आषाढ महात्म्य

सम्पादक
असार १, २०७६

१. आषाढ महिना शुरु भएको छ। आषाढ महिनाको ठूलो महत्व छ। तर हाम्रा लेखक कविहरुले यो महिनाको महिमाबारे त्यत्ति धेरै लेखेका छैनन्। त्यसको विपरीत, कसै–कसैले त झन् आषाढमा बढी पानी पर्ने, मेघ गर्जने, बाढी पहिरो जाने, भूस्खलन हुने, बाटो घाटो बन्द हुने, जनधनको क्षति हुने भयावह चित्र उतार्ने गर्दछन्।

२. यो आषाढ महिनाको शुरुसँगै मनसुन शुरु हुँदैछ। हाम्रो खेतीपाती अझ पनि उपयुक्त एवं पर्याप्त सिंचाइको व्यवस्थाको अभावमा आकासे पानीमा निर्भर छ। आकासे पानी समयमै र उचित मात्रामा पर्यो भने हाम्रो धान बाली राम्रो हुन्छ। धान लगायतका कृषि बाली राम्रो भएमा त्यसले हाम्रो आर्थिक वृद्धिलाई ठोस सघाउ पुर्याउँछ।

३. त्यसैले आषाढ हाम्रो महत्वपूर्ण महिना हो। आषाढको महत्व यसमा पनि छ कि यो महिनामा हाम्रो विकासको गतिले तीव्रता लिन्छ। अरु अगाडिको महिनामा रोकिएको, हुन नसकेको, अधूरो र अपूरो विकास निर्माणका कामहरु आषाढ महिनामा सिध्याउने हाम्रो परम्परा छ।

४. विकास र निर्माणका काममा तीव्रता आएझैं सरकारी बजेटको विनियोजन, रकमान्तर, रकम निकासा गर्ने काममा पनि यो महिना अगाडि छ। सरकारले पहिले खर्च गर्न नसकेको रकम यो महिनामा खर्च गर्ने गर्दछ। सरकारको यस्तो प्रवृत्तिले गर्दा यो महिनामा सरकारी ढिकुटीबाट ठूलो धनराशि बाहिर निस्कन्छ।

५. आर्थिक चलखेलको हिसाबले आषाढ सबैभन्दा सम्वेदनशील महिना हो। ठेकेदारहरुले यो आर्थिक वर्षको आखिरी महिना भएकोले आफ्नो कामको भुक्तानी पाउँछन्। तिनीहरुले नयाँ कामको तुरुन्त सिध्याउने शर्तमा पेशी पाउँछन्। तिनीहरुले त्यसरी रकम पाउने भएपछि त्यसको केही अंश मजदुर श्रमिकहरुको हातमा पर्नु स्वभाविक हो।

६. आषाढमा श्रमिक, मजदुर र ठेकेदारहरुले मात्र आफ्नो खल्ती भर्ने होइन, विनियोजित बजेटमा बाँकी भएको रकमहरु पनि यताउता नजिकका मान्छेहरुले पनि पाउने गर्दछन्। मन्त्रालय, कार्यालयहरुबाट धेरै रकम प्रवाहित हुने भएकोले मौका छोप्नेहरु यही महिनामा यताउता धाउने गर्दछन्।

७. आषाढ महिना हाम्रो लागि डरलाग्दो महिना पनि हो भने अवसर पनि हो। पहाडमा बाढी पहिरोको प्रवल सम्भावना छ भने तराईमा जलमग्न हुने सम्भावना छ। त्यसको लागि सरकारले अहिलेदेखि नै तम्तयार भएर बस्नु पर्दछ। तम्तयार भएर बस्नु पर्दछ भन्ने एउटा कुरा हो भने साँच्चै बस्नु अर्को कुरा हो। सरकार त्यसरी बस्दैन। किनभने आषाढमा विकासको गति तीव्र पार्ने प्रवृत्ति हटाउने भनेर वार्षिक बजेट पेश गर्ने दिन आषाढबाट अगाडि सारेर जेठ १५ गते गरियो। तैपनि त्यो प्रवृत्ति हटेन। क्रान्तिकारी परिवर्तनको नारा लगाउन सजिलो हुन्छ, तर व्यवहारमा त्यसो गर्न गाह्रो हुँदोरहेछ। जुन हामीकहाँ प्रष्ट देखिएको छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width