बागलुङ, ३ वैशाख । सरकारले कोरोना भाइरस कोभिट–१९ लाई लक्षित गरी लगाएको लकडाउन फितलो भएको गुनासो पछि प्रहरी कडा रूपमा उत्रिएको छ । बागलुङ बजारबाट लकडाउन उलंघन गर्ने १०० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सरकारले लकडाउन अबधिभर घर भित्रै सुरक्षित बस्नु भनेर जारी गरेको निर्देशन बागलुङ जिल्लामा पालना नगरी सडकमा छरपस्ट हिड्नेहरूलाई एकसाथ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।धमाधम पक्राउ गरी लकडाउन उलंघन गर्नेहरूलाइ धौलागिरि बहुमुखी क्याम्पसको प्रांगणमा ३ घण्टा राखी लकडाउन सम्बन्धी सचेतना कक्षा दिएर छोड्ने गरेकोमा अबदेखि लकडाउन उलंघन गर्ने लाई संक्रमण ऐन २०२० दफा २ अनुसार कानूनी कार्वाही गर्ने सूचना अधिकृत हेमबहादुर केसीले बताए । मंगलबार सम्म ३६०जना भन्दा बढी ब्यक्ति प्रहरी कार्वाहीमा परेका छन् भने दुई दर्जनभन्दा बढी मोटर साइकल र स्कुटी जथाभावी रूपमा चलाउने कार्वाहीमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
लकडाउन उल्लघंनगरी घरबाट बाहिर निस्केका ब्यक्तिलाई पक्राउ गर्दै प्रहरी भ्यानमा राख्ने अभियान शुरूवात गरेपछि छरपस्ट रूपमा घर बाहिर निस्कनमा धेरै कमी आएको भन्दै प्रहरीले खुकुलो नीति अपनाएपछि सदरमुकाममा लकडाउन उलंघनका घटना ह्वात्तै बढेर गएको थियोे ।प्रहरी लकडाउन उल्लघंन गर्ने ब्यक्तिहरू पक्राउ गर्ने अभियान शुरूवात गरेपछि यसलाई बागलुङबासिले प्रहरीको सकारात्मक काम भनी प्रशंसा गरेका थिए ।
आइसोलेसनमा घरघरमै सुरक्षित बस्नुपर्ने बेलामा अनावश्यक रूपमा घरबाट बाहिर निस्कन शुरू गरेको कारणले एक्सनमा उत्रिनु परेको जिल्ला प्रहरीले जनाएको छ । प्रहरीले सरकारले घोषणा गरेको लकडाउन अबधिभर घरमै सुरक्षित बस्न तरकारी लगायतका सामाग्री समेत खरिद गर्न ननिस्कन नियमितरूपमा सूचना जारी गरिरहेको छ ।
Related News
सम्बन्धित समाचार
प्राविधिक शिक्षामा जोड दिन आवश्यकः प्रदेश प्रमुख शेरचन
५ सञ्चारकर्मीलाई जनमत सम्मान
आगलागी पीडितलाई मन्त्रीको राहत
गण्डकी सरकार : ढलाउन भन्दा बनाउन सकस
गुणस्तरीय शिक्षामा शिक्षकको भूमिका महत्वपूर्णः मुख्यमन्त्री
hero news full width
मुख्य समाचार
कोरोनाबाट गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु
‘प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’
चैत्र ३०, २०७७आहा ! फुटबलमा दर्शक
चैत्र ३०, २०७७कोरोनाको बढ्दो ग्राफ, कास्कीका विद्यालय कहिले बन्द ?
चैत्र ३०, २०७७मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
चैत्र २९, २०७७पर्वतका आगलागी पीडितलाई मन्त्रीले बाँडे राहत
चैत्र २९, २०७७