परराष्ट्रको सकस

सम्पादक
जेठ २६, २०७६

१. परराष्ट्र नीतिका संबन्धमा हामी त्यत्ति धेरै चिन्तन मनन गदैर्नौं। हामीले स्वतन्त्र र असंलग्न परराष्ट्र नीति भन्ने जानेका छौं। तर स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई के कसरी लागु गर्ने र त्यो नीति लागु गर्न के कस्तो रणनीति अख्तियार गर्ने त्यसबारे हामी गम्भीर छैनौँ। जसको कारण हाम्रो परराष्ट्र नीति खस्कँदो अवस्थामा पुगेको छ।

२. परराष्ट्र नीतिका जानकार एवं अनुभवीहरु केहीले कहिलेकाँही सुझाव स्वरुप आफ्नो विचार सार्वजनिक गर्ने गरेका छन्। तर त्यस्ता सुझावलाई सरकारमा बस्नेहरुले वास्ता गरेका छैनन्। सरकारमा बसेपछि हाम्रा मन्त्रीहरुले आफैंलाई ज्ञाताको रुपमा संझने गरेका छन् र कसैको सल्लाह सुझाव लिनु आवश्यक सम्झँदैनन्। अहिले त झन् सरकारले परराष्ट्रको सचिव पदमा पनि अन्य मन्त्रालयका सचिव ल्याएर काम चलाउने विचार गर्दैछन्।

३. हाम्रा छिमेकी देशहरुले र अन्य सम्पन्न देशहरुले आ–आफ्नो नीतिमा केही परिवर्तन र सुधार गर्न लागेका छन्। उनीहरुले परिवर्तन र सुधारका नाममा एक अर्कासँग मिलेर र हातेमालो गरेर आफ्नो अभीष्ट पूरा गर्ने प्रयास गरिरहेका छन्। उनीहरुले हामीलाई आफ्नो पक्षमा पार्न विभिन्न जालहरु फ्याँक्दैछन्।

४. उनीहरु दूरगामी रुपले सोचेर त्यस्तो गर्दैछन् भने हामी जहाँ गयो त्यहीँ उनीहरुकै ताल र सुरमा नाच्दैछौँ। अमेरिका र चीनका प्रतिनिधिहरुको खण्डन–मण्डन हाम्रै देशमा भएको घटनालाई हामीले त्यत्ति गम्भीर किसिमले लिएका छैनौं। भारतका प्रधानमन्त्री मोदीको दोस्रो शपथग्रहण समारोहमा पाकिस्तानलाई वहिष्कार गर्ने क्रममा विमस्टेकका सदस्य मुलुकहरुलाई बोलाएको घटना परिवर्तनको पर्याय हो।

५. भारतले पाकिस्तानलाई एकल्याउने क्रममा सार्कलाई निष्कृय र निस्तेज पार्दैछ। सार्कको अध्यक्षताको नाताले हाम्रो भूमिका के हो यसमा हामीले सोच्नै पर्ने भएको छ। हिजोको जस्तो सजिलो अवस्था अहिले छैन। ती दुई देशको बिग्रँदो सम्बन्धले हिजो पनि हामीलाई अप्ठेरोमा पार्दथ्यो भने अहिले त्यो भन्दा बढी गम्भीर स्थिति उत्पन्न हुँदैछ।

६. एकातिरको स्थिति यस्तो छ भने अकोर्तिर चीनको वी.आर.आई. छ। त्यो भन्दा पर अमेरिकाको इन्डो–प्यासिफिक छ। सानातिना गठबन्धन अरु पनि छन्। जसले हामीलाई तान्ने प्रयास गरिरहेका छन्, तिनीहरु अनुदारवादतिर गईरहेका छन्। अर्थात् तिनीहरुको नेतृत्व अनुदारवादीहरुको हातमा पुग्दैछ। जसले हामीलाई अप्ठेरोमा पार्न सक्दछ।

७. यस्तो बेला हामी सजग र सतर्क हुनु पर्दछ। जहाँ पायो त्यहाँ, जे पायो त्यो बोल्नु हुँदैन। विदेशी कूटनीतिज्ञहरुले कहाँ के गर्दछन् र के बोल्छन् भन्नेमा पनि उत्तिकै चनाखो हुनु पर्दछ। प्रोटोकलमा पनि ख्याल राख्नु पर्दछ। हामी दरिलो हुनु पर्दछ। दरिलो भएमा नै अरुले निहुर्याउन नसक्ने हो। यो कुरालाई महसुस गरेर हामीले आफ्नो अडान बनाउनु पर्दछ र त्यसलाई मजबुत पनि पार्नु पर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width