महादेशीय क्लब फुटबलको च्याम्पियन्स लिग फाइनल अगस्टको अन्त्यमा गर्ने युइएफएको योजना

एजेन्सी
वैशाख ५, २०७७
UEFA headquarters

महादेशीय क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको फाइनल युरोपेली फुटबल महासंघ (युइएफए)ले अगस्ट २९ मा गर्ने योजना बनाएको छ।

कोरोना भाइरसको महामारीका कारण अप्रिल २३ मा स्थगित प्रतियोगितालाई युइएफएको कार्यसमिति वैठकले प्रतियोगिताका बाँकी खेलहरु कसरी र कहाँ गर्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ ।

युइएफएले बनाएकामे योजनाअनुसार अगस्ट २९ मा टर्कीको इस्तानबुलमा च्याम्पियन्स लिगको फाइनल हुनेछ । त्यस्तै, युरोपा लिगको फाइनल त्यसको ३ दिनअघि जिडान्स्कमा भइसकेको हुनेछ ।

त्यही योजनाअनुसार खेल खेलाइए दुई लिगमा खेलाइने क्वार्टरफाइनल र सेमिफाइनलका खेलहरु जुलाई र अगस्टमा हुनेछन् । अन्यथा, अर्को विकल्पका रुपमा सबै घरेलु लिग चाँडै सकिने निश्चित भएमा एक वा दुई रंगशालामा एक हप्तामा पूरा प्रतियोगिता नै सिध्याउने गरेर पनि आयोजना गर्न सकिनेछ ।

च्याम्पियन्स लिगमा अन्तिम १६ अन्तर्गतका ८ टोलीको दुवै लेगका खेल सकिइसकेका छन् भने बाँकी ८ टोलीले दोस्रो लिगका खेल खेल्न बाँकी छन् । क्वार्टरफाइनल पुग्ने ४ टिमको टुंगो लागिसक्दा बाँकी ४ टोलीको टुंगो दोस्रो लिगका ४ खेलले टुंगो लगाउने छन् ।

युरोपा लिगमा भने अन्तिम १६ अन्तर्गत दोस्रो लिगका सबै खेल बाँकी छन् । इटाली र स्पेनका टिम रहेका २ खेलको पहिलो लिग समेत भएको छैन ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै