१. नेपाली भाषा र नेपाली साहित्य केही वर्षदेखि व्यापक रुपले फैलिँदै गएको छ। जति यो भाषा र साहित्य फैलिँदै गएको छ, उति यसलाई अन्तराष्ट्रियकरण गर्नुपर्ने खाँचो पनि महसुस गर्न थालिएको छ। केही संस्थाहरुले त्यसको लागि काम गर्न थालेको पनि देखिएको छ।
२. त्यस्तै एउटा कार्यक्रम पोखरामा पनि भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान र अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आयोजना गरेको विचार गोष्ठीमा गोष्ठीका वक्ताहरुले त्यसको लागि नेपाली भाषामा लेखिएका कृतिहरुलाई अंगे्रजीमा अनुवाद गरेर अन्तराष्ट्रिय बजारमा पुर्याउनु पर्ने बताए।
३. हिजो २/४ जना स्रष्टाहरुले त्यो विचार प्रकट गरेका थिए भने आज संस्थागत रुपमा नै त्यस्तो महसुस गर्न थालेका छन्। यो एक राम्रो कुरा हो। त्यसमा पनि नेपाल प्रज्ञा प्रतिष्ठान सहित आयोजक भएको गोष्ठीले त्यस्तो महसुस गर्नु अरु ठूलो कुरा हो। यसलाई सकारात्मक किसिमले लिनु पर्दछ।
४. पोखरामा आयोजित विचार गोष्ठीमा त्यस्तो कुरा उठेकोले गण्डकी प्रदेशका स्रष्टाहरुले यसलाई विशेष किसिमले लिनु पर्दछ। स्रष्टाहरुले आफूले सिर्जना गर्ने कृतिको विषयवस्तु, भाषा, शैली स्तरोन्नति गरी प्रस्तुत गर्नु पर्दछ। त्यसमा यहाँको प्राकृतिक वातावरण, संस्कृति लगायतका कुराहरुलाई एउटा परिवेशको रुपमा वर्णन गर्न सकेमा त्यसले अर्को आकर्षण थप्न सक्दछ।
५. केही नेपाली कृतिहरु विश्व स्तरीय भएको समालोचकहरुले बताउने गरेका छन्। तर ती कृतिहरु नेपाली भाषामा भएकाले त्यसले अन्तराष्ट्रिय क्षेत्रमा पहुँच नपाएको पनि धेरैको विचार छ। केही कृतिहरुको अनुवाद गर्ने काम भएको छ। तर त्यो काम व्यक्तिगत रुपले मात्र भएको छ। त्यसलाई संस्थागत गर्नु आवश्यक छ।
६. संस्थागत भएमा त्यसले व्यापकता पाउन सक्छ। फेरि नेपाली भाषाका कृतिमात्र स्तरीय भएर हुँदैन, त्यसको अनुवाद र अनुवादको भाषा पनि त्यस्तै हुनुपर्यो। यस्तो काममा मुद्रणकलाले पनि भूमिका खेल्दछ। मुद्रण पनि स्तरीय हुनु पर्दछ। यसरी सबै कुरामा हामीले मिहिन ध्यान पुर्याउन सक्नु पर्दछ।
७. शताब्दीपुरुष सत्यमोहन जोशीले नेपाली स्रष्टाले नोबेल पुरस्कार पाएको हेर्ने रहर भएको अभिव्यक्ति दिएपछि धेरै सर्जकहरु जुर्मुराएका छन्। यो राम्रो लक्षण हो। यस्तो बेला केही संस्थाहरुले योजना र कार्यक्रम बनाएर निरन्तर लागिपरे निर्दिष्ट लक्ष्य छिटै प्राप्त हुन सक्छ भन्ने हाम्रो विचार छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१