किन छाड्छन् धनप्रसादहरूले पार्टी?

आदर्श समाज सम्वाददाता
चैत्र १५, २०६९

देश चलाउने मूल माउनीति राजनीति हो। आधुनिक राजनीतिको केन्द्र भनेको जनता हुन्। अहिले सबैले जनताकै नाममा राजनीति गर्छन्। हाम्रो देशमा बहुदलीय शासन पद्धति कायम छ। बहुदलीय शासन पद्धति भएको मुलुकमा राजनीतिक दल हुन्छन्। तिनले आफ्ना घोषित मूल्य, मान्यता र सिद्धान्तका आधारमा जनतालाई स·ठित गर्छन्। त्यही स·ठनको बलमा देश चलाउने अधिकार पाएका हुन्छन्। अर्थात बहुदलीय व्यवस्थामा राजनीतिक दलले देश हाँक्ने शक्ति आर्जन गर्छन् र त्यो महत्त्वपूर्ण कामको जिम्मा पाउँछन्। त्यसतो शक्तिको श्रोत भनेको जनता हुन्। जनतालाई स·ठित गर्ने आधार भनेको ती दलले लिएको र सार्वजनिकरूपमा घोषणा गरेको मूल्य, मान्यता र सिद्धान्त नै हो।

हाम्रो देशमा बहुदलीय व्यवस्था पुनस्र्थापना हुनुभन्दा पहिला एकदलीय पञ्चायती व्यवस्था थियो। त्यसले पनि जनताकै वकालत गरेको थियो। तर राज्य सञ्चालनको शक्तिको श्रोत राजसस्थालाई मानेको थियो। पञ्चायतको विकल्पमा अहिले बहुदलीय व्यवस्था छ। बहुदलीय व्यवस्थामा राजनीतिक दलले देश चलाउँछन् र तिनको शक्तिको श्रोत जनता हुन्।

देशको सबैभन्दा पुरानो राजनीतिक पार्टीनेपाली काङ्ग्रेस कुनै समयमा अब्बल दर्जाको क्रान्तिकारी पार्टीथियो। त्यस पार्टीको नीति, कार्यक्रम र सिद्धान्त मन पराएर एवं त्यस पार्टीबा नेताहरूलाई विश्वास गरेर धेरै नेपालीले बलिदान गरे अथाह योगदान गरे। त्यो बलिदान र योगदानबाट मुलुक केही अगाडि बढ्यो। नेपाली काङ्ग्रेसले प्रजातन्त्र, संवैधानिक राजतन्त्र र समाजवादको नीति अवलम्बन गरेको थियो। २०६५ सालसम्म आइपुग्दा नेपाली काङ्ग्रेस समेतको सहमतिमा नेपाल गणतन्त्रमा परिणत भयो। अर्थ नीतिको समाजवाद बाटैमा कतै अलपत्र परेको वषौर्ं भइसक्यो। अब त्यो कसैले बोक्ने वाला छैन। प्रजातन्त्र सबै जनताका लागि भन्ने नीति लिएको यो पार्टीले आफ्नै पार्टीभित्र पनि लोकतन्त्र लागु गर्न सकेन। देश बनाउने उद्घोष गर्ने यो पार्टीले देश बनाउनभन्दा पार्टीबनाउने उद्यम धेरै गर्‍यो। अरु पार्टीले जस्तै। पार्टीबनाउन धेरै पल्ट देश भत्कायो। अरुले पनि त्यही सिके। आखिर न पार्टीबन्यो न देश बन्यो। आज देश विग्रिएको दोष र पार्टीबन्न नसकेको दोष बोकेर बुढो रुख जस्तै पाउलिन कोसिस गर्दै छ। हेरौं कति पाउलिने हो।

पार्टीको केन्द्रमा पुगेका र बसेका सिद्धान्तनिष्ठ नेताको राप र ताप घटेको छ। अब युवा पुस्ताका गगनहरूले केही गरे भने बेग्लै कुरा हो। पार्टीको सिद्धान्त र नीतिका कुरा देखाउने टालोमात्रै भएका छन्। तिनले पार्टीरूको लाज छोप्न छाडिसके। यहाँ नेपाली काङ्ग्रेसको मात्रै कुरा होइन लोकतान्त्रिक कम्युनिष्ट पार्टीनेकपा एमालेको रातो रङ् पनि धेरै खुइलिसकेको छ। त्यस्मा पनि राजनीतिको सिद्धान्त, निष्ठा र त्यागले काम गर्न छाडिसक्यो। सबै पार्टीबा सम्पत्तिको हुँकार बढेको बढ्यै छ। पार्टीभित्रकै चुनाव जित्न पनि धेरै पैसा चाहिने संस्कृति मौलाउँदै छ। पदमा टिकिरहन सम्पत्ति चाहिने र सजिलो सम्पत्तिको श्रोत बनेका छन् डन्, अपराधी, तस्कर, भ्रष्टाचारी, प्रभु आदि।

