विश्वकै चर्चित साइक्लिङ प्रतियोगिता ‘टुर डे फ्रान्स’ स्थगित

Avatar एजेन्सी
वैशाख ४, २०७७

विश्व चर्चित साइक्लिङ प्रतियोगिता ‘टुर डे फ्रान्स’ स्थगित भएको छ ।

कोरोना भाइरसका कारण फ्रान्स सरकारले सार्वजनिक कार्यक्रमहरु जुलाईमध्येसम्म नगर्न निर्देशन दिएसँगै प्रतियोगिता स्थगित भएको हो । आयोजकले प्रतियोगिता अगष्टसम्मका लागि स्थगित गरिएको जनाएको हो ।

प्रतियोगिता जुन २७ देखि जुलाई १९ तारिखसम्म हुने तालिकामा उल्लेख थियो । अब, प्रतियोगिता अगष्ट २९ देखि सेप्टेम्बर २० तारिखसम्म हुनेछ । गत वर्ष कोलम्बियाका इगान बर्नालले ‘टुर डे फ्रान्स’को उपाधि जितेका थिए ।