उच्च रक्तचापबाट बचौं, स्वस्थ जीवन शैलीमा रहौं

आदर्श समाज सम्वाददाता
चैत्र २६, २०६९

पृष्ठभूमि

७ अप्रिल १९४८ मा विश्व स्वास्थ्य सङ्गठनको विधान पारित भएको दिनको सम्झनामा प्रत्येक वर्ष जनस्वास्थ्यको विशिष्ट पक्षमा ध्यानाकर्षण गराई जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्व स्वास्थ्य दिवस मनाइ’दै आएको सबैमा विदितै छ। स्वास्थ्य भनेको रोग तथा दुर्वलताबाट मुक्ति मात्र नभइ शारीरिक, मानसिक, सामाजिक एवं आध्यात्मिक रूपमा स्वस्थ्य रहेको आस्था हो भनी विश्व स्वास्थ्य सङ्गठनले परिभाषित गरेको छ र यो अवस्था प्राप्तिका लागि सदस्य राष्ट्रहरूलाई सहयोग (प्राविधिक एवम आर्थिक) जुटाउ’दै आएको यस सङ्गठनको भावी दिन अझ प्रभावकारी, सन्तुलित र सङ्घको उद्देश्य प्राप्तिमा सफलताको शिखर चुम्न सफल रहोस् भन्ने शुभकामना छ। विश्व स्वास्थ्य दिवश २०१३ को नारा चयन गरी उच्च रक्तचापको समस्याको गहनता, यसका जटिलता र प्रभावकारी रोकथामका उपायबारे व्यापकरूपमा सर्वसाधारणमा जनचेतना जगाउने र जनताको जीवनको गुणस्तर उ’चो राख्न सहयोग पुर्‍याई स्वस्थ संसार बनाउने अभियानको खुड्किलोको रूपमा लिन सकिन्छ। प्रत्येक व्यक्तिको प्रयासबाट उच्च रक्तचाप रोकथाम, तथा नियन्त्रण गर्न सकिने प्रभावकारी उपायहरू विद्यमान हुँदाहुँदै दिनानुदिन उच्च रक्तचाप बढ्दै जानु र यसबाट हुने जटिलताबाट व्यापक धनजनको क्षति हुन पुग्नु विश्वका लागि चुनौती रहेको सर्न्दर्भमा यस विषयमा उपलब्ध जानकारी सूचना सम्प्रेषण गर्ने जमर्को गरिएको छ।

उच्च रक्तचाप भनेको के हो ?

रक्त प्रवाह हुने रक्तनलीमा चाप उत्पन्न भई रगत शरीरका सबै अङ्गमा पुग्दछ र आवश्यक पर्ने अक्सिजन र पोषक तत्वहरू उपलब्ध हुन्छ। सो चाप सामान्य सीमा भन्दा लगातार बढी भएको अवस्थालाई उच्च रक्तचाप भनिन्छ। लगातार रूपमा उच्च रक्तचाप भइरहेमा रक्तनलीमा क्षति पुगी बन्द हुने अवस्था सृजना भई मुटु, मृगौला, मस्तिष्क लगायतमा जटिलता उत्पन्न हुन सक्छ र ज्यानै जान पनि सक्छ।

उच्च रक्तचापका लक्षणहरू के हुन् ?

१. निद्रा कम लाग्नु।

२. अधिकमात्रामा विहानीपख टाउको दुख्ने।

३. नाकवाट रगत वग्नु।

४. रिङ्गटा लाग्नु।

५. हड्बडाउनु।

६. दृष्टि समस्या आउनु।

७. छाती दुख्नु।

८. श्वासप्रश्वासमा समस्या आउनु।

९. पिसावमा रगत देखा पर्नु।

१०. कमजोरी महसुस हुनु।

११. अत्तालिनु।

१२. बेहोश हुनु आदि

उपरोक्त लक्षणमध्ये कुनै एक वा धेरै वा बिनालक्षण पनि उच्च रक्तचापमा देखिन सक्छ।तसर्थ कुनै लक्षण नदेखिए पनि नियमितरूपमा रक्तचाप जाँच गराउनु आवश्यक छ।

उच्च रक्तचापको अवस्था के छ ?