जनताकै लागि ‘जनयुद्ध’ गरेको भन्ने अको गाडा रातो भन्दै आएको एकीकृत नेकपा माओवादी पार्टीत यति छोटो समयमा यति धेरै खुइलियो कि यो त रातोबाट कालो भइनै सक्यो। तर पनि रातो भन्न छाडेको छैन। यसले नेपाली जनतालाई नराम्ररी निरास पारेको छ। यसको राष्ट्रवाद ‘प्रभुु मा सर्मर्पण भएको छ। श्रमिक तथा मजदुरको हकहित काठमाडौंका क्यासिनोमा कैद भएको छ। जनताको जनजीविका बेरोजगार पार्टीकार्यकर्ताको ‘लुट’ र भरणपोषणमा खुम्चिएको छ। वर्ग उत्थानको नारा जातिय राज्यमा झरेको छ।  प्रजातन्त्र वा लोकतन्त्र प्रचण्डको मुठ्ठी र मुखमा बन्द भएको छ। मधेसको राष्ट्रवाद सत्ताको सुख र सम्पत्तिको आर्जनमा सीमित भएको छ।

आदिइत्यादि प्रमुख कारणले गर्दा देश चलाउने राजनीतिक दलको शक्तिको प्रमुख श्रोत जनता होइन सजिलोसित पैसा पेल्नेहरू भएका छन्। देखाउनलाई जे देखाए पनि भन्नलाई जे भने पनि राजनीतिक पार्टीबा नीति सिद्धान्त र आदर्श भनेको सरकारमा पुग्नु र त्यसैमा टिकिरहनुभएको छ।

राजनीति आदर्शका गुरु महात्मागान्धि भन्नु हुन्छ ‘सिद्धान्त विनाको राजनीति र परिश्रम विनाको धन सामाजिक पाप हो’। आजको नेपालको राजनीतिमा यही ‘सामाजिक पाप’ हावी भएको छ। यस्तो बेलामा केन्दमा भएका प्रदीप ज्ञवाली, प्रदीप गिरीहरूको जोडबल कति लाग्ला त्यो समयले बताउँछ। उनीहरू किनारा लाग्नु देशको दुर्भाग्य हो। यस्तो नहोस् कामना गर्दछु। तर यही हुँदै गएको छ।

जिल्ला?जिल्लामा इमान्दार र सिद्धान्तनिष्ठ कार्यकर्ता नभएको होइन तर तिनीहरू क्रमशः अल्पमतमा पर्ने र पलायन हुने खतरा बढ्दैछ। औसरवादीहरूको दलबदल वषैपिच्छे आउने माघे जाडो जस्तै हो। त्यो खासै महत्त्वको कुरा होइन। तर दशकौंदशक एउटै पार्टीबा बसेर प्रतिकूल अवस्थामा पनि पार्टीको साख जोगाउने, आन्दोलनमा लाग्ने, पार्टीबा आदर्श, मूल्य, मान्यता र सिद्धान्तको वकालत गरेर नथाक्ने खारिएका अब्बल दर्जाका तर सधैजसो ओझेलमा परेका कार्यकर्ताले पार्टीछाड्नु कुनै पनि पार्टीबा लागि सुखद हुन सक्दैन। अवसर पाइरहनेहरूले अझ धेरै अवसरका लागि पार्टीदलबदल गर्न सक्छन् त्यो सामान्य कुरा हो। तर पुराना, खारिएका, बुभेmका कार्यकर्ताले पार्टीछाड्नु राम्रो सङ्केत होइन। यसले बहुदलीय पद्धतिलाई नोक्सान गर्छ।

केही दिन अगाडि नेपाली काङ्ग्रेसका यस्तै पुराना कार्यकर्ता  झापाका धनप्रसाद गुरुङले पार्टीपरित्याग गरेर नयाँ पार्टीबा लागेको विज्ञप्ति पढ्न पाएँ। उनी विगत ३० वर्षभन्दा लामो समयदेखि त्यो पार्टीबा थिए। निरन्तर सक्रिय थिए। जुझारु र इमान्दार थिए। पार्टीबाई भजाँएर व्यक्तिगत स्वार्थ पूरा गर्नलागेको थाहा छैन। सुविधा पुगेन भनेर झगडा गरेको पनि थाहा पाएको थिइन।

