो। त्यस्तै यहाँ विश्व प्रसिद्ध पदयात्रा स्थलहरु छन् भने विभिन्न जातजातिका धर्म, संस्कार र संस्कृतिको विविधताले पनि अर्को आकर्षण बढाएको छ।

२. नेपालको हावापानी राम्रो छ। यहाँ धेरै गर्मी पनि हुँदैन भने धेरै जाडो पनि हुँदैन। मानिसहरु मिलनसार छन्। अतिथि देवो भवः भन्ने उक्तिलाई चरितार्थ गर्न मानिसहरु प्रयत्नशील छन्। पर्यटकहरुलाई आकर्षित गर्न सन् १९९८ मा पर्यटन भ्रमण वर्ष मनाइएको थियो। आन्तरिक भ्रमण वर्ष पनि यताउता मनाउने गरिएको थियो।

३. सरकारले सन् २०२० लाई फेरि पर्यटन वर्ष मनाउने घोषणा गरेको छ। सरकारले त्यो घोषणा गरेको लगत्तै प्रदेश सरकारहरुले पनि आ–आफ्नो क्षेत्रमा आन्तरिक पर्यटन वर्ष मनाउने घोषणा गरेका छन्। सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष घोषणा गर्ने प्रदेश सरकारहरुको संख्या बढ्दैछ।

४. पर्यटन व्यवसाय नेपालको लागि राम्रो हो। यो व्यवसाय नेपालको लागि सुहाउँदोछ। यो व्यवसायबाट वातावरणमा असर पदैर्न। यसले अरु उद्योग धन्दाले झैँ प्रदूषण निम्त्याउँदैन। यसबाट सजिलै विदेशी मुद्रा आर्जन गर्न सकिन्छ भने हाम्रो प्राकृतिक, धार्मिक, सांस्कृतिक सम्पदाहरुको पनि प्रचार प्रसार गर्न सकिन्छ।

५. ती विविध कारणहरुले गर्दा पर्यटन भ्रमण वर्ष मनाएर पर्यटकहरुलाई बढीभन्दा बढी आकर्षण प्रदान गर्नु महत्वपूर्ण कुरा हो। देशमा यसको सम्भावना अत्यधिक छ। यसैलाई महसुस गरेर संघीय सरकारदेखि प्रदेश सरकारहरु पनि जे जसरी पर्यटन भ्रमण वर्ष मनाउन अग्रसर भएका छन्। त्यसलाई स्वागत योग्य मान्नुपर्दछ।

६. तर एउटा महत्वपूर्ण कुरा के पनि हो भने त्यसको लागि व्यापक तैयारी पनि गर्नु पर्दछ। त्यो तैयारीतिर सरकारको गम्भीर ध्यान गएको देखिँदैन। हामीले पर्यटकलाई देखाउन खोजेका महत्वपूर्ण कुराहरुको प्रोफाइल तैयार गर्नु पर्दछ। गाइडहरुलाई त्यसको राम्रो जानकारी दिनु पर्दछ। त्यसो गरियो भने एक त भ्रम सिर्जना हुदैन भने अकोर्तिर पर्यटकहरुलाई संबन्धित स्थलमा त्यसको विवरण सुनाउने र देखाउने गरियो भने तिनीहरुको बसाई लम्ब्याउन सकिन्छ।

७. अहिलेसम्मको हाम्रो अनुभवले के बताएको छ भने पर्यटकहरु आउनु मात्रै ठूलो कुरा होइन, उनीहरुको बसाइ सकेसम्म लम्ब्याउनु ठूलो कुरा हो। त्यो हाम्रो लागि अर्को चुनौती हो। महत्वपूर्ण स्थलहरुको महत्व, ऐतिहासिक पृष्ठभूमि तथा त्यहाँ हुने मेला, पूजापाठ र घटनाहरु आदिको श्रव्यदृश्य तैयार गरेर प्रत्यक्ष सुनाउन र देखाउने व्यवस्था गर्न सके त्यसबाट महत्वपूर्ण उपलब्धि प्राप्त गर्न सकिँने कुरामा दुईमत हुँदैन। यतातिर हामी सरकारहरुको ध्यान आकर्षित गर्न चाहन्छौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width