कश्मीरको स्थिति

सम्पादक
श्रावण २२, २०७६

१. जम्मु–कश्मीर राज्यका सम्बन्धमा भारतले बडो कठोर कदम चालेको छ। जसलाई भारतले ऐतिहासिक भनेको छ। भारत सरकारको त्यो संवैधानिक निर्णयले जम्मु–कश्मीर राज्यले हिजोसम्म विशेष राज्यको जुन अधिकार पाएको थियो। त्यसको अन्त भएको छ। अब जम्मु–कश्मीर राज्य पनि भारतको अन्य राज्यसरह एक राज्य भएको छ।

२. भारत सरकारको त्यो निर्णयले जम्मु–कश्मीरको जुन फरक झण्डा थियो, त्यसको साटो अब त्यहाँ भारतकै झण्डा फहराएको छ। त्यो अब स्वायत्त राज्य नभई केन्द्र शासित राज्य भएको छ र त्यसले भारतकै संविधान अन्तर्गत चल्नपर्ने भएको छ। त्यसको साथै त्यस राज्यमा अन्य भारतीयले अचल सम्पत्ति किन्न नपाउने जुन प्रावधान थियो, त्यसको पनि अन्त भएको छ।

३. जम्मु–कश्मीरको विवाद भारत र पाकिस्तानको विभाजन भएको बेला देखिको हो। त्यो विवादले धेरै उकाली ओराली पार गर्यो, तर समाधान भएन। त्यो विवाद संयुक्त राष्ट्र संघमा पनि पुग्यो। राष्ट्र संघको सुरक्षा परिषदले सन १९४८ मा जनमत संग्रह गरी यो मामिला टुङ्गयाउने निर्णय गर्यो। त्यो पनि भएन।

४. कश्मीरको एक भाग पहिलेदेखि नै आजाद कश्मीरको नाममा पाकिस्तानतिर छ भने जम्मु–कश्मीर भारततिर छ। विभाजित कश्मीर एक भएर स्वतन्त्र कश्मीर बनाउने विचार पनि आएको थियो। तर त्यो विचार टिक्न सकेन। कश्मीरको विषयलाई लिएर त्यसै बेला देखि भारत र पाकिस्तान बीच गहिरो मतभेद छ। तिनीहरुले युद्ध पनि गरिसकेका छन्।

५. गएको आम निर्वाचनमा भारतीय जनता पार्टीले जितेपछि भाजपाको सरकारले केही न केही ठूलो कदम चाल्ने आशंका गरिएको थियो। केही हप्तादेखि आतड्ढकारीहरुलाई रोक्ने नाममा सरकारले ठूलो संख्यामा त्यहाँ आर्मी परिचालन गरिसकेको छ। सरकारले त्यहाँका पूर्व मुख्यमन्त्रीहरु उमर अब्दुल्ला, महबुवा मुफ्तीलगायतका नेताहरुलाई गिरफ्तार गरिएको छ र मुख्य सडकमा कर्फ्यू लगाइएको छ।

६. केही नेताहरुले सरकारले संविधान संशोधन गरेर जम्मु–कश्मीर राज्यसँगको संवैधानिक मान्यता र विश्वास तोडेको आरोप लगाएका छन्। तर अधिकांश भारतीयहरुले खुशी व्यक्त गरेकाछन्। उनीहरुले खुशीव्यक्त गरेका मात्र होइनन्, प्रधानमन्त्री नरेन्द्र मोदीलाई ऐतिहासिक पुरुषका रुपमा स्थापित गर्ने प्रयाससमेत गरेका छन्।

७. सरकारले त्यहाँका नेताहरुलाई थुनेको छ। कफ्र्यू लगाएको छ। ३० हजारभन्दा बढी सैनिक सडकमा उतारेको छ। स्थिति भयानक र संवेदनशील देखिन्छ। स्कूल, कलेजहरु बन्दछन्। सञ्चारका साधनहरु बन्दछन्। केही समय त्यहाँको यथार्थ कुरा बाहिर आउन सक्ने छैन। स्थिति विस्फोटक पनि हुन सक्छ। तर के हुने हो, केही साता केही भन्न सकिने अवस्था छैन।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width