विश्वमा :-

–              मस्तिष्कघात एवम हृदयघातबाट हुने मृत्युमध्ये आधा (५०%) को कारक

–              ७५ लाख मानिसको मृत्युको कारण

–              कम आयश्रोत भएको अधिकांश अप्रिmकी देशमा ४० वर्ष माथिका वयस्कमा समस्या

–              मुटुरोगको प्रमुख कारक

–              उमेर बढ्दै जाँदा रक्तचाप उच्च

–              २०-३९ वर्ष उमेर समूह :- १०%

–              ५० वर्षमाथि उमेर समूह :- ५० %

दक्षिणपूर्र्वी एशिया :-

–              १५ लाख मृत्यु प्रतिवर्ष

–              ३ वयस्कमा १ जनामा उच्च रक्तचाप

–              नियमित जाँच , उपचारमा कमी

नेपाल

विश्व स्वास्थ्य सङ्गठन को प्रकाशित तथ्याड्ढ अनुसार सन् २००८ मा नेपालको बयस्क जनसङ्ख्याको ३८.६ % मा उच्च रक्तचाप रहेको अनुमान गरिएको छ।

उच्च रक्तचापका परिमाणहरू

–              हृदयाघात ९ज्भबचत ब्ततबअप०

–              मस्तिष्कघात ९क्तचयपभ०

–              किड्नीफेल ९प्ष्मलभथ ‘बष्गिचभ०

–              अन्धोपन ९द्यष्लिमलभकक०

–              मुटुको अनियमित चाल

–              मुटु काम नलाग्ने

उच्च रक्तचापबाट बच्ने उपायहरू :-

धेरै हदसम्म हामी आफ्नै प्रयासबाट उच्च रक्तचापबाट बच्न सक्दछौं। प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न सके उच्च रक्तचापलगायत नसर्ने रोगबाट बच्न सकिन्छ।

१. नुनको मात्रा कम गर्ने :- नुनको प्रयोग बढीबाट रक्तचाप वढ्न सक्ने भएको हुँदा दैनिक ५ ग्राम (१ चिया चम्चा) भन्दा कम नून प्रयोग गर्ने।

२. स्वस्थ्यकर र सन्तुलित खाना खाने :- नवशिशु, शिशु, बालबालिका र किशोरकिशोरीलाई उपयुक्त जीवनशैली कसरी विताउने भन्ने विषयमा जानकारी गराउने र विशेष गरेर स्वस्थ्यकर खानाबारेमा जोड दिने। प्रशस्त मात्रामा फलफूल, हरियो सागसब्जी, दही, दूध खान सल्लाह दिने। बोसोयुक्त खानाहरू, तयारी प्याक गरेको बजारी खानाहरू स्वास्थ्यका लागि हानिकारक हुने बारे जानकारी गराउने।

३. उपयुक्त शारीरिक तौल कायम गर्ने :- प्रति ५ केजी तौल घट्दा सिस्टोलिक चाप २-१० प्वाईन्ट घट्ने हुँदा शरीरको मोर्टाई घर्टाई उपयुक्त तौल कायम राख्ने।

४. नियमित कसरत/व्यायाम गर्ने :- कम्तीमा दिनको ३० मिनेट शारीरिक व्यायाम, कसरत गरी शरीरलाई दुरुस्त राख्ने।

५. मद्यपान नगर्ने/कम गर्ने :- मदिरा सेवन गर्दै नगर्ने वा नियमित वानी लागेको भएमा एक पेग मात्र खाने।

६. सूर्तीजन्य पदार्थ प्रयोग नगर्ने :- आफूले सूर्तीजन्य पदार्थ प्रयोग नगर्ने र सँगै बसेको मानिसले गरेको   धूमपानको असरवाट समेत बच्ने।

७. तनावको उचित व्यवस्थापन गर्ने :- सकारात्मक सोच, नियमित व्यायाम, ध्यान आदिमा एकाग्र भई तनाव रोकथाम, व्यवस्थापन गर्ने।

८. रक्तचापको नियमित जाँच/उपचार :- उच्च रक्तचाप बिनालक्षण पनि हुन सक्ने र ज्यानै लिन सक्ने  भएको हुँदा समय-समय रक्तचाप जाँच गर्ने र स्वास्थ्यकर्मीको सल्लाह अनुसार उपचार, खानपिनमा ध्यान दिने।

९. सबैलाई आफूले जानेका उपरोक्त विषयमा जानकारी गराउने।

(लेखक जिल्ला जन स्वास्थ्य कार्यालय कास्कीका वरिष्ठ जनस्वास्थ्य प्रशासक हुन्।सं.)

Related News

सम्बन्धित समाचार

hero news full width