यस्ता इमान्दार धनप्रसादहरू सबै पार्टीबा छन्। तिनले आफ्नो जीवनको महत्त्वपूर्ण उर्जा पार्टीकै लागि खर्चे। तिनले सिद्धान्तको राजनीतिमा विश्वास गरे। राजनीति पेशा होइन सेवा हो भन्ने आदर्शलाई आत्मसाथ गरेकैले सकेको पेशा गरेरै जीवन चलाउन सङ्र्घर्ष गरिरहे। पार्टीको आदर्श भत्किन नदिन आफूले धेरै कुरा खपे, सहे। पार्टीहार्दा रोए, पार्टीले जित्ता हाँसे। पार्टीबाई सबैथोक सम्झेका धनप्रसादहरू पार्टीबा तीव्रगतिमा हावी हुँदै गएका नवधनप्रसादहरू(सम्पत्तिवाला)बाट हेपिन थालेको महसुस गरेको धेरै भएको थियो। पार्टीबा निर्धन धनप्रसादको आवाजले स्थान पाउन छाडेको थियो तर नवधनाढ्य धनप्रसादहरूको बोलवाला चुलिँदै गएको थियो। किनकि पार्टीको शक्तिको श्रोत फेरिदै गएको छ। चुनाव जित्ने आधारहरू फेरिँदै गएका छन्। सुँगुर पाल्ने, गाई पाल्ने, खेती गर्ने, सक्कली व्यवसाय र जागिरमा निर्भर ‘लुरे’ धनप्रसादहरूको पार्टीबा अब खासै योगदान हुन सक्दैन। त्यसैले बलिया नवधनप्रसादहरूको खोजीमा पार्टीपुगेको छ। त्यसैले धनप्रसाद जी पार्टीबा तपाईंको भाउ घटेको हो। यसले तपाईंलाई धेरै निरास बनाएछ। भनिन्छ ‘मानिसलाई सुखको उचाईबाट ओर्लन भन्दा सम्मानको उचाईबाट ओर्लन धेरै सकस हुने गर्छ। मानिस सबैभन्दा बढी त्याग आफ्नो आस्थाका लागि गर्छ’। आस्था टुक्रिए पछि र सम्मानको स्थान कमशल एवं लोभिपापीहरूले लिए पछि धेरै मानिसको धैर्यको बाँध टुट्न सक्छ।

भनिन्छ ‘जस्तै हुरीबतासमा पनि सत्तिसालमात्र ठि· उभिन सक्छ’। तपाईले पार्टीभित्रै सङ्र्घर्ष गर्नुपथ्यो। तपाई र मेरो पार्टीएउटै होइन तर तपाईंले पार्टीत्याग गरेको घोषणा गरेको थाहा पाउँदा मलाई पनि नरमाइलो लाग्यो। तपार्इंले नयाँ प्रवेश गरेको पार्टीबा तपार्इंको आस्था होला, विश्वास होला तर म त भन्छु तपार्इं तावाबाट भुङ्ग्रोमा हाम फाल्नुभएको छ। पार्टीपरित्यागका मूल कारण माथि भनिएको जस्तो हो भन्ने मेरो अनुमान हो। त्यसको आधार वर्तमानको भोगाई हो। तपाईंले भनेका कुरा त निहूँ मात्रै हुन्।

राजनीतिमा लाग्दा हामी हाम्रै खुसीले लाग्यौं। देशका लागि लाग्यौं, जनताका लागि लाग्यौं। केही पाउन र व्यक्तिगत लाभ लिन होइन। त्यसैले राजनीतिमा लाग्नुको गौरव महसुस भइरहन्छ केही नपाउँदा पनि। अझ तपार्इंहामीले नपाएकै भन्न मिल्दैन। तपाईको जुन पहिचान बन्यो त्यो पार्टीकै कारणले बन्यो। तपाईंहामी धेरै मानिसको विचमा छौं पार्टीकै कारण। धेरै मानिसहरू मानव भीडमा भएर पनि एक्लै छन्। तर राजनीतिमा लागेका मानिसले यो नियति भोग्नु पर्दैन। यद्यपि तपाई राजनीतिमै हुनुहुन्छ। अझ सक्रिय हुनुहोला। केही प्राप्त पनि होला तर तपाईं हिजोको फराकिलो बाटो छाडेर गोरेटो तिर लाग्नुभएको छ। बाटामा धेरै मानिस हिँडछन् र गोरेटोमा थोरै।

पार्टीरूले धनप्रसादहरूको मर्म बुझुन्, पार्टीबा आदर्शहरू भत्कँदै गएकाले धनप्रसादहरू पार्टीबाट बाहिरिँदै छन्।यद्यपि बहाना जे पनि हुन सक्छन्। नवधनप्रसादहरूले मात्रै पार्टीथामिँदैन। पार्टीको आदर्श जोगिँदैन। जो विचार पार्टीथाम्नेहरूको।

Related News

सम्बन्धित समाचार

hero news